Trending
Prev Story
Next Story

बेल्चा चलाउने श्रमिकले मंसिरदेखि दैनिक ज्याला १७०० रुपैयाँ पाउँछन् : मन्त्री लम्साल

Onlinekhabar •
November 19, 2026 • 12:31 PM
2
2 reads 0 reactions

३ मंसिर, जनकपुरधाम । भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले वर्तमान सरकारले मधेस प्रदेशलाई विशेष प्राथमिकतामा राखेर विकास निर्माणका कार्यक्रम अघि बढाएको बताएका छन् । बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)द्वारा जनकपुरधाममा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले …

बेल्चा चलाउने श्रमिकले मंसिरदेखि दैनिक ज्याला १७०० रुपैयाँ पाउँछन् : मन्त्री लम्साल

३ मंसिर, जनकपुरधाम । भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले वर्तमान सरकारले मधेस प्रदेशलाई विशेष प्राथमिकतामा राखेर विकास निर्माणका कार्यक्रम अघि बढाएको बताएका छन् ।

बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)द्वारा जनकपुरधाममा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले सडक, खानेपानी, ढल निकास तथा ग्रामीण सडक पूर्वाधार निर्माणका लागि अन्य प्रदेशको तुलनामा मधेसमा बढी बजेट विनियोजन गरिएको बताए ।

‘यो सरकारले सबैभन्दा बढी न्याय बेल्चा चलाउने श्रमिकलाई गरेको छ । अब उप्रान्त मङ्सिर महिनादेखि बेल्चा चलाउने श्रमिकले दैनिक एक हजार ७०० रुपैयाँ कमाउने छन्,’ मन्त्री लम्सालले भने ।

हाल बेल्चा चलाउने श्रमिकले दैनिक ५०० रुपैयाँ मात्रै आम्दानी गरिरहेको उल्लेख गर्दै उनले सरकारले श्रमिकको पारिश्रमिक वृद्धि गरेकाले त्यसबाट मधेसका श्रमिक बढी लाभान्वित हुने दाबी गरे ।

मन्त्री लम्सालले मधेसको विकास र यहाँका नागरिकको जीवनस्तर सुधारलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै पूर्वाधार विकासका कामलाई तीव्रता दिइने बताए ।

यसैबीच, मन्त्री लम्सालले आजै ढल्केबर–जनकपुरधाम सडक खण्डअन्तर्गत निर्माणाधीन बससी पुल, धनुषाको मिथिला बिहारी नगरपालिकास्थित निर्माणाधीन कटरेत पुल, जालाद पुल सिर्सिया, इच्छापुरस्थित जालाद पुल तथा मिथिला सागर पुलको स्थलगत निरीक्षण गरे ।

निरीक्षणका क्रममा उनले निर्माणाधीन आयोजनाको प्रगति, निर्माणको अवस्था तथा देखिएका समस्याबारे जानकारी लिनुका साथै स्थानीयवासी र निर्माण कम्पनीका प्रतिनिधिसँग छलफलसमेत गरेका थिए ।

मन्त्री लम्सालले विकास निर्माणका आयोजनाको प्रभावकारी कार्यान्वयन र समयमै सम्पन्न गर्ने विषयमा सम्बन्धित पक्षसँग चासो राखेका थिए ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
43m ago
मागपत्र प्रमाणीकरण रोकिएपछि युरोप जाने ८७ प्रतिशत श्रमिक व्यक्तिगत बाटोबाट

मागपत्र प्रमाणीकरण रोकिएपछि युरोप जाने ८७ प्रतिशत श्रमिक व्यक्तिगत बाटोबाट

अहिले युरोप जाने प्रत्येक १० श्रमिकमध्ये झन्डै ९ जना व्यक्तिगत श्रम स्वीकृति लिएर जाने गरेका छन् । यस्तो प्रवृत्तिले श्रमिकलाई बिचौलिया, चर्को शुल्क, ठगी र शोषणको जोखिमतिर धकेलिइरहेको छ ।

#श्रमिक
Compare →
Nagarik News
1h ago
मधेसलाई सरकारले विशेष प्राथमिकतामा राखेको छ : मन्त्री लम्साल

मधेसलाई सरकारले विशेष प्राथमिकतामा राखेको छ : मन्त्री लम्साल

भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले वर्तमान सरकारले मधेस प्रदेशलाई विशेष प्राथमिकतामा राखेर विकास निर्माणका कार्यक्रम अघि बढाएको बताएका छन्।

#लम्साल
Compare →
Bizshala
19h ago
मलेसिया जाने श्रमिकबाट उठाइएको १ अर्ब ६९ करोडमाथि छानबिनमा दुई पूर्वश्रममन्त्रीसहित ६ पक्राउ

मलेसिया जाने श्रमिकबाट उठाइएको १ अर्ब ६९ करोडमाथि छानबिनमा दुई पूर्वश्रममन्त्रीसहित ६ पक्राउ

काठमाण्डौ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा उठाइएको रकम मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा दुई...

#श्रमिक
Compare →
Hamro Patro News
2d ago
साउदीका अमेजन गोदाममा कार्यरत श्रमिक शोषणमा, महिनौँसम्म तलबविहीन

साउदीका अमेजन गोदाममा कार्यरत श्रमिक शोषणमा, महिनौँसम्म तलबविहीन

काठमाडौँ- साउदी अरबमा अमेजनका गोदाममा कार्यरत नेपालीसहितका आप्रवासी श्रमिकले रोजगारी असुरक्षा, पारिश्रमिक नपाउने र दुर्व्यवहारजस्ता समस्या भोग्नुपरेको एक प्रतिवेदनले देखाएको छ। एम्नेस्टी इन्टरनेसन...

#श्रमिक
Compare →

Related Stories

Politics & Governance
Build #2612