Trending
Prev Story
Next Story

तीन महिनामा निजी क्षेत्र तर्फको कर्जा पौने २ खर्ब बढ्यो

Onlinekhabar •
November 19, 2026 • 12:31 PM
3
3 reads 0 reactions

३ मंसिर, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कर्जाको मागमा सुधार आउन थालेको छ । यसले आर्थिक गतिविधिमा पनि सुधार आउने संकेत देखिएको छ । असोजसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ६० खर्ब …

तीन महिनामा निजी क्षेत्र तर्फको कर्जा पौने २ खर्ब बढ्यो

३ मंसिर, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कर्जाको मागमा सुधार आउन थालेको छ । यसले आर्थिक गतिविधिमा पनि सुधार आउने संकेत देखिएको छ ।

असोजसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ६० खर्ब ४१ अर्ब २५ करोड पुगेको छ, जुन असार मसान्तसम्मको तुलनामा ३.१ प्रतिशत अर्थात् १ खर्ब ८४ अर्ब १९ करोडले बढेको हो । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो कर्जा १.५ प्रतिशत अर्थात् ८२ अर्ब ९३ करोडले बढेको थियो ।

वार्षिक विन्दुगत आधारमा २०८३ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ८.३ प्रतिशतले बढेको छ । २०८३ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.९ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.१ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । गत आवको सोही महिनामा यस्तो अंश क्रमशः ६२.८ प्रतिशत र ३७.२ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा ३.२ प्रतिशत र विकास बैंकहरूको ३.१ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरूको १.२ प्रतिशतले घटेको छ ।

२०८३ असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १५.५ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६२.७ प्रतिशत रहेको छ । २०८२ असोज मसान्तसम्म यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १५ प्रतिशत र ६४.३ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०८३/८४ को तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये खनिज क्षेत्रतर्फको कर्जा १७.८ प्रतिशत, यातायात उपकरण उत्पादन तथा मर्मत क्षेत्रतर्फको कर्जा १२.४ प्रतिशत, धातुजन्य उत्पादन, यन्त्र र विद्युतीय सामान उत्पादन तथा मर्मत क्षेत्रतर्फको कर्जा १०.७ प्रतिशत बढेको केन्द्रीय बैंकले जनाएको छ ।

त्यसैगरी सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.४ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.९ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.९ प्रतिशत, यातायात, निर्माण क्षेत्रतर्फको कर्जा ३.८ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २.३ प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा २.३ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा २.५ प्रतिशत र वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा ०.७ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये विपन्न वर्ग कर्जा १५.१ प्रतिशत, माग तथा अन्य चालु पूँजी कर्जा ५.२ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.५ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा २.९ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा २.९ प्रतिशत, आवधिक कर्जा २.६ प्रतिशत, अधिविकर्ष कर्जा १.५ प्रतिशत र हायर पर्चेज कर्जा १.२ प्रतिशतले बढेको छ भने क्यास क्रेडिट कर्जा १.८ प्रतिशतले घटेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
2d ago
लघुवित्तको नाफा ३% मात्रै बढ्यो ! खराब कर्जाको चपेटामा अधिकांश संस्था, कुनको लाभांश क्षमता कति ?

लघुवित्तको नाफा ३% मात्रै बढ्यो ! खराब कर्जाको चपेटामा अधिकांश संस्था, कुनको लाभांश क्षमता कति ?

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा लघुवित्त वित्तीय संस्थाहरूको नाफामा सामान्य सुधार देखिए पनि...

#कर्जा #वित्तीय
Compare →
Hamro Patro News
2d ago
तरलता थुप्रिएपछि बजारबाट राष्ट्र बैंकले आज २ खर्ब खिच्दै

तरलता थुप्रिएपछि बजारबाट राष्ट्र बैंकले आज २ खर्ब खिच्दै

काठमाडौँ / बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (तरलता) बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट २ खर्ब रुपैयाँ झिक्ने भएको छ । केन्द्रीय बैंकले मंगलबार ३ महिना अवधिका लागि निक्षेप स...

#वित्तीय #खर्ब
Compare →
Nagarik News
2d ago
बैंकमा किन थुप्रियो ८ खर्ब ?

बैंकमा किन थुप्रियो ८ खर्ब ?

बैंक तथा वित्तीय संस्थामा कर्जा प्रवाह गर्न र अन्य वित्तीय कारोबार सञ्चालन गर्न आवश्यकताभन्दा बढी रकम उपलब्ध हुने अवस्थालाई अधिक तरलता भनिन्छ।

#वित्तीय #खर्ब
Compare →
Ekantipur
25m ago
तीन महिनामै भित्रियो सात खर्ब रुपैयाँ रेमिट्यान्स, असोजमा मात्रै दुई खर्ब ६७ अर्ब

तीन महिनामै भित्रियो सात खर्ब रुपैयाँ रेमिट्यान्स, असोजमा मात्रै दुई खर्ब ६७ अर्ब

तीन महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या भने १.७५ प्रतिशतले बढेको छ ।

#खर्ब
Compare →
Arthasansar
2d ago
बजारमा अधिक तरलता २ खर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता २ खर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैंकले आज मंगलबार २ खर्ब निक्षेप संकलन गर्न लागेको छ । राष्ट्र...

#खर्ब
Compare →

Related Stories

Business & Economy
Build #2612