Trending
Prev Story
Next Story

मधेस प्रदेशमा उल्लेख्य बजेट विनियोजन भएको छः मन्त्री लम्साल

Nagarik News •
November 19, 2026 • 01:02 AM
7
7 reads 0 reactions

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले वर्तमान सरकारले पछिल्लो १० वर्षको तुलनामा मधेस प्रदेशमा सबैभन्दा बढी बजेट विनियोजन गरिएको बताएका छन्।

मधेस प्रदेशमा उल्लेख्य बजेट विनियोजन भएको छः मन्त्री लम्साल

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले वर्तमान सरकारले पछिल्लो १० वर्षको तुलनामा मधेस प्रदेशमा सबैभन्दा बढी बजेट विनियोजन गरिएको बताएका छन्।

जनकपुरधाममा बुधबार पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाट तथा अन्तरक्रियामा चालु आर्थिक वर्षमा स्थानीय तथा ग्रामीण सडकको विकास र निर्माणका लागि रु ५० अर्बभन्दा बढी बजेट छुट्याइएको जानकारी दिए।

चालु आवमा एकमुष्ट रूपमा अत्यधिक बजेट विनियोजन गरिएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि मधेस प्रदेशको विकासका लागि बजेट वृद्धि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।

उनले खानेपानी तथा पूर्वाधार निर्माणका क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरिएको बताउँदै सरकारले मधेस प्रदेशलाई पहिलो प्राथमिकतामा राखेको स्पष्ट पारे।

मधेस प्रदेशमा श्रमिकको सङ्ख्या अत्यधिक रहेकाले उनीहरूलाई न्यायोचित पारिश्रमिक उपलब्ध गराउने उद्देश्यले दैनिक ज्यालामा वृद्धि गरिएको बताए। उनले मधेसको समग्र विकास, सडक सञ्जाल विस्तार तथा आधारभूत पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको उल्लेख गरे।

प्रकाशित: ३ मंसिर २०८३ ०६:४७ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5d ago
खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

काठमाडौँ– रामेछापको विकास र समृद्धिसँग जोडिएको एक हजार २१६ मेगावाट क्षमताको खिम्ती–ठोसे–शिवालय बृहत् जलाशययुक्त बहुउद्देश्यीय आयोजना अघि बढाउन ऊर्जा मन्त्रालयले तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको...

#बजेट #विनियोजन
Compare →
Onlinekhabar
1d ago
काम गर्न नसक्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल रद्द गर्छौं : मन्त्री लम्साल

काम गर्न नसक्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल रद्द गर्छौं : मन्त्री लम्साल

२ मंसिर, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा ढिलाइ गर्ने तथा संशोधित कार्यतालिकाअनुसार काम गर्न नसक्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल रद्द गर्ने बताएका छन् । काठमाडौं-तराई/मधेश द्रुतमार्ग आयोजनाको महादेवटार सुरुङ ब्रेक …

#लम्साल
Compare →
Ekantipur
4d ago
विकासे मन्त्रालयको बजेट काटेर बागमती प्रदेशले छुट्यायो पुनर्निर्माणमा ६ अर्ब

विकासे मन्त्रालयको बजेट काटेर बागमती प्रदेशले छुट्यायो पुनर्निर्माणमा ६ अर्ब

रसुवा, नुवाकोट तथा धादिङ क्षेत्रमा भएको क्षतिको पुनर्निर्माण तथा विपद् व्यवस्थापनका लागि विभिन्न मन्त्रालयको चालु आर्थिक वर्षको बजेटबाट करिब ६ अर्ब रुपैयाँ कटौती गरेको हो ।

#बजेट
Compare →
Bizshala
6d ago
सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको बजेट पारित भए पनि त्यसले निम्त्याएको विवादले सरकारको नेतृत्व गरिरहेको नेपाली...

#बजेट
Compare →

Related Stories

Politics & Governance
Build #2612