Trending
Prev Story
Next Story

बैसरी-रिसिनचौतारी सडक स्तरोन्नति सुरु, तीन करोड ३५ लाख लागतमा काम हुँदै

Nagarik News •
November 18, 2026 • 03:54 AM
3
3 reads 0 reactions

रघुगङ्गा गाउँपालिका–२ स्थित बैसरी–रिसिनचौतारी सडक स्तरोन्नति सुरु भएको छ।

बैसरी-रिसिनचौतारी सडक स्तरोन्नति सुरु, तीन करोड ३५ लाख लागतमा काम हुँदै

रघुगङ्गा गाउँपालिका–२ स्थित बैसरी–रिसिनचौतारी सडक स्तरोन्नति सुरु भएको छ।

पूर्वाधार विकास कार्यालयले जैसीखोर–खहरेखोला–रिसिनचौतारी सडक योजनाअन्तर्गत बैसरी–रिसिनचौतारी खण्ड स्तरोन्नति गर्न लागेको हो। सडक फराकिलो पार्ने, ग्रेड र घुम्ती सुधार गर्ने, टेवा पर्खाल तथा नाली निर्माण गर्ने र ग्राभेल तथा ढलान गर्ने काम योजनामा समेटिएको छ।

रु तीन करोड ३५ लाख छ हजार ४८० लागतमा निर्माण सम्पन्न गर्ने गरी गत साउन ४ गते अङ्कित एन्ड जेनिशा साहना जेभीसँग ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार २०८४ साउन ४ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेछ।

कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर राजेश उलकका अनुसार एक हजार ८०० मिटर सडक नालीसहित छ मिटर चौडा बनाइनेछ। त्यसमध्ये ६१० मिटर सडक ढलान र एक हजार १९० मिटर ग्राभेल गरिनेछ। योजनाअन्तर्गत ९९० घनमिटर ग्याबियन पर्खाल र एक हजार ६४९ घनमिटर मेसिनरी पर्खाल निर्माण गरिनेछ।

निर्माण कम्पनीका प्रतिनिधि शिव जिसीले पहिलो चरणमा एक हजार २०० मिटर सडक फराकिलो पार्ने काम सम्पन्न भएको जानकारी दिए। उनका अनुसार निर्माण कम्पनीले तीन महिनाभित्र काम सक्ने लक्ष्यसहित उपकरण परिचालन गरेको छ। लक्ष्यअनुसार काम सम्पन्न गर्न थप मजदुर र निर्माण सामग्रीको व्यवस्थापन गरिने उनले बताए।

यो सडकले रघुगङ्गा गाउँपालिका–२ र ३ लाई कालीगण्डकी करिडोरसँग जोड्छ। कालीगण्डकी करिडोरको घुमाउनेताल–बैसरी खण्डको वैकल्पिक मार्गका रूपमा विकास गर्ने र स्थानीयवासीको आवागमन सहज बनाउने उद्देश्यले योजना सञ्चालन गरिएको गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए। रासस

प्रकाशित: २ मंसिर २०८३ ०९:३९ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Setopati
5d ago
श्रमिकको १७४० र विशेषज्ञको ८४०० रूपैयाँसम्मको दैनिक ज्यालाले कति बढ्छ निर्माण लागत?

श्रमिकको १७४० र विशेषज्ञको ८४०० रूपैयाँसम्मको दैनिक ज्यालाले कति बढ्छ निर्माण लागत?

'निर्माण आयोजनाको लागत अनुमान तयार गर्ने नर्म्स र बिओक्यू नै संशोधन नगरी कार्यविधि ल्याइएको छ। यसले व्यवहारमा समस्या ल्याउँछ,' घिमिरेले भने।

#लागत
Compare →
Hamro Patro News
6d ago
दमौली खेलमैदान स्तरोन्नति गरिँदै

दमौली खेलमैदान स्तरोन्नति गरिँदै

तनहुँ– ठूला खेलकुद प्रतियोगिता आयोजना गर्न नसक्दा सेभेन ए साइड फुटबलमा सीमित हुँदै आएको तनहुँको दमौली खेलमैदान स्तरोन्नति हुने भएको छ । व्यास नगरपालिका–३ बीपी वनवाटिकास्थित खेलमैदानलाई व्यवस्थित बन...

#स्तरोन्नति
Compare →
Onlinekhabar
1w ago
मकै र भटमासको मूल्यवृद्धि : पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो

मकै र भटमासको मूल्यवृद्धि : पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो

२४ कात्तिक, चितवन । विदेशबाट आयात हुने मकै र भटमासको मूल्य आकासिएपछि दानाको लागत मूल्य बढेको छ । यससँगै पशुपन्छीजन्य उत्पादनको खर्च बढ्ने भएको छ । यसबाट प्रत्यक्ष रूपमा उपभोक्ता प्रभावित हुने भएका छन् । नेपाल …

#लागत
Compare →
Bizshala
1w ago
आम्दानी घट्दा बिक्री लागत दोब्बरभन्दा बढी भएपछि अरुण काबेलीको नाफामा धक्का

आम्दानी घट्दा बिक्री लागत दोब्बरभन्दा बढी भएपछि अरुण काबेलीको नाफामा धक्का

काठमाण्डौ । अरुण काबेली पावर लिमिटेड (एकेपीएल) को सञ्चालन आम्दानी पहिलो त्रैमासमा ९.१८ प्रतिशतले घट्दा खुद नाफा ६५.२७...

#लागत
Compare →
Ekantipur
1w ago
नेपाल लाइफको रेटिङ ‘डबल ए’मा स्तरोन्नति

नेपाल लाइफको रेटिङ ‘डबल ए’मा स्तरोन्नति

नेपालको जीवन बीमा क्षेत्रमा अग्रणी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इक्रा नेपालद्वारा प्रदान गरिएको रेटिङमा ‘एए’ माइनसबाट ‘एए’ मा स्तरोन्नति भएको छ।

#स्तरोन्नति
Compare →

Related Stories

Business & Economy
Build #2612