Trending
Prev Story
Next Story

सीपीसीका सिचुवान पार्टी प्रमुख र रास्वपा प्रतिनिधिमण्डलबीच भेट, द्विपक्षीय सहकार्य सुदृढ गर्न जोड

Ekantipur •
November 17, 2026 • 02:02 PM
2
2 reads 0 reactions

विपिन आचार्य नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँगको भेटमा वाङ सियाओहुईले विपद् व्यवस्थापन, पूर्वाधार, स्वच्छ ऊर्जा, कृषि र पर्यटनमा सहकार्य विस्तार गर्ने प्रस्ताव राखे ।

सीपीसीका सिचुवान पार्टी प्रमुख र रास्वपा प्रतिनिधिमण्डलबीच भेट, द्विपक्षीय सहकार्य सुदृढ गर्न जोड

विपिन आचार्य नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँगको भेटमा वाङ सियाओहुईले विपद् व्यवस्थापन, पूर्वाधार, स्वच्छ ऊर्जा, कृषि र पर्यटनमा सहकार्य विस्तार गर्ने प्रस्ताव राखे ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को सिचुवान प्रान्तीय समितिका सचिव तथा सिचुवान प्रान्तीय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष वाङ सियाओहुईले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलसँग सोमबार छेङ्दुमा भेटवार्ता गरेका छन्।

भेटका क्रममा वाङले सिचुवान प्रान्तीय पार्टी समिति र प्रान्तीय सरकारका तर्फबाट नेपाली प्रतिनिधिमण्डललाई स्वागत गरेका थिए। उनले प्रान्तको आर्थिक तथा सामाजिक विकासबारे पनि जानकारी गराएका थिए।

वाङले चीन र नेपालबीच लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देश हजारौँ वर्षदेखिका असल छिमेकी, मित्र र साझेदार भएको बताए।

गत १० भदौमा नेपाल–चीन सीमा क्षेत्रमा गएको विनाशकारी बाढीको प्रसंग उठाउँदै वाङले दुवै देशमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरे। चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङले आफ्ना नेपाली समकक्षीलाई समवेदना सन्देश पठाएको र उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन चीनले नेपाललाई आपत्कालीन सहायता उपलब्ध गराएको उनले बताए।

उनले विपद्का बेला दुवै देशले गरेको संयुक्त प्रयासले हिमालयले समेत छेक्न नसक्ने दुई देशबीचको चिरस्थायी मित्रता झल्काएको बताए।

वाङले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत चीन र नेपालबीच उच्च गुणस्तरको सहकार्य निरन्तर अघि बढिरहेको पनि उल्लेख गरे। नेपालसँग घनिष्ठ सम्बन्ध रहेको चिनियाँ प्रान्तका रूपमा सिचुवानले दुवै देशका नेताबीच भएका महत्त्वपूर्ण सहमतिहरू कार्यान्वयन गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो।

नेपाली प्रतिनिधिमण्डलको भ्रमणलाई अवसरका रूपमा लिँदै वाङले स्थानीय सरकार र राजनीतिक दलबीचको आदानप्रदान सुदृढ गर्ने तथा विपद् रोकथाम र न्यूनीकरण, पूर्वाधार विकास, स्वच्छ ऊर्जा, आधुनिक कृषि र सांस्कृतिक पर्यटनका क्षेत्रमा सहकार्य विस्तार गर्न सिचुवान इच्छुक रहेको बताए।

यस्तो सहकार्यले चिरस्थायी मित्रतासहित विकास र समृद्धितर्फ उन्मुख चीन–नेपाल रणनीतिक सहयोग साझेदारीलाई अघि बढाउन योगदान पुर्‍याउने उनले बताए।

जवाफमा आचार्यले सिचुवानले आर्थिक तथा सामाजिक विकासमा हासिल गरेका उपलब्धिको प्रशंसा गर्दै नेपालको विकासमा चीनले लामो समयदेखि पुर्‍याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे। विशेषगरी हालैको बाढीपछि चीनले उपलब्ध गराएको आपत्कालीन सहयोगका लागि उनले धन्यवाद दिए।

उनले सिचुवानलाई पश्चिमी चीनको महत्त्वपूर्ण प्रान्त र नेपाल–चीनबीच उच्च गुणस्तरको सहकार्य सुदृढ गर्ने महत्त्वपूर्ण साझेदारका रूपमा चित्रण गरे।

आचार्यले नेपाल र सिचुवानबीच विभिन्न क्षेत्रमा पारस्परिक लाभका सहकार्यलाई सक्रिय रूपमा अघि बढाउने, परम्परागत मित्रतालाई थप सुदृढ गर्ने र साझा विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

भेटमा सिचुवान प्रान्तीय नेताहरू तियान छिङयिङ र रेन जिङदोङका साथै चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभाग र सिचुवान प्रान्तका सम्बन्धित विभागका अधिकारीहरू पनि सहभागी थिए।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
सीपीसीका सिचुवान पार्टी प्रमुख र रास्वपा प्रतिनिधिमण्डलबीच भेट, द्विपक्षीय सहकार्य सुदृढ गर्न जोड

सीपीसीका सिचुवान पार्टी प्रमुख र रास्वपा प्रतिनिधिमण्डलबीच भेट, द्विपक्षीय सहकार्य सुदृढ गर्न जोड

सीपीसीका सिचुवान पार्टी प्रमुख र रास्वपा प्रतिनिधिमण्डलबीच भेट, द्विपक्षीय सहकार्य सुदृढ गर्न जोड विपिन आचार्य नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँगको भेटमा वाङ सियाओहुईले विपद् व्यवस्थापन, पूर्वाधार...

#सिचुवान #भेट #सहकार्य
Compare →
Nagarik News
4h ago
ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ।

#भेट
Compare →
Onlinekhabar
8h ago
अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’को आवेदन आह्वान

अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’को आवेदन आह्वान

१ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विश्वका विभिन्न मुलुकका विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूसँग शैक्षिक सहकार्य विस्तार गर्न ‘कन्ट्री फोकल पर्सन’ नियुक्तिका लागि आवेदन आह्वान गरेको छ। विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रले हालै स्वीकृत ‘त्रिविको अन्तर्राष्ट्रियकरणसम्बन्धी …

#सहकार्य
Compare →
Bizshala
1d ago
हामी मञ्चमा नाच्न मात्रै होइन मानिससँग सहकार्य गर्न आएका हौँ’ भन्दै ह्युमनोइड रोबट लुकाले देखायो भविष्यको झलक

हामी मञ्चमा नाच्न मात्रै होइन मानिससँग सहकार्य गर्न आएका हौँ’ भन्दै ह्युमनोइड रोबट लुकाले देखायो भविष्यको झलक

काठमाण्डौ । कृत्रिम बौद्धिकता (एआई) को विकाससँगै अब रोबटहरू मनोरञ्जन र प्रदर्शनमा मात्रै सीमित नरही मानिससँगै काम...

#सहकार्य
Compare →

Related Stories

Politics & Governance
Build #2612