Trending
Prev Story
Next Story

संसद अधिवेशन आह्वान गर्ने विषयमा छलफल भइरहेको छ : मन्त्री गौतम

Nagarik News •
November 18, 2026 • 01:36 PM
3
3 reads 0 reactions

सरकारले संसद्को आगामी अधिवेशन छिट्टै आह्वान गर्ने तयारी गरेको छ।

संसद अधिवेशन आह्वान गर्ने विषयमा छलफल भइरहेको छ : मन्त्री गौतम

सरकारले संसद्को आगामी अधिवेशन छिट्टै आह्वान गर्ने तयारी गरेको छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अधिवेशन आह्वान गर्ने विषयमा छलफल भइरहेको र छिट्टै आह्वान गर्ने सरकारको लक्ष्य रहेको बताइन्।

प्रधानमन्त्री बालेन्द्र शाह यसै साता भारत भ्रमणमा जाने कार्यक्रम रहेकाले पनि अधिवेशन आह्वानको समयबारे तत्कालै निश्चित गर्न नसकिएको उनले बताइन्।

सरकारले आगामी अधिवेशनलाई लक्षित गर्दै कानुन संशोधन, नयाँ कानुन निर्माण तथा आवश्यक अध्यादेशबारे गृहकार्यसमेत अघि बढाएको छ।

‘संसद अधिवेशन कहिले गर्ने भन्ने विषयमा छलफल गर्दैछौँ। छिट्टै बोलाउने लक्ष्य हो। अहिले कानुनहरूको समीक्षा पनि भइरहेको छ। यो हप्तामै के–के गर्नुपर्ने हो भन्ने स्पष्ट हु्न्छ’ मन्त्री गौतमले भनिन्।

यस्तै, सरकारले घोषणा गरेको ‘कानुन निर्माण तथा सुधार वर्ष’ अन्तर्गत विद्यमान कानुनको समीक्षा, नयाँ कानुन निर्माण र आवश्यक कानुन संशोधन तथा एकीकरणलाई प्राथमिकतामा राखेको छ।

यसका लागि गठित सुधार समितिको प्रत्येक १५ दिनमा बैठक बस्ने गरेको र सबै मन्त्रालयबाट प्रगति विवरण प्राप्त भइरहेको मन्त्री गौतमले बताइन्।

सरकारले सम्बन्धित मन्त्रालयहरूसँगको छलफलका आधारमा एक वर्षमा १६६ वटा कानुन निर्माण तथा सुधार गर्ने लक्ष्य राखेको छ। दसैँअघि संसद्मा दर्ता भएका विधेयकहरूको प्रगति हेर्दा उक्त लक्ष्य हासिल गर्न सकिने विश्वास बढेको उनको भनाइ छ।

संसद् अधिवेशन आह्वानको संवैधानिक प्रक्रिया सरकारको सिफारिसमा राष्ट्रपतिबाट अघि बढ्ने भए पनि संसद् सचिवालयले भने अधिवेशन सञ्चालनका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सचिवालय सदन सञ्चालनका लागि सधैँ तयारी अवस्थामा रहने भए पनि नयाँ संसद् भवनको प्रतिनिधिसभा सभाकक्षमा केही प्राविधिक तयारी बाँकी रहेको जानकारी दिए।

प्रतिनिधि सभातर्फको सभाकक्षको भौतिक पूर्वाधार तयार भइसकेको भए पनि प्रत्यक्ष प्रसारण, अडियो–भिडियो प्रणाली र नयाँ प्रविधिसँग सम्बन्धित काम पूर्ण रूपमा सम्पन्न हुन बाँकी रहेको उनको भनाइ छ।

नयाँ सभाकक्षबाट युट्युबमार्फत प्रत्यक्ष प्रसारण गर्ने तयारी भइरहेको र त्यसका लागि प्राविधिक प्रणाली परीक्षण गर्नुपर्ने उनले बताए।

नयाँ प्रविधिको प्रयोग हुने भएकाले सांसदहरूलाई त्यसबारे जानकारी दिन अभिमुखीकरणसमेत आवश्यक पर्न सक्ने उनको भनाइ छ।

‘अधिवेशन आह्वान भइसकेपछि पनि सचिवालयलाई दुई–चार दिन समय आवश्यक पर्ने देखिन्छ। सांसदहरूलाई नयाँ प्रविधिबारे जानकारी दिन र त्यहाँ स्थापित प्रविधिको परीक्षण गर्नुपर्ने हुन्छ, त्यसको तयारीमा हामी छौ’, गिरीले भने।

संसद् सचिवालयका अनुसार हाल प्रतिनिधिसभामा सङ्घीय निजमातिसहित २४ वटा विधेयक विचाराधीन छन्। राष्ट्रिय सभाका समितिमा भने कुनै पनि विधेयक विचाराधीन छैनन्।

संसद्को दोस्रो अधिवेशन (प्रतिनिधिसभा) र २१ औँ अधिवेशन (राष्ट्रिय सभा) का अवधिमा हालसम्म कुल १२ वटा विधेयक पारित भएका छन्।

दोस्रो अधिवेशन अन्त्य भएको दिनदेखि हालसम्म सात वटा नयाँ विधेयक दर्ता भएका छन्। तीमध्ये संशोधन विधेयकसमेत समावेश छन्।

यसरी सरकारले कानुन निर्माण तथा सुधारको गृहकार्य अघि बढाइरहेका बेला संसद् सचिवालयले भौतिक तथा प्राविधिक तयारी गरिरहेको हो।

यसैबीच, सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी संसद् अधिवेशनलाई प्रभावकारी र परिणाममुखी बनाउन संसदीय समितिहरूलाई सक्रिय बनाउने तयारी गरेको छ।

रास्वपाका संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले सदनलाई प्रभावकारी बनाउन समितिमार्फत विधेयकमाथि व्यापक छलफल र अध्ययन गरिने बताए।

सरकारले आगामी अधिवेशनमा कानुन निर्माण वर्षलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले सरकारले प्रस्तुत गर्ने विधेयकलाई संसद्को संसदीय समितिबाट परिमार्जन, अध्ययन र व्यापक परामर्शसहित अघि बढाइने बताए।

संसदीय समितिलाई प्रभावकारी बनाउँदै संसद्को कार्यतालिकालाई आधार मानेर आवश्यक परामर्श र अध्ययनपछि कानुन निर्माणको प्रक्रिया अघि बढाइने उनले बताए।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलगायत दलले संसद् अधिवेशन तत्काल आह्वान गर्न माग गर्दै आएको छ।

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुखले तिहार र छठपछि संसद् आह्वान गर्ने विषयमा सकारात्मक धारणा राख्नुभएको उल्लेख गर्दै संसद् यथाशीघ्र बोलाउनुपर्नेमा जोड दिए।

कानून निर्माणसँगै जनसरोकारको मुद्धा उठाउने थलो संसद भएकाले छिटो अधिवेशन बोलाउनुपर्ने उनको भनाई छ।

‘सरकारसँग हाम्रो कुनै संवाद छैन। संसदको बैठक छिटै राख्नुपर्ने हाम्रो माग हो’, उनले भने। रासस

प्रकाशित: २ मंसिर २०८३ १९:२१ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
9h ago
विपक्षीको माग बमोजिम संसद् अधिवेशन आह्वानको तयारी भइरहेको हो ?

विपक्षीको माग बमोजिम संसद् अधिवेशन आह्वानको तयारी भइरहेको हो ?

काठमाडौँ । गत कात्तिक १६ गते विपक्षी दलहरूले न्यायालयको निष्पक्षता, प्रहरी तथा सुरक्षा निकायको कार्यशैली र प्रेस स्वतन्त्रतामाथि उठेका प्रश्नको निरूपण गर्न तत्काल संसद् अधिवेशन आह्वान गर्न माग गरेक...

#अधिवेशन #आह्वान #संसद
Compare →
Ekantipur
1d ago
सात वर्षमा पनि बनेन संसद् भवन, नयाँ सभाकक्षमा बस्ला हिउँदे अधिवेशन ?

सात वर्षमा पनि बनेन संसद् भवन, नयाँ सभाकक्षमा बस्ला हिउँदे अधिवेशन ?

समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको र इन्टेरियरको काम बाँकी रहेकाले पुससम्म सबै निर्माण कार्य सकिने सहरी विकास तथा भवन निर्माण विभागको दाबी छ ।

#अधिवेशन #संसद
Compare →
Onlinekhabar
1d ago
युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान

१ मंसिर, काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरिएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले कोषको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको हो । कोष (सञ्चालन) नियमावली २०७७ …

#आह्वान
Compare →

Related Stories

Politics & Governance
Build #2612