Trending
Prev Story
Next Story

परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको भेटवार्ता, तातोपानी नाका तत्काल खुलाउन जोड

Ekantipur •
November 19, 2026 • 11:32 AM
4
4 reads 0 reactions

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका थिए ।

परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको भेटवार्ता, तातोपानी नाका तत्काल खुलाउन जोड

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका थिए ।

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँगको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन जोड दिएका छन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङ माओमिङले  शिष्टाचार भेट गरेका थिए । त्यस अवसरमा परराष्ट्रमन्त्री खनालले तातोपानी नाका तत्काल खुलाउन राजदूत चाङसँग छलफल गरेका हुन् ।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले केही समयअघि रसुवा-भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण रसुवागढी नाका बन्द रहेको र हिउँदको मौसममा चीनसँग जोडिएका अन्य उच्च हिमाली नाकाहरू पनि पूर्ण रूपमा सञ्चालन हुन नसक्ने अवस्था रहेको उल्लेख गर्दै यस्तो परिस्थितिमा काठमाडौंसँग सबैभन्दा नजिक रहेको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउनु आवश्यक रहेको बताए ।

‘तातोपानी नाका काठमाडौंसँग सबैभन्दा कम दूरीमा रहेको र यो नाका हाम्रा दुई मुलुकबीचको ऐतिहासिक मित्रतापूर्ण सम्बन्धको प्रतीकसमेत हो।त्यसैले दुई मुलुकबीचको सम्पर्क सञ्जाल र आवागमनलाई सहज बनाउन यो नाका तत्काल खुलाउन आवश्यक छ,’ परराष्ट्रमन्त्री खनालले भने ।

भेटमा चिनियाँ राजदूत चाङले तातोपानी नाका सञ्चालनका विषयमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी काम गर्ने जानकारी दिएको परराष्ट्रमन्त्री खनालको सचिवालयले जनाएको छ ।

दुई पक्षबीच बाढीपछिको पुनर्निर्माण, नेपाल-चीन सम्बन्ध तथा बहुपक्षीयतासहित आपसी हित र चासोका विविध विषयमा पनि छलफल भएको थियो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1h ago
तातोपानी नाका तत्काल खुलाउन चिनियाँ राजदूतसँग परराष्ट्रमन्त्री खनालले गरे ध्यानाकर्षण

तातोपानी नाका तत्काल खुलाउन चिनियाँ राजदूतसँग परराष्ट्रमन्त्री खनालले गरे ध्यानाकर्षण

३ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँगको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन जोड दिएका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङ माओमिङले गरेको शिष्टाचार गरेका थिए । सो अवसरमा परराष्ट्रमन्त्री खनालले तातोपानी …

#परराष्ट्रमन्त्री #खनाल #चिनियाँ
Compare →
Hamro Patro News
1d ago
परराष्ट्रमन्त्री खनालद्वारा चिनियाँ पक्षसँग तत्काल तातोपानी नाका खुलाउन आग्रह

परराष्ट्रमन्त्री खनालद्वारा चिनियाँ पक्षसँग तत्काल तातोपानी नाका खुलाउन आग्रह

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले तत्काल तातोपानी नाका खुलाउनका लागि चिनियाँ पक्षसँग अनुरोध गरेका छन् । नेपाल भ्रमणमा रहेका चीनका ‘प्रेसिडेन्ट अफ द चाइनिज पिपुल्स एसोसियसन फर फ्रेन्डसिप विथ ...

#परराष्ट्रमन्त्री #चिनियाँ #खनाल
Compare →
Bizshala
1d ago
रसुवागढी बन्द हुँदा चीनसँगको व्यापार प्रभावित, तातोपानी नाका तत्काल खोल्न परराष्ट्रमन्त्री खनालको आग्रह

रसुवागढी बन्द हुँदा चीनसँगको व्यापार प्रभावित, तातोपानी नाका तत्काल खोल्न परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाण्डौ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन व्यापार तथा पारवहन सहज बनाउन तातोपानी नाका तत्काल सञ्चालनमा...

#परराष्ट्रमन्त्री #खनाल #तातोपानी
Compare →
Nagarik News
3h ago
राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर कूटनीतिक अभ्यास अघि बढाउनुपर्छ : मन्त्री खनाल

राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर कूटनीतिक अभ्यास अघि बढाउनुपर्छ : मन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित, राष्ट्रिय सम्पदा र देशको वास्तविकतामा आधारित हुनुपर्ने बताएका छन् ।

#परराष्ट्रमन्त्री #खनाल
Compare →
Arthasansar
3d ago
नवनियुक्त तीन राजदूतले लिय पद तथा गोपनीयताको शपथ

नवनियुक्त तीन राजदूतले लिय पद तथा गोपनीयताको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न तीन मुलुकका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सोमबार राष्ट्रपतिको कार्यालय,...

#राजदूत
Compare →

Related Stories

Politics & Governance
Build #2612