Trending
Prev Story
Next Story

रियादमा हुथीको आक्रमण निस्तेज गरिएको साउदीको दाबी

Ekantipur •
November 19, 2026 • 07:32 AM
2
2 reads 0 reactions

रियादमा ठूलो विस्फोटको आवाज सुनिएको थियो । गठबन्धनले क्षेप्यास्त्रका अवशेष खसेर भौतिक क्षति भएको हुनसक्ने जानकारी दिएको छ

रियादमा हुथीको आक्रमण निस्तेज गरिएको साउदीको दाबी

रियादमा ठूलो विस्फोटको आवाज सुनिएको थियो । गठबन्धनले क्षेप्यास्त्रका अवशेष खसेर भौतिक क्षति भएको हुनसक्ने जानकारी दिएको छ

रियाद — इरान समर्थित यमनको हुथी विद्रोही समूहले साउदी अरेबियाको राजधानी रियादतर्फ प्रहार गरेको क्षेप्यास्त्र खतरा निस्तेज पारिएको साउदी नेतृत्वको गठबन्धनले बिहीबार जनाएको छ।

रियादमा ठूलो विस्फोटको आवाज सुनिएको थियो । गठबन्धनले क्षेप्यास्त्रका अवशेष खसेर भौतिक क्षति भएको हुनसक्ने जानकारी दिएको छ।

रियादमा साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमान र अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख एडमिरल ब्राड कुपरबीच भेटवार्ता भएलगत्तै विस्फोटको आवाज सुनिएको थियो। यमनको सीमावर्ती दक्षिणी साउदी क्षेत्रतर्फ प्रहार गरिएको क्रुज क्षेप्यास्त्र पनि गठबन्धनले नष्ट गरेको छ।

त्यसैगरी, बिहीबार बिहानै साउदी लडाकु विमानले हुथी नियन्त्रित यमनी राजधानी सानामा हवाई आक्रमण गरेको हुथी सञ्चारमाध्यमले जनाएका छन्।

गत महिना लाल सागर तट र बाब अल-मन्देब जलमार्गतर्फ हुथीहरूले अग्रता लिएपछि सन् २०२२ को युद्धविराम भंग भई भिडन्त चर्किएको हो।

अमेरिका-इजरायल र इरानबीचको तनावबीच साउदी तेल पूर्वाधार तथा विमानस्थलमा हुथी आक्रमण बढेसँगै क्षेत्रीय स्थिति थप संवेदनशील बनेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
इरानको केशम टापुमा विस्फोटको आवाज, होर्मुज क्षेत्रमा अमेरिकी ड्रोन खसालेको सेनाको दाबी

इरानको केशम टापुमा विस्फोटको आवाज, होर्मुज क्षेत्रमा अमेरिकी ड्रोन खसालेको सेनाको दाबी

काठमाडौं– इरानको केशम टापुमा लगातार विस्फोटका आवाज सुनिएको स्थानीय बासिन्दाले बताएका छन् । इरानी समाचार एजेन्सी फार्सका अनुसार केशम सहरको उत्तरपश्चिमी क्षेत्रबाट विस्फोटका आवाज सुनिएका हुन् । होर्...

#विस्फोट #आवाज #सुनिए
Compare →
Onlinekhabar
2d ago
यमनमा हुथी विद्रोहीको तीव्र विस्तार, साउदी गठबन्धनलाई ठूलो धक्का

यमनमा हुथी विद्रोहीको तीव्र विस्तार, साउदी गठबन्धनलाई ठूलो धक्का

साउदी अरबले यमनमा हुथी विद्रोहीको विरूद्धको आफ्नो नेतृत्वको सैन्य गठबन्धनका कमान्डरलाई पदबाट हटाएको छ । सैन्य अभियानमा साउदी समर्थित यमनी सरकारी सेनाले ठूला रणनीतिक भूभागहरू गुमाउँदै पछि हट्नुपरेपछि साउदी अरबले यो कदम चालेको हो । यो सैन्य …

#साउदी #हुथी
Compare →
Nagarik News
3d ago
इरानले बहराइनस्थित अमेरिकी सैन्य अखडानजिक गर्‍यो ड्रोन आक्रमण

इरानले बहराइनस्थित अमेरिकी सैन्य अखडानजिक गर्‍यो ड्रोन आक्रमण

इरानले खाडी मुलुक बहराइनस्थित अमेरिकी सैन्य अखडामा ड्रोन आक्रमण गरेको दाबी गरेपछि आइतबार बिहान त्यहाँ विस्फोटका आवाज सुनिएका छन्।

#विस्फोट #आक्रमण
Compare →

Related Stories

World News
Build #2612