Trending
Prev Story
Next Story

बादलको निष्कर्ष: पपुलिस्ट शक्तिलाई रोक्न दलहरूबीच चुनावी सहकार्य

Onlinekhabar •
November 19, 2026 • 07:31 AM
3
3 reads 0 reactions

३ मंसिर, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले आगामी निर्वाचनहरूमा लोकतान्त्रिक शक्तिहरूबीच सहकार्यको प्रस्ताव राखेका छन् । राष्ट्रिय कार्यकर्ता भेलामा कार्यत्रप प्रस्तुत गर्दै उनले पपुलिस्ट शक्तिहरूलाई हराउन लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य गर्नुपर्ने प्रस्ताव गरेका हुन् …

बादलको निष्कर्ष: पपुलिस्ट शक्तिलाई रोक्न दलहरूबीच चुनावी सहकार्य

३ मंसिर, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले आगामी निर्वाचनहरूमा लोकतान्त्रिक शक्तिहरूबीच सहकार्यको प्रस्ताव राखेका छन् ।

राष्ट्रिय कार्यकर्ता भेलामा कार्यत्रप प्रस्तुत गर्दै उनले पपुलिस्ट शक्तिहरूलाई हराउन लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य गर्नुपर्ने प्रस्ताव गरेका हुन् । विगतका चुनावमा लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य संभव नहुँदा पराजय बेहोर्नु परेको उनले बताएका छन् ।

‘विगतको निर्वाचन पपुलिस्ट तथा फासीवादी शक्तिहरू र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरूबीचको भीषण संघर्ष थियो,’ बादलले भनेका छन्, ‘आउने चुनाव पनि यिनै दुई पक्षबीचको शक्ति संघर्ष हुने निश्चित छ ।’

पपुलिस्ट शक्तिहरूले स्थानीय, प्रदेश सभा, राष्ट्रिय सभा र राष्ट्रपति पदको निर्वाचन समेत जित्नेगरी अगाडि बढेको उनको निष्कर्ष छ । जसलाई रोक्न लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य गर्नुपर्ने प्रस्ताव उनले राखेका छन् ।

‘अहिले स्थानीय तह, प्रदेश सभा, राष्ट्रिय सभा र राष्ट्रपदि पदमा पपुलिस्टहरूको उपस्थिति शून्य छ । त्यहाँ देशभक्त तथा लोकतन्त्रवादी शक्तिहरूको एकछत्र बर्चश्व छ,’ उनले भनेका छन्, ‘यो बर्चश्व कायम राख्न आफ्ना कमजोरीहर पहिचान गरी तिनलाई यथाशीघ्र सच्याउन जरुरी छ । परस्पर तथा आन्तरिक एकतालाई सुदृढ गर्नुपर्दछ ।’

सच्याउनुपर्ने कमजोरीमा भने उनले लोकतान्त्रिक दलहरूबीच सहकार्य र नेतृत्वको वरिपरी गोलबन्द हुने प्रस्ताव राखेका छन् । ‘जब हामीले मुख्य प्रतिद्वन्दीका विरुद्ध सहकायृ गरेका छौ, तब हामीले जितेका छौ । जब हामीले जनतासँग प्रत्यक्ष मितेरी गाँसेका छौं, तब हामी विजयी बनेका छौ,’ उनले भनेका छन्, ‘जब हामी नेतृत्वको वरिपरी गोलबन्द भएका छौ, तब हामी हाबी भएका छौ । जब हामी नेतृत्वका विरुद्ध उभिएका छौ, तब हामी दुवै हारेका छौ ।’

सत्तारुढमा देखिएको संघर्ष, दलहरूबीच आउने चुनावमा हुन लागेको सहकार्य जस्ता आधार देखाएर उपाध्यक्ष थापाले पार्टीपंक्तिलाई आशा देखाएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
3h ago
आगामी चुनावहरू पपुलिस्ट र लोकतान्त्रिक शक्तिबिचको भीषण सङ्घर्ष हुनेछ: उपाध्यक्ष थापा

आगामी चुनावहरू पपुलिस्ट र लोकतान्त्रिक शक्तिबिचको भीषण सङ्घर्ष हुनेछ: उपाध्यक्ष थापा

नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले विगतको निर्वाचन पपुलिस्ट तथा फासीवादी शक्तिहरू र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरू बिचको भीषण सङ्घर्षका रूपमा रहेको बताएका छन्।

#पपुलिस्ट
Compare →
Bizshala
21h ago
ऊर्जामा आधारित अर्थतन्त्र निर्माण गर्न विश्व बैंकसँग सहकार्य बढाइने

ऊर्जामा आधारित अर्थतन्त्र निर्माण गर्न विश्व बैंकसँग सहकार्य बढाइने

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालको ऊर्जामा आधारित अर्थतन्त्र निर्माणका लागि...

#सहकार्य
Compare →
Hamro Patro News
1d ago
एन्टिबायोटिकको दुरुपयोग नियन्त्रण गर्न सबै क्षेत्रको सहकार्य आवश्यक : महानिर्देशक भट्टराई

एन्टिबायोटिकको दुरुपयोग नियन्त्रण गर्न सबै क्षेत्रको सहकार्य आवश्यक : महानिर्देशक भट्टराई

काठमाडौँ । औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्दै प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स) न्यूनीकरण गर्न सबै क्षेत्रबीच सहकार्य आवश...

#सहकार्य
Compare →
Ekantipur
1d ago
सीपीसीका सिचुवान पार्टी प्रमुख र रास्वपा प्रतिनिधिमण्डलबीच भेट, द्विपक्षीय सहकार्य सुदृढ गर्न जोड

सीपीसीका सिचुवान पार्टी प्रमुख र रास्वपा प्रतिनिधिमण्डलबीच भेट, द्विपक्षीय सहकार्य सुदृढ गर्न जोड

विपिन आचार्य नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँगको भेटमा वाङ सियाओहुईले विपद् व्यवस्थापन, पूर्वाधार, स्वच्छ ऊर्जा, कृषि र पर्यटनमा सहकार्य विस्तार गर्ने प्रस्ताव राखे ।

#सहकार्य
Compare →

Related Stories

World News
Build #2612