सुदूरपश्चिम प्रदेशको दुई वटा नदीमा वेब क्यामरा जडान गरिएको छ । नदीमा पानीको अवस्थालाई प्रत्यक्ष रुपमा निगरानी गर्ने उद्देश्यले महाकाली र जोगबुढा नदीमा वेब क्यामरा जडान गरिएको हो ।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र अन्तर्गत जलविज्ञान कार्यालय अत्तरियाको प्राविधिक तथा दोधाराचाँदनी नगरपालिका र युनिसेफको आर्थिक सहयोगमा वेब क्यामरा प्रणाली स्थापना गरी सञ्चालनमा ल्याइएको छ । यसअघि, दुवै नदीमा जलविज्ञान कार्यालय अत्तरियाले राडार लेभल सेन्सर जडान गरी नदीको जलसतह नियमित रुपमा अनुगमन गर्दै आएको थियो ।
Read full story at source ( gorkhapatraonline.com )