Trending
Prev Story
Next Story

सोमराज गुरुङको ह'त्या आशंकामा दुई जना पक्राउ, म्याद थप गरी अनुसन्धान जारी

Nagarik News •
November 17, 2026 • 01:51 PM
2
2 reads 0 reactions

गुरुङको मृत्यु भएपछि प्रारम्भिक अनुसन्धानका क्रममा शंकास्पद देखिएका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

सोमराज गुरुङको ह'त्या आशंकामा दुई जना पक्राउ, म्याद थप गरी अनुसन्धान जारी

गत कात्तिक २७ गते फुङलिङ नगरपालिका–४ क्याम्पस लाइनमा शंकास्पद अवस्थामा मृत फेला परेका सोमराज गुरुङको मृत्युबारे अनुसन्धान गरिरहेको ताप्लेजुङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक बिन्देश्वर यादवका अनुसार गुरुङको मृत्यु भएपछि प्रारम्भिक अनुसन्धानका क्रममा शंकास्पद देखिएका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। थप अनुसन्धानका लागि ताप्लेजुङ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको उनले जानकारी दिए।

प्रहरी निरीक्षक यादवका अनुसार पक्राउ पर्नेमा सिरीजङ्घा गाउँपालिका–३ सिकैचाका २६ वर्षीय प्रीतिहाङ लिम्बू र सिदिङ्वा गाउँपालिका–७ घर भई हाल फुङलिङ नगरपालिका–४ मा बस्दै आएका ३८ वर्षीय बिना साउदेन गुरुङ रहेका छन्।

सिदिङ्वा गाउँपालिका–७ घर भई हाल फुङलिङ नगरपालिका–४ मा बस्दै आएका ५५ वर्षीय सोमराज गुरुङ गत कात्तिक २७ गते मकैबारीमा मृत अवस्थामा फेला परेका थिए।

पक्राउ परेका व्यक्तिहरू हत्या गर्ने उद्देश्यले घटनामा संलग्न रहेको आशंका गरिएको र प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू घटनासँग सम्बन्धित शंकास्पद देखिएकाले विस्तृत अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १ मंसिर २०८३ १९:३६ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3h ago
सोमराजको मृत्यु प्रकरणमा दुई जना पक्राउ

सोमराजको मृत्यु प्रकरणमा दुई जना पक्राउ

ताप्लेजुङको फुङलिङमा मृत अवस्थामा फेला परेका सोमराज गुरुङको मृत्यु प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा संलग्नता देखिएको भन्दै प्रहरीले दुई जनालाई पक्रा...

#ताप्लेजुङ #सोमराज
Compare →
Onlinekhabar
4h ago
२१ किलो सुन तस्करी प्रकरण : सम्पत्ति र संगठितमा पनि अनुसन्धान अघि बढाइँदै

२१ किलो सुन तस्करी प्रकरण : सम्पत्ति र संगठितमा पनि अनुसन्धान अघि बढाइँदै

१ मंसिर, काठमाडौं । साढे २१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिकमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान अघि बढ्ने भएको छ । संगठित अपराध र सम्पत्ति सम्बन्धी कसुरको अनुसन्धान गर्न काठमाडौं उपत्यका …

#अनुसन्धान
Compare →

Related Stories

World News
Build #2612