Trending
Prev Story
Next Story

तीन थरी सागको भाउ बढ्यो, किलोको कति ?

Onlinekhabar •
November 19, 2026 • 07:31 AM
3
3 reads 0 reactions

३ मंसिर, काठमाडौं । बजारमा सागको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति तथ्यांकले रायो, पालुंगो र तोरी सागको भाउ बढेको देखाएको हो । बिहीबार कालीमाटी बजारमा रायो सागको भाउ थोकमा प्रतिकिलो …

तीन थरी सागको भाउ बढ्यो, किलोको कति ?

३ मंसिर, काठमाडौं । बजारमा सागको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति तथ्यांकले रायो, पालुंगो र तोरी सागको भाउ बढेको देखाएको हो ।

बिहीबार कालीमाटी बजारमा रायो सागको भाउ थोकमा प्रतिकिलो न्यूनतम ५० देखि अधिकतम ८० र औसत ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

हिजो बुधबार भने रायो साग प्रतिकिलो न्यूनतम ४० देखि अधिकतम ८० र औसत ६० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै कालीमाटी बजारमा आज पालुंगो साग प्रतिकिलो १० रुपैयाँ बढेको छ । हिजो बुधबार न्यूनतम ८० देखि अधिकतम १ सय २० र औसत १ सय रुपैयाँमा किनबेच भएको उक्त साग आज न्यूनतम १ सयदेखि अधिकतम १ सय २० र औसत १ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।

आज तोरी सागको मूल्य पनि थोकमा प्रतिकिलो २० रुपैयाँ बढेको छ । आज यस सागको मूल्य प्रतिकिलो न्यूनतम ५० देखि अधिकतम ७० र औसत ६० रुपैयाँ कायम छ ।

हिजो बुधबार तोरी साग प्रतिकिलो न्यूनतम ३० देखि अधिकतम ५० र औसत ४० रुपैयाँमा किनबेच भएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
२ मंसिर २०८३ : आज कालीमाटीमा कुन तरकारी कति? (मूल्यसूचीसहित)

२ मंसिर २०८३ : आज कालीमाटीमा कुन तरकारी कति? (मूल्यसूचीसहित)

२ मंसिर २०८३ : आज कालीमाटीमा कुन तरकारी कति? (मूल्यसूचीसहित) कालिमाटी थोक बजारमा आजको भाउ — सबैभन्दा माथि र तल्लो भाउका वस्तुहरूसहित विवरण। मंसिर २, २०८३ कान्ति एआई कालिमाटी थोक बजारमा आजका लाग...

#भाउ #कालीमाटी #कति
Compare →
Nagarik News
1d ago
कालीमाटीमा आलु प्रतिकिलो ३० रुपैयाँ

कालीमाटीमा आलु प्रतिकिलो ३० रुपैयाँ

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

#कालीमाटी #प्रतिकिलो #किलो
Compare →
Ekantipur
1h ago
३ मंसिर २०८३ : सुनको भाउ घट्यो, तोलामा रु २५७,६००

३ मंसिर २०८३ : सुनको भाउ घट्यो, तोलामा रु २५७,६००

आजको छापावाल सुनको भाउ तोलामा रु २५७,६०० र असली चाँदी रु ३,३३५ रहेको छ।

#भाउ
Compare →
Bizshala
2d ago
सुनको भाउ ओरालो लाग्दा चीनले बढायो खरिद,एकै महिनामा थपियो २६ टन

सुनको भाउ ओरालो लाग्दा चीनले बढायो खरिद,एकै महिनामा थपियो २६ टन

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेकै महिना चीनको केन्द्रीय बैंकले आफ्नो सञ्चितिमा २५.८ टन सुन थपेको छ।...

#भाउ
Compare →

Related Stories

Business & Economy
Build #2612