Trending
Prev Story
Next Story

बिदाको मारमा बिरामी

Nagarik News •
November 16, 2026 • 02:20 AM
4
4 reads 0 reactions

सरकारले सातामा एक दिन शनिबार दिँदै आएको सार्वजनिक बिदा बढाएर आइतबार पनि दिन थालेपछि सरकारी अस्पतालमा सेवा लिन आउने बिरामी र अस्पताल दुवै मर्कामा परेका छन्।

बिदाको मारमा बिरामी

सरकारले सातामा एक दिन शनिबार दिँदै आएको सार्वजनिक बिदा बढाएर आइतबार पनि दिन थालेपछि सरकारी अस्पतालमा सेवा लिन आउने बिरामी र अस्पताल दुवै मर्कामा परेका छन्।

लगातार दुई दिन बिदाका कारण बिरामीको उपचार प्रक्रिया लम्बिएको छ भने अस्पतालहरूको आम्दानी पनि घटेको व्यवस्थापन पक्षका अधिकारीहरू बताउँछन्।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका निर्देशक डा. सुभाष आचार्य आइतबार पनि बिदा दिँदा शुक्रबार अस्पताल आउने बिरामीले प्रयोगशालालगायत परीक्षण रिपोर्ट देखाउन सोमबारसम्म कुर्नुपर्ने भएको छ।

सातामा ६ दिन खुल्दै आएका सरकारी स्वास्थ्य संस्था आइतबार पनि बिदा हुँदा पाँच दिन मात्र बहिरंग सेवा खुल्छ। बहिरंग सेवा दिन घटेपछि त्यसको चाप दैनिक परीक्षण र शल्यक्रियामा पनि परेको छ। यसले गर्दा बिरामीले शल्यक्रियाका लागि पालो पाउने क्रम पनि पहिलाभन्दा लम्बिएको छ।

‘सातामा आइतबार पनि सार्वजनिक बिदा हुँदा पाँच दिन मात्र सेवा दिन सकिन्छ। यसबाट बिरामी र अस्पताल दुवै चापमा छन्’, उनले भने। सरकारी अस्पतालमा आइतबार सेवा नपाउँदा बिरामी बाध्य भएर निजीमा जान बाध्य भएको उनले बताए।

‘सरकारी अस्पताल आइतबार बन्द भएपछि बिरामी निजी अस्पतालमा जान बाध्य भए। निजी अस्प्तालमा आइतबार विरामीको भीड हुने गरेको छ’, उनले भने। अस्पताल आइतबार पनि बिदा हुँदा आम्दानी पनि घठेको निर्देशक आचार्य बताउँछन्।

यस्तै अवस्था वीर अस्पतालको पनि छ। वीर अस्पतालका निर्देशक डा. विकास नेपालका अनुसार आइतबार पनि बिदा हुँदा बिरामी मर्कामा परेका छन्। शल्यक्रिया, इको, टिएफएटी, एमआरआई, सिटिसक्यान, एक्सरे जस्ता सेवामा पनि पालो समय लम्बिएको उनी बताउँछन।

वीर अस्पतालमा दैनिक ६० भन्दा बढी शल्यक्रिया हुन्छन्। यो हिसाबले मासिक २ सय ५० हाराहारी बिरामी समयमै शल्यक्रिया सेवा लिनबाट बञ्चित हुने गरेका छन्। अस्पतालले बिरामीको हितमा विस्तारित सेवा सुरु गरेको छ तर यसबारे जानकारी नभएर सेवा लिन आउने कम छन्।

बिदाको मार अस्पतालहरूको आम्दानीमा पनि परेको छ। वीर अस्पतालको दैनिक आम्दानी २० देखि २५ लाख रुपैयाँसम्म हुन्छ। यो हिसाबले मासिक चार वटा आइतबार बिदा हुँदा करिब १ करोड रुपैया आम्दानी घट्न जान्छ। वीर अस्पतालमा ८० प्रतिशत कर्मचारी करारमा छन्। उनीहरूको तलबभत्ता अस्पतालकै आम्दानीबाट उपलब्ध गराउनुपर्छ। तर मासिक एक करोड रुपैयाँ आम्दानी घटेपछि तलबभत्ता व्यवस्थापन गर्न हम्मे परेको निर्देशक नेपाल बताउँछन्।

अस्पतालहरूले चाहेर पनि आइतबार बहिरंग सेवा सञ्चालन गर्न सम्भव नभएको निर्देशक नेपाल बताउँछन्। सरकारी बिदाका दिन अस्पतालबाट सेवा दिँदा त्यसको आर्थिक दायित्व अस्पतालले बेहोर्नुपर्छ। त्यसका लागि अस्पताल तयार र सक्षम छैनन्। जनशक्ति पनि अतिरिक्त सुविधा नपाएसम्म काम गर्न तयार छैनन्। अस्पतालको एक्लो निर्णयले आइतबार बहिरंग सेवा दिन नसकिने भएपछि विकल्पमा विस्तारित सेवा सञ्चालनमा ल्याइएको छ।

प्रकाशित: ३० कार्तिक २०८३ ०८:०५ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
2d ago
सरकारले बिदा दिए पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सोमबार खुल्ने

सरकारले बिदा दिए पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सोमबार खुल्ने

शनिबार र आइतबार नियमित बिदा भएकाले सोमबार पनि बिदा दिँदा टाढाबाट उपचारका लागि आउने बिरामीको स्वास्थ्य सेवा प्रभावित हुने भएकाले सेवा सञ्चालन गर्ने निर्णय गरिएको प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्सालले बताए ।

#आइतबार #शनिबार #बिदा
Compare →
Onlinekhabar
52m ago
मुगुम कार्मारोङमा १० करोडको अस्पताल बन्यो, बिरामी पुग्ने मोटरबाटो छैन

मुगुम कार्मारोङमा १० करोडको अस्पताल बन्यो, बिरामी पुग्ने मोटरबाटो छैन

३० कात्तिक, सुर्खेत । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको मुगुको मुगुम कार्मारोङ गाउँपालिका–६ रिउस बगरमा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ । तर, करोडौँ रुपैयाँ खर्चेर भवन निर्माण भए पनि त्यहाँसम्म पुग्ने सडक नहुँदा स्थानीयले …

#अस्पताल #बिरामी
Compare →

Related Stories

Health & Wellness
Build #2612