Trending
Prev Story
Next Story

जनकपुरधाममा आजदेखि प्रधानाध्यापक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलन

Ekantipur •
November 20, 2026 • 05:33 AM
5
5 reads 0 reactions

विद्यालय शिक्षाको गुणस्तर सुधार, समतामूलक पहुँच, शिक्षकको पेसागत मर्यादा तथा शैक्षिक अधिकारको कार्यान्वयन लगायतका विषय समेटिएको ‘जनकपुर घोषणापत्र’ जारी गरिनेछ ।

जनकपुरधाममा आजदेखि प्रधानाध्यापक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलन

विद्यालय शिक्षाको गुणस्तर सुधार, समतामूलक पहुँच, शिक्षकको पेसागत मर्यादा तथा शैक्षिक अधिकारको कार्यान्वयन लगायतका विषय समेटिएको ‘जनकपुर घोषणापत्र’ जारी गरिनेछ ।

काठमाडौँ — प्रधानाध्यापक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलन आजदेखि जनकपुरधाममा सुरु हुँदै छ ।

विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि, विद्यालय नेतृत्वको सुदृढीकरण तथा तीनै तहका सरकारबीच शैक्षिक सहकार्य बढाउने उद्देश्यले ६ गतेसम्म सम्मेलन आयोजना गर्न लागिएको हो ।

सम्मेलनमा सातै प्रदेशबाट एक हजारभन्दा बढी प्रधानाध्यापक, शिक्षक, शिक्षाविद्, स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधि र शिक्षा क्षेत्रका सरोकारवालाको सहभागिता रहने आयोजकले जनाएको छ । प्रधानाध्यापक संघ नेपाल मधेसका अध्यक्ष सञ्जय झाले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि विद्यालय नेतृत्व, स्थानीय सरकार, शिक्षक, अभिभावक र नीति निर्माताबीच सहकार्य बढाउनु सम्मेलनको मुख्य उद्देश्य रहेको बताए ।

उनका अनुसार सम्मेलनबाट विद्यालय शिक्षाको सुधारका लागि साझा प्रतिबद्धता र आगामी कार्यदिशा तय गरिनेछ । उनले प्रधानाध्यापक संघ राजनीतिक संगठन नभएकाले अधिकारका विषयभन्दा सामुदायिक हित र विद्यालय शिक्षाको सुधारका विषयमा सम्मेलनमा केन्द्रित रहेर छलफल गरिने स्पष्ट पारे ।

सम्मेलनका क्रममा विद्यालय शिक्षाको गुणस्तर सुधार, समतामूलक पहुँच, शिक्षकको पेसागत मर्यादा तथा शैक्षिक अधिकारको कार्यान्वयनलगायतका विषय समेटिएको ‘जनकपुर घोषणापत्र’ जारी गरिने आयोजकले जनाएको छ । त्यस्तै, सम्मेलनबाट संघको बहुवर्षीय रणनीतिक योजनासमेत सार्वजनिक गरिनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
भौगर्भिक सम्मेलन आजदेखि

भौगर्भिक सम्मेलन आजदेखि

नेपाल भौगर्भिक समाजको आयोजनामा १२औँ नेपाल भौगर्भिक सम्मेलन आजदेखि यहाँ सुरु हुँदैछ।

#सम्मेलन #आजदेखि
Compare →
Hamro Patro News
12h ago
एपेक सम्मेलनमा ट्रम्प र सीबीच द्विपक्षीय वार्ता

एपेक सम्मेलनमा ट्रम्प र सीबीच द्विपक्षीय वार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार चीनको सेन्जेनमा आयोजित ३३औँ एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका अवसरमा द्विपक्षीय वार्ता भएको छ । विश्व व्य...

#सम्मेलन
Compare →
Onlinekhabar
2d ago
त्रिपक्षीय शिखर सम्मेलन उपयोगी हुने पुटिनको अपेक्षा

त्रिपक्षीय शिखर सम्मेलन उपयोगी हुने पुटिनको अपेक्षा

२ मङ्सिर, सेन्जेन (चीन) (रासस/एएफपी) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने त्रिपक्षीय शिखर सम्मेलनले प्रमुख शक्तिबीचको सम्बन्ध सुधार्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरेका छन्। बुधबार चीनको …

#सम्मेलन
Compare →

Related Stories

National (Nepal)
Build #2612