Trending
Prev Story
Next Story

पाल्पा सिमेन्टको नाफामा भारी गिरावट, तीन महिनामै १३ करोड ७१ लाख घाटा

Bizshala •
November 18, 2026 • 08:35 AM
2
2 reads 0 reactions

काठमाण्डौ । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटामा गएको छ। कम्पनीले...

पाल्पा सिमेन्टको नाफामा भारी गिरावट, तीन महिनामै १३ करोड ७१ लाख घाटा

काठमाण्डौ । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटामा गएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा कम्पनीले १३ करोड ७१ लाख ६४ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ९९ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी पनि उल्लेख्य घटेको छ। गत वर्षको पहिलो त्रैमासमा ४७ करोड ६५ लाख ९४ हजार रुपैयाँ रहेको सञ्चालन आम्दानी चालु वर्षको सोही अवधिमा घटेर ६ करोड १० लाख ९८ हजार रुपैयाँमा सीमित भएको छ।

कम्पनीको कुल नाफा ७ करोड ७३ लाख रुपैयाँबाट घटेर १ करोड ६३ लाख रुपैयाँमा झरेको छ। सञ्चालन नतिजा पनि ४ करोड २९ लाख रुपैयाँ नाफाबाट ३ करोड ७१ लाख रुपैयाँ घाटामा पुगेको छ।

त्यस्तै, कम्पनीको वित्तीय खर्च बढेर ६ करोड ९१ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो खर्च ३ करोड ८४ लाख रुपैयाँ थियो।

असोज मसान्तसम्म कम्पनीको कुल सम्पत्ति १० अर्ब ४१ करोड २५ लाख रुपैयाँ रहेको छ भने कुल दायित्व ५ अर्ब ७० करोड ६२ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको चुक्तापुँजी ३ अर्ब ७५ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ऋणात्मक १४.६७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२५.४८ रुपैयाँ रहेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
3h ago
दयनीय बन्दै पाल्पा सिमेन्टको अवस्था : १३ करोड ७६ लाख रुपैयाँ घाटामा,  सञ्चालन नोक्सानी मात्रै ३ करोड ७१ लाख

दयनीय बन्दै पाल्पा सिमेन्टको अवस्था : १३ करोड ७६ लाख रुपैयाँ घाटामा,  सञ्चालन नोक्सानी मात्रै ३ करोड ७१ लाख

पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको अवस्था दयनीय बन्दै गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको...

#घाटा #पाल्पा #सिमेन्ट
Compare →
Hamro Patro News
2d ago
घाटाबाट नाफामा फर्कियो राष्ट्रिय बीमा कम्पनी, यस्ता छन् अन्य सूचक

घाटाबाट नाफामा फर्कियो राष्ट्रिय बीमा कम्पनी, यस्ता छन् अन्य सूचक

सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उल्लेख्य वित्तीय सुधार गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा घाटामा रहेको कम्पनी ...

#घाटा #नाफा #त्रैमास
Compare →
Ekantipur
1h ago
राष्ट्र बैंकको नाफा साढे ८३ अर्ब, सरकारलाई ४२ अर्ब लाभांश दिने

राष्ट्र बैंकको नाफा साढे ८३ अर्ब, सरकारलाई ४२ अर्ब लाभांश दिने

गत आर्थिक वर्षमा राष्ट्र बैंकले ८३ अर्ब ५६ करोड ९४ लाख ७६ हजार खुद आय (नाफा) आर्जन गरेको छ । गत वर्षको तुलनामा यो ३.८४ प्रतिशतले बढेको हो ।

#नाफा
Compare →
Onlinekhabar
18h ago
राष्ट्र बैंकको नाफा साढे ८३ अर्ब, सरकारलाई ४२ अर्ब दिने

राष्ट्र बैंकको नाफा साढे ८३ अर्ब, सरकारलाई ४२ अर्ब दिने

१ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकको नाफा ३ अर्ब रुपैयाँभन्दा धेरैले बढेको छ । निरन्तर बढ्दो विदेशी विनिमय सञ्चितिबाट भएको ब्याज आम्दानीमा सुधार आएसँगै खुद नाफा बढेको हो । रेमिट्यान्स र आयातमा आएको सुधारसँगै विदेशी …

#नाफा
Compare →
Nagarik News
21h ago
नेपाल टेलिकमको खुद नाफा ३७ प्रतिशतले वृद्धि

नेपाल टेलिकमको खुद नाफा ३७ प्रतिशतले वृद्धि

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा ३७.३५ प्रतिशतले बढेको हो।

#नाफा
Compare →

Related Stories

Business & Economy
Build #2612