Trending
Prev Story
Next Story

बंगलादेशका १८ जिल्लामा हिंसा फैलियो, सत्तारूढ दलका दुई नेताको हत्या

Nagarik News •
November 20, 2026 • 08:19 AM
1
1 reads 0 reactions

अवामी लिगका नेता–कार्यकर्ता र सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का कार्यकर्ताबीच भएको झडपमा कम्तीमा चार जनाको मृत्यु भएको छ। मृतकमध्ये बीएनपीका दुई नेता पनि छन्। हिंसा १८ जिल्लासम्म फैलिएको छ।

बंगलादेशका १८ जिल्लामा हिंसा फैलियो, सत्तारूढ दलका दुई नेताको हत्या

बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगले देशव्यापी बन्द आह्वान गरेपछि विभिन्न क्षेत्रमा हिंसा भड्किएको छ। प्रधानमन्त्री तारिक रहमानले अवामी लिगमाथि देशलाई अस्थिर बनाउने षड्यन्त्र गरेको आरोप लगाएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार अवामी लिगका नेता–कार्यकर्ता र सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का कार्यकर्ताबीच भएको झडपमा कम्तीमा चार जनाको मृत्यु भएको छ। मृतकमध्ये बीएनपीका दुई नेता पनि छन्। हिंसा १८ जिल्लासम्म फैलिएको छ।

प्रदर्शनकारीले बस, ट्रक, प्रहरी कार्यालय, पार्टी कार्यालय, नेताका घर तथा ग्रामीण बैंकका शाखामा आगजनी र तोडफोड गरेका छन्। गोपालगन्जमा राजमार्ग अवरुद्ध गर्नुका साथै सवारीसाधन जलाइएको छ। चटगाउँमा पूर्वअन्तरिम सरकार प्रमुख मोहम्मद युनुसको पैतृक घरमा समेत आगजनी भएको छ। राजधानी ढाकालगायतका क्षेत्रमा घरेलु बम विस्फोट र आगजनीका घटनामा केही व्यक्ति घाइते भएका छन्।

हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले अवामी लिगका दर्जनौँ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिद पनि छन्। ढाकामा मात्रै कम्तीमा ७१ जना नेता तथा कार्यकर्ता नियन्त्रणमा लिइएका छन्।

शेख हसिना सत्ताबाट हटेपछि मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले अवामी लिगमाथि प्रतिबन्ध लगाएको थियो। वर्तमान बीएनपी सरकारले पनि उक्त प्रतिबन्धलाई निरन्तरता दिएको छ। भारतमा रहेकी हसिनालाई बंगलादेश फर्काएर कानुनी प्रक्रियाको सामना गराउनुपर्ने माग सरकारले दोहोर्‍याउँदै आएको छ।

यसैबीच, प्रधानमन्त्री रहमानले बीएनपीका सांसदहरूलाई आफ्ना निर्वाचन क्षेत्रमा फर्केर स्थानीय कार्यकर्तासँगै सक्रिय हुन निर्देशन दिएका छन्। हिंसाका कारण ढाका उच्च अदालतले देशका सबै सार्वजनिक विश्वविद्यालयका प्रवेश परीक्षा डिसेम्बर ३१ सम्म स्थगित गर्न आदेश दिएको छ।

प्रकाशित: ४ मंसिर २०८३ १४:०४ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
1h ago
बंगलादेशमा जारी हिंसामा सत्तारुढ पार्टीका दुई नेताको मृत्यु

बंगलादेशमा जारी हिंसामा सत्तारुढ पार्टीका दुई नेताको मृत्यु

बीबीसी बांग्लाका अनुसार बुधबार नाराइलमा विरोध प्रदर्शनबाट फर्किएका बेला भएको आक्रमणमा बीएनपीका दुई नेताको हत्या गरिएको छ । प्रहरीका अनुसार आक्रमणकारी प्रतिबन्धित अवामी लिगका कार्यकर्ता थिए ।

#बंगलादेश #अवामी #हिंसा
Compare →
Hamro Patro News
4d ago
बंगलादेशमा प्रतिबन्धित अवामी लिगका कार्यकर्ताको प्रदर्शन, शेख हसिनाको गृहनगरमा तोडफोड

बंगलादेशमा प्रतिबन्धित अवामी लिगका कार्यकर्ताको प्रदर्शन, शेख हसिनाको गृहनगरमा तोडफोड

काठमाडौँ- बंगलादेशको प्रतिबन्धित राजनीतिक दल अवामी लिगका सयौँ कार्यकर्ताले आइतबार पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा उनीहरूले प्रहरीका अवरो...

#बंगलादेश #अवामी
Compare →
Onlinekhabar
4d ago
बंगलादेशमा हसिनाको पार्टीका कार्यकर्ता सडकमा उत्रिए, तोडफोड र आगजनी

बंगलादेशमा हसिनाको पार्टीका कार्यकर्ता सडकमा उत्रिए, तोडफोड र आगजनी

बंगलादेशको गोपालगञ्जमा अवामी लिगका नेता, कार्यकर्ता तथा समर्थकले विरोध प्रदर्शन गरेका छन् । बंगलादेश सरकारले उक्त पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएको छ । स्थानीय पत्रकारका अनुसार दिनभर चलेको प्रदर्शनमा सहभागी कतिपयले धारिलो हतियार र लाठी बोकेका थिए …

#बंगलादेश #अवामी
Compare →
Arthasansar
22h ago
ऐतिहासिक लड्र्स मैदानमा नेपाल र बंगलादेशबीच टी–२० आई खेल हुने

ऐतिहासिक लड्र्स मैदानमा नेपाल र बंगलादेशबीच टी–२० आई खेल हुने

नेपालले सन् २०२७ जुन ३ मा विश्वप्रसिद्ध लड्र्स क्रिकेट मैदानमा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ । मेरिलेबोन क्रिकेट...

#बंगलादेश
Compare →
Bizshala
1d ago
वैदेशिक रोजगारीको नाममा डेढ लाख नेपाली महिला हिंसा र बेचबिखनको जोखिममा, मानव तस्करी रोक्ने संस्थाकै भूमिकामाथि प्रश्न

वैदेशिक रोजगारीको नाममा डेढ लाख नेपाली महिला हिंसा र बेचबिखनको जोखिममा, मानव तस्करी रोक्ने संस्थाकै भूमिकामाथि प्रश्न

काठमाण्डौ । वैदेशिक रोजगारीको नाममा विदेश पुगेका करिब एक लाख ५० हजार नेपाली महिला विभिन्न प्रकारका हिंसा तथा शोषणमा...

#हिंसा
Compare →

Related Stories

Politics & Governance
Build #2612