Trending
Prev Story
Next Story

असोजमा महँगी बढेर ६.३७ प्रतिशत

Onlinekhabar •
November 19, 2026 • 12:31 PM
2
2 reads 0 reactions

३ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति गत वर्षको तुलनामा बढेर ६.३७ प्रतिशत पुगेको छ । गत आव सोही महिनामा यस्तो मुद्रास्फीति १.४७ प्रतिशत थियो । चालु आव २०८३/८४ को तीन …

असोजमा महँगी बढेर ६.३७ प्रतिशत

३ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति गत वर्षको तुलनामा बढेर ६.३७ प्रतिशत पुगेको छ । गत आव सोही महिनामा यस्तो मुद्रास्फीति १.४७ प्रतिशत थियो ।

चालु आव २०८३/८४ को तीन महिनाको औसत मुद्रास्फीति पनि गत आव सोही अवधिको १.६७ प्रतिशतबाट बढेर ६.२२ प्रतिशत पुगेको हो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ र गैरखाद्य तथा सेवा दुवै समूहको मुद्रास्फीति बढेको छ । गत आव सोही अवधिमा २.५४ प्रतिशत ऋणात्मक रहेको खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति समीक्षा महिनामा बढेर ८.०४ प्रतिशत पुगेको छ ।

यसैगरी गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति गत आवको ३.८० बाट बढेर ५.४६ प्रतिशत पुगेको छ ।

खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १६.४४ प्रतिशत बढेको छ भने फलफूलको १५.४६, चिनी तथा चिनीजन्य पदार्थ ११.८४, माछा तथा मासु ८.९१, मरमसला ७.७१ र तरकारीको ७.२८ प्रतिशत वृद्धि भएको छ ।

यस्तै गैरखाद्य तथा सेवा समूह अन्तर्गत यातायात उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १२.९७ प्रतिशत, मदिराजन्य पेय पदार्थ ८.८३, कपडा तथा जुत्ताचप्पल ७.०६, फर्निसिङ तथा घरायसी उपकरण ६.०१ र सुर्तीजन्य पदार्थको ५.४५ प्रतिशत बढेको छ ।

क्षेत्रगत आधारमा सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा मूल्य सूचकांक वृद्धिदर बढी देखिएको छ । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ६.६३ प्रतिशत बढ्दा सहरी क्षेत्रको मूल्य सूचकांक ६.२८ प्रतिशत बढेको छ ।

प्रदेशगत समीक्षा महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति मधेसमा सबैभन्दा बढी ७.३७ र सुदूरपश्चिममा सबैभन्दा कम ५.१३ प्रतिशत छ ।

यस्तै काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९२, तराई ६.८८, पहाड ६.१४ र हिमालको ५.५७ प्रतिशत छ ।

उपभोक्ता मुद्रास्फीतिसँगै थोक मुद्रास्फीति पनि उकालो लागेको छ । गत आव असोजमा १.३२ प्रतिशत रहेको वार्षिक विन्दुगत थोक मुद्रास्फीति २०८३ असोजमा बढेर ७.२९ प्रतिशत पुगेको छ ।

समीक्षा महिनामा उपभोग्य वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति २.८७ प्रतिशत बढेको छ भने मध्यवर्ती वस्तु र पूँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमश: ९.९८ र ६.५६ प्रतिशत छ । त्यस्तै निर्माण सामग्रीको वार्षिक विन्दुगत थोक मुद्रास्फीति ५.९३ प्रतिशत बढेको छ ।

भारतको तुलनामा नेपालमा उपभोक्ता मुद्रास्फीति बढी देखिएको छ । २०८३ असोजमा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत रहँदा सन् २०२६ अक्टोबरमा भारतमा यस्तो मुद्रास्फीति ६.०९ प्रतिशत छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
17m ago
तीन महिनामै भित्रियो सात खर्ब रुपैयाँ रेमिट्यान्स, असोजमा मात्रै दुई खर्ब ६७ अर्ब

तीन महिनामै भित्रियो सात खर्ब रुपैयाँ रेमिट्यान्स, असोजमा मात्रै दुई खर्ब ६७ अर्ब

तीन महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या भने १.७५ प्रतिशतले बढेको छ ।

#असोज
Compare →
Arthasansar
1h ago
असोजमै भित्रियो हालसम्मकै कीर्तिमानी आकारको रेमिट्यान्स

असोजमै भित्रियो हालसम्मकै कीर्तिमानी आकारको रेमिट्यान्स

चालु आर्थिक वर्ष तेस्रो महिना अर्थात् असोजमा २ खर्ब ६७ अर्ब बराबर रेमिट्यान्स भित्रिएको छ । यो हालसम्मकै कीर्तिमानी अंक...

#असोज
Compare →
Hamro Patro News
1w ago
तनहुँमा स्क्रब टाइफसको प्रकोप: असोजमै भेटिए १५५ बिरामी, आँबुखैरेनी उच्च जोखिममा

तनहुँमा स्क्रब टाइफसको प्रकोप: असोजमै भेटिए १५५ बिरामी, आँबुखैरेनी उच्च जोखिममा

तनहुँमा किर्नाको टोकाइबाट सर्ने जीवाणुजन्य रोग ‘स्क्रब टाइफस’ को संक्रमण तीव्र रूपमा फैलिएको छ। चालु आर्थिक वर्षको असोज महिनामा मात्रै जिल्लाका सात स्थानीय तहमा १५५ जनामा स्क्रब टाइफस पुष्टि भएको छ...

#असोज
Compare →

Related Stories

Business & Economy
Build #2612