बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले करको दर बढाएर मात्र राज्यको राजस्व वृद्धि सम्भव नहुने बताएका छन्।
करको भार थप्नुभन्दा कर तिर्न सक्ने नागरिक र व्यवसायको सङ्ख्या बढाउने नीति आवश्यक रहेको उनको भनाइ छ।
राष्ट्रिय कर दिवस २०८३ का अवसरमा आज आन्तरिक राजस्व कार्यालय हेटौंडाले आयोजना गरेको कार्यक्रममा उनले उत्पादन, लगानी, रोजगारी र आर्थिक गतिविधि विस्तार गरी करको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिए।
मुख्यमन्त्री थापामगरले कर प्रणालीलाई न्यायपूर्ण, पारदर्शी र नागरिकमैत्री बनाउनुपर्ने बताए। यस वर्षको कर दिवसको नारा कर न्याय र सुशासनको सुनिश्चितता, समृद्धिमा नागरिक सहभागिता रहेको छ।
प्रकाशित: १ मंसिर २०८३ १९:३६ मंगलबार