Trending
Prev Story
Next Story

काभ्रेका रिसोर्ट भाडामा लिएर के गर्दै थिए चिनियाँ र जापानी नागरिक ?

Ekantipur •
November 19, 2026 • 10:32 AM
7
7 reads 0 reactions

पाँचखालको ह्वाइट पार्क र पनौतीको बल्थली रिसोर्टबाट पक्राउ परेका चिनियाँ र जापानी नागरिकहरूले भिडियो स्ट्रिमिङ गरेको बताए पनि दाबी पुष्टि गर्ने सामग्री नभेटिएको प्रहरीको भनाइ छ ।

काभ्रेका रिसोर्ट भाडामा लिएर के गर्दै थिए चिनियाँ र जापानी नागरिक ?

पाँचखालको ह्वाइट पार्क र पनौतीको बल्थली रिसोर्टबाट पक्राउ परेका चिनियाँ र जापानी नागरिकहरूले भिडियो स्ट्रिमिङ गरेको बताए पनि दाबी पुष्टि गर्ने सामग्री नभेटिएको प्रहरीको भनाइ छ ।

काभ्रेपलाञ्चोक — पाँचखाल र पनौती नगरपालिकाका रिसोर्ट तथा होटल भाडामा लिएर चिनियाँ र जापानी नागरिकले शंकास्पद गतिविधि सञ्चालन गरेको आरोपमा प्रहरीले ७० जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पाँचखालबाट चिनियाँ र पनौतीको बल्थलीबाट चिनियाँ तथा जापानी नागरिक पक्राउ परेका हुन् । उनीहरू लामो समयदेखि समूह बनाएर ती रिसोर्ट तथा होटलमा बस्दै आएका थिए ।

प्रहरीका अनुसार पाँचखालको ह्‍वाइट पार्क रिसोर्ट करिब एक महिनादेखि भाडामा लिएर उनीहरूले अन्य व्यक्तिलाई प्रवेशमा रोक लगाउँदै आएका थिए । रिसोर्टका दुईवटा कोठालाई कार्यालयजस्तो बनाएर टेबलमा ल्यापटप र मोबाइल राखिएको थियो । ती उपकरणका क्यामेरामा कालो टेप लगाइएको र मोबाइल तथा ल्यापटपमा इयरफोन जोडिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

उनीहरूले प्रहरीसँगको बयानमा भिडियो स्ट्रिमिङ गर्ने, लाइभ भिडियोमार्फत विभिन्न उत्पादन देखाउने गरेको बताएका छन् । तर उनीहरूले दाबी गरेअनुसारका उत्पादन भने फेला नपरेको डीएसपी रबिन विष्टले बताए । 'भिडियो स्ट्रिमिङ गर्ने र लाइभ भिडियोमार्फत प्रोडक्ट देखाउने गर्छौं भनेका छन् । तर त्यहाँ त्यस्ता कुनै उत्पादन भेटिएनन्,' विष्टले भने, 'हाम्रो प्रारम्भिक अनुसन्धानमा युरोप र अमेरिकामा रहेका चिनियाँ नागरिकहरूसँग सम्पर्क गरेको देखिएको छ । तर उनीहरूको गतिविधिको वास्तविक उद्देश्य अझै खुलिसकेको छैन ।'

प्रहरीले रिसोर्टको अर्को छुट्टै कोठामा डेस्कटप कम्प्युटर र सर्भरजस्तो संरचनासमेत फेला पारेको थियो । विद्युतीय उपकरण र प्रविधिको प्रयोग गरेर गतिविधि सञ्चालन भइरहेको देखिए पनि त्यसको प्रकृति र उद्देश्यबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । पनौतीको बल्थली माउन्टेन रिसोर्टमा भने करिब दुई महिनादेखि विदेशी नागरिकहरू बस्दै आएको प्रहरीको भनाइ छ । त्यहाँ चिनियाँ र जापानी नागरिक संयुक्त रूपमा बसेका थिए । पाँचखालमा शंकास्पद गतिविधि भइरहेको सूचना पाएपछि प्रहरीले बल्थलीमा पनि अनुगमन गरेको थियो ।

डीएसपी विष्टका अनुसार बल्थलीमा विदेशी नागरिकहरूले रिसोर्टका क्याबिनहरू प्रयोग गरेर बसेका थिए । त्यहाँको गतिविधिबारे थप अनुसन्धान भइरहेको छ ।

प्रहरीले पाँचखाल र पनौतीमा गरी ७० जना चिनियाँ र जापानी नागरिकलाई नियन्त्रणमा लिएको थियो । विदेशी नागरिकहरूको बाक्लो उपस्थिति र गतिविधिबारे प्रहरीलाई यसअघि नै सूचना प्राप्त भएको डीएसपी विष्टले बताए । प्राप्त सूचनाको पुष्टि गर्न अनुगमन गर्दा शंकास्पद गतिविधि भइरहेको देखिएको उनले बताए ।

'विदेशी नागरिकहरूको चलखेल भइरहेको भन्ने जानकारी आएको थियो । पर्यटकीय क्षेत्र भएकाले विदेशी नागरिक होटल तथा रिसोर्टमा बस्दैमा शंका गर्ने कुरा भएन,' उनले भने, 'तर विदेशी नागरिकको उपस्थिति अस्वाभाविक रूपमा बाक्लिएपछि अनुगमन तीव्र बनाएका हौं ।'

प्रहरीका अनुसार पाँचखालका अन्य दुई होटलमा पनि विदेशी नागरिकहरू बसेको भेटिए पनि ह्‍वाइट पार्कमा जस्तो गतिविधि देखिएको थिएन । प्रहरीले उनीहरूको गतिविधि, सम्पर्क सञ्जाल र नेपाल बसाइको उद्देश्यबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

विदेशी नागरिक पक्राउपछि काभ्रेको पर्यटनमा सुरक्षा चिन्ता

पाँचखाल र पनौतीका पर्यटकीय क्षेत्रमा विदेशी नागरिक पक्राउ परेपछि यहाँको पर्यटन क्षेत्रमा नकारात्मक असर पर्न सक्ने व्यवसायीहरूको चिन्ता छ । क्षेत्रीय होटल एसोसिएसन काभ्रेका अध्यक्ष प्रल्हाद प्याकुरेलले एकैपटक ठूलो संख्यामा विदेशी नागरिक पक्राउ पर्नु संवेदनशील विषय भएको बताए । यसले पर्यटन बजारमा नकारात्मक प्रभाव पार्न सक्ने उनको भनाइ छ ।

उनले विदेशी नागरिकको बसाइ र गतिविधि निगरानी गर्न होटल व्यवसायीलाई आग्रह गरेका छन् । अध्यागमन विभागले विकास गर्न थालेको विदेशी नागरिक ट्र्याकिङ प्रणाली काभ्रेका होटलमा अनिवार्य रूपमा लागू गर्न एसोसिएसनले परिपत्रसमेत गरेको उनले जानकारी दिए । लामो समयसम्म होटलमा बसेका विदेशी नागरिकले संरचना निर्माण गर्दासमेत होटल सञ्चालकले चासो नदिनु कमजोरी भएको उनले स्वीकार गरे । 'लामो समय बस्ने पाहुनाको प्रयोजन र गतिविधिबारे होटल सञ्चालकले पनि ख्याल गर्नुपर्ने हो,' उनले भने ।

प्याकुरेलले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन स्थानीय प्रशासन, प्रहरी, होटल व्यवसायी र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताए । अन्य होटलमा पनि यस्ता गतिविधि हुन सक्ने बजार हल्ला सुनिए पनि त्यसको पुष्टि भने नभएको उनले स्पष्ट पारे ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
3d ago
पाँचखालको ह्वाइट पार्क रिसोर्टमा छापा, ३६ चिनियाँ नागरिक पक्राउ

पाँचखालको ह्वाइट पार्क रिसोर्टमा छापा, ३६ चिनियाँ नागरिक पक्राउ

काठमाडाैँ – काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ शिखरपुरस्थित ह्वाइट पार्क रिसोर्टबाट शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ३६ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। रिसोर्टमा विदेशी नागरिकहरूको शं...

#चिनियाँ #रिसोर्ट #पाँचखाल
Compare →
Nagarik News
1d ago
काभ्रेको रिसोर्टबाट ४० विदेशी नागरिक पक्राउ, ३५ जना जापानी

काभ्रेको रिसोर्टबाट ४० विदेशी नागरिक पक्राउ, ३५ जना जापानी

काभ्रेको एक रिसोर्टबाट प्रहरीले ४० जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा ३५ जना जापानी र पाँच जना चिनियाँ नागरिक रहेका छन्।

#रिसोर्ट #जापानी #काभ्रे
Compare →
Onlinekhabar
3d ago
काभ्रेको ह्वाइट पार्क रिसोर्टमा छापा : ३६ जना चिनियाँ नागरिक नियन्त्रणमा

काभ्रेको ह्वाइट पार्क रिसोर्टमा छापा : ३६ जना चिनियाँ नागरिक नियन्त्रणमा

१ मंसिर, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल–७ स्थित ह्वाइट पार्क रिसोर्टमा प्रहरीले छापा मारेको छ । सो क्रममा केही थान ल्यापटप र मोबाइलसहित ३६ जना चिनियाँ नागरिक नियन्त्रणमा लिइएको छ । चिनियाँ नागरिकहरूको शंकास्पद गतिविधि भइरहेको गुनासोपछि …

#चिनियाँ #काभ्रे #रिसोर्ट
Compare →
Bizshala
2d ago
ट्रम्पका लागि चिनियाँ राष्ट्रपति सीले तोडे कूटनीतिक परम्परा, विमानस्थलमै पुगेर गरे भव्य स्वागत

ट्रम्पका लागि चिनियाँ राष्ट्रपति सीले तोडे कूटनीतिक परम्परा, विमानस्थलमै पुगेर गरे भव्य स्वागत

काठमाण्डौ । चीन र अमेरिकाबीच व्यापार तथा प्रविधिका क्षेत्रमा प्रतिस्पर्धा चर्किरहेका बेला चिनियाँ राष्ट्रपति सी...

#चिनियाँ
Compare →
Arthasansar
1w ago
चिनियाँ जासुससँगको सम्बन्धको विवादले एनभिडिया प्रमुखलाई झट्का, सम्पत्ति ७.४ अर्ब डलर घट्यो

चिनियाँ जासुससँगको सम्बन्धको विवादले एनभिडिया प्रमुखलाई झट्का, सम्पत्ति ७.४ अर्ब डलर घट्यो

एआई चिप निर्माणमा विश्वकै अग्रणी कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङको व्यक्तिगत सम्पत्तिमा ठूलो गिरावट आएको छ। चिनियाँ...

#चिनियाँ
Compare →

Related Stories

National (Nepal)
Build #2612