Trending
Prev Story
Next Story

वाई-फाई नेपालले सार्वजनिक गर्‍यो आफ्नै मोबाइल एप

Ekantipur •
November 17, 2026 • 03:02 PM
1
1 reads 0 reactions

ग्राहकलाई इन्टरनेट सेवा प्रयोग गर्न र व्यवस्थापन गर्न अझ सहज बनाउने उद्देश्यले यो एप ल्याइएको कम्पनीले जनाएको छ।

वाई-फाई नेपालले सार्वजनिक गर्‍यो आफ्नै मोबाइल एप

ग्राहकलाई इन्टरनेट सेवा प्रयोग गर्न र व्यवस्थापन गर्न अझ सहज बनाउने उद्देश्यले यो एप ल्याइएको कम्पनीले जनाएको छ।

काठमाडौँ — नेपालमा इन्टरनेट सेवा प्रदान गर्दै आएको वाई-फाई नेपालले आफ्नै मोबाइल एप सार्वजनिक गरेको छ। यस एपमार्फत ग्राहकहरूले आफ्नो इन्टरनेटसम्बन्धी विभिन्न जानकारी र सेवाहरू अब सजिलै आफ्नै मोबाइलबाट प्रयोग गर्न सक्नेछन्।

ग्राहकलाई इन्टरनेट सेवा प्रयोग गर्न र व्यवस्थापन गर्न अझ सहज बनाउने उद्देश्यले यो एप ल्याइएको कम्पनीले जनाएको छ। यस एपमार्फत ग्राहकहरूले आफ्नो इन्टरनेटको भुक्तानी विवरण हेर्न, वाई-फाईको नाम र पासवर्ड परिवर्तन गर्न, इन्टरनेटमा जोडिएका उपकरणहरू हेर्न र इन्टरनेट प्रयोगको विवरण थाहा पाउन सक्नेछन्। ग्राहकहरूले नेटटीभी तथा राउटरसम्बन्धी जानकारी हेर्नुका साथै कुनै समस्या आएमा समाधानका लागि सपोर्ट टिकट समेत पठाउन सकिने कम्पनीकाे भनाइ छ। यस एपले ग्राहकहरूलाई सामान्य कामका लागि बारम्बार फोन गर्नुपर्ने झन्झट कम गर्नुका साथै आवश्यक सेवा र जानकारी आफ्नै मोबाइलबाट छिटो र सजिलै प्राप्त गर्न मद्दत गर्ने कम्पनीकाे विश्वास छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
7h ago
वाई-फाई नेपालको मोबाइल एप सार्वजनिक

वाई-फाई नेपालको मोबाइल एप सार्वजनिक

वाई-फाई नेपालको मोबाइल एप सार्वजनिक १० मिनेट अघि काठमाडौं : इन्टरनेट सेवा प्रदायक कम्पनी वाई-फाई नेपालले ग्राहकको सहजताका लागि आफ्नै मोबाइल एप सार्वजनिक गरेको छ। कात्तिक ३० गते जारी विज्ञप्तिअनु...

#इन्टरनेट #वाई #फाई
Compare →

Related Stories

Technology
Build #2612