Trending
Prev Story
Next Story

प्रधानमन्त्रीको भारत भ्रमण सफल बनाउन अन्तिम गृहकार्य

Hamro Patro News •
November 20, 2026 • 12:57 AM
6
6 reads 0 reactions

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा दुई देशको सम्बन्धमा ‘बहुआयामिक ब्रेक थ्रु’ ल्याउने तयारी सरकारले गरेको छ । यही मङ्सिर ६ र ७ गते प्रधानमन्त्री शाहको भारत भ्रमण हुने तय भएको छ । उच्चस्तरीय...

1 / 2
Swipe Photos

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा दुई देशको सम्बन्धमा ‘बहुआयामिक ब्रेक थ्रु’ ल्याउने तयारी सरकारले गरेको छ । यही मङ्सिर ६ र ७ गते प्रधानमन्त्री शाहको भारत भ्रमण हुने तय भएको छ । उच्चस्तरीय भ्रमणमा प्रस्तुत हुने राष्ट्रिय एजेन्डा, प्रधानमन्त्री शाहले प्रस्तुत गर्नुहुने राष्ट्रिय धारणा र अन्य कागजी प्रक्रिया सबैमा सरकारले दुवै देशको मनसाय झल्काउँदै छिमेकी सम्बन्धलाई ‘बहुआयामिक ब्रेक थ्रु’ मा लैजाने कसरत गरेको हो ।

भारत भ्रमणमा प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा हुने एकल तथा प्रतिनिधिमण्डलसहितको छलफलमा प्रस्तुत हुने प्रस्तावका विषयमा परराष्ट्र मन्त्रालयमा बिहीबार गहन छलफल भयो । लगभग तय भएको एजेन्डामा थपघटका विषय, भाषाशैली, भाव र शब्द चयनका लागि प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधिको सामूहिक गृहकार्य बिहीबार पनि राति अबेरसम्म जारी रह्यो । परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृतबहादुर राईले भ्रमणलाई लिएर भारत सरकारसँग उच्चस्तरीय समन्वय गरिरहनुभएको छ । उहाँहरूले एजेन्डा तयार गर्न बनेको समूहलाई अन्तरमन्त्रालय समन्वय र सहकार्यलाई ध्यानमा राख्न निर्देशन पनि दिनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
3h ago
प्रधानमन्त्रीको भारत भ्रमण : द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव

प्रधानमन्त्रीको भारत भ्रमण : द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव

पूर्वपरराष्ट्रमन्त्रीहरुले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमण दुई देशको हित, आपसी सम्बन्ध, व्यापार तथा ‘केनेक्टिभिटी’लगायतका मुद्दामा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन्।

#भारत #भ्रमण #सम्बन्ध
Compare →
Ekantipur
2h ago
प्रधानमन्त्री शाहको भारत भ्रमणमा ३४ सदस्यीय सरकारी टोली

प्रधानमन्त्री शाहको भारत भ्रमणमा ३४ सदस्यीय सरकारी टोली

परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार आइतबारदेखि हुने प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा आफ्नै खर्चमा थप ५२ जना पनि जाने भएका हुन् ।

#भारत #भ्रमण #शाह
Compare →
Onlinekhabar
1h ago
भारतमा काम गर्ने नेपालीका अपेक्षा– प्रधानमन्त्रीको भ्रमणले सीमाको सास्ती अन्त्य गरोस्

भारतमा काम गर्ने नेपालीका अपेक्षा– प्रधानमन्त्रीको भ्रमणले सीमाको सास्ती अन्त्य गरोस्

४ मंसिर, धनगढी । कैलालीको गौरीफन्टा नाकामा यतिबेला मजदुरी गर्न भारत जाने नेपालीको लर्को छ । दशैं र तिहार सकेर सुदूरपश्चिमसहित देशका विभिन्न ठाउँबाट दैनिक हजारौंको संख्यामा नेपालीहरू भारततिर गइरहेका छन् । चाडपर्व मनाउन घर आएका …

#भारत #भ्रमण #प्रधानमन्त्रीको
Compare →
Bizshala
38m ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई मन्त्रिपरिषद्को स्वीकृति, मंसिर ६ र ७ गते राजकीय भ्रमण

प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई मन्त्रिपरिषद्को स्वीकृति, मंसिर ६ र ७ गते राजकीय भ्रमण

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणलाई सरकारले औपचारिक स्वीकृति दिएको छ।शुक्रबार...

#भारत #भ्रमण
Compare →
Arthasansar
2h ago
आइतबार दिउँसो भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुई दिने भ्रमण तालिका

आइतबार दिउँसो भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुई दिने भ्रमण तालिका

प्रधानमन्त्री बालेन शाह आइतबार दिउँसो १ः४५ बजे भारत प्रस्थान गर्ने भएका छन् । नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारत जाने...

#भारत #भ्रमण
Compare →

Related Stories

Politics & Governance
Build #2612