Trending
Prev Story
Next Story

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

Nagarik News •
November 19, 2026 • 01:05 AM
7
7 reads 0 reactions

दसैँ–तिहार तथा छठ पर्वको लामो बिदापछि भरतपुर अस्पतालमा बिरामीको चाप बढेको छ।

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

दसैँ–तिहार तथा छठ पर्वको लामो बिदापछि भरतपुर अस्पतालमा बिरामीको चाप बढेको छ। बिदापछि अस्पतालको बहिरङ्ग सेवा (ओपिडी) सञ्चालनमा आएसँगै उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेको हो।

अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार मङ्गलबार मात्रै ओपिडीमा तीन हजार ३०० बिरामीले सेवा लिएका छन्। लामो बिदाका कारण निजी अस्पताल तथा क्लिनिक पनि बन्द वा सीमित सञ्चालनमा रहेकाले सरकारी अस्पतालमा बिरामीको चाप बढेको उनले बताए। बुधबार पनि अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको उनको भनाइ छ।

उनका अनुसार गत वर्ष २०८२ को कात्तिक महिनामा आकस्मिक, स्वास्थ्य बीमा र सामान्य टिकटमार्फत गरी २९ हजार ४२२ बिरामीले सेवा लिएकामा यस वर्ष सोही अवधिमा ३९ हजार २०० जनाले सेवा लिएका छन्।

गत वर्ष असोजमा २९ हजार २८१ बिरामीले सेवा लिएका थिए। यस्तै, गत वर्ष कात्तिकमा आकस्मिक सेवामा छ हजार २५९ बिरामी आएकामा यस वर्ष उक्त सङ्ख्या बढेर सात हजार ४९५ पुगेको छ।

अस्पतालमा आउने बिरामीमध्ये करिब ६० देखि ७० प्रतिशत स्वास्थ्य बीमामार्फत सेवा लिने छन्। ओपिडीमा सबैभन्दा बढी चाप मेडिसिन र अर्थोपेडिक्स विभागमा रहेको प्रवक्ता सापकोटाले बताए।

आन्तरिक मेडिसिन विभागमा दैनिक ३०० देखि ४०० सम्म बिरामी आउने गरेको र कहिलेकाहीँ यो सङ्ख्या ५०० देखि ६०० सम्म पुग्ने गरेको उनले बताए।

सरकारी अस्पतालमा निजी अस्पतालको तुलनामा उपचार खर्च कम हुनु, स्वास्थ्य बीमाको सुविधा उपलब्ध हुनु र अस्पतालले प्रदान गर्ने सेवाप्रति बिरामीको विश्वास बढ्नुले पनि बिरामीको आकर्षण बढेको उनको भनाइ छ।

प्रकाशित: ३ मंसिर २०८३ ०६:५० बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
6h ago
बिदापछि भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

बिदापछि भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार मंगलबार मात्रै ओपीडीमा ३ हजार ३०० बिरामीले सेवा लिएका छन् ।

#अस्पताल #बिरामी #चाप
Compare →
Onlinekhabar
17h ago
सरकारी अस्पतालको मुहार फेर्ने ‘गेम चेन्जर’ कार्यक्रम नै अलपत्र

सरकारी अस्पतालको मुहार फेर्ने ‘गेम चेन्जर’ कार्यक्रम नै अलपत्र

२ मंसिर, काठमाडौं । अस्पतालमा चिकित्सकको अभाव छ । बिरामीले शल्यक्रियाका लागि वर्षौं कुर्नुपर्छ । सरकारी अस्पतालमा कार्यरत चिकित्सक भने दैनिक ४–५ वटा अस्पतालसम्म पुगेर सेवा दिइरहेका हुन्छन् । सरकारी अस्पतालमा बिरामीको चाप बढिरहँदा चिकित्सकको समय …

#अस्पताल #बिरामी
Compare →
Hamro Patro News
3d ago
बन्दीपुरमा पर्यटकको चाप थामिनसक्नु, होटल भरिभराउ

बन्दीपुरमा पर्यटकको चाप थामिनसक्नु, होटल भरिभराउ

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको छ। चाडपर्वको बिदा र पर्यटकीय याम सुरु भएसँगै पर्यटकको आगमन बढेको हो। पर्यटकको चाप बढेपछि यहाँका होटल तथा घरबास भरिभराउ भएका छ...

#चाप #बढे
Compare →
Bizshala
6d ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#अस्पताल
Compare →

Related Stories

Health & Wellness
Build #2612