Trending
Prev Story
Next Story

सुरुवाती झट्कापछि लयमा डिकवेला र रोहित, लुम्बिनीको ५० रन पूरा

Nagarik News •
November 17, 2026 • 01:58 PM
2
2 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को पहिलो क्वालिफायरमा १०६ रनको लक्ष्य पछ्याइरहेको लुम्बिनी लायन्सले ८.१ ओभरमा ५० रन पूरा गरेको छ।

सुरुवाती झट्कापछि लयमा डिकवेला र रोहित, लुम्बिनीको ५० रन पूरा

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को पहिलो क्वालिफायरमा १०६ रनको लक्ष्य पछ्याइरहेको लुम्बिनी लायन्सले ८.१ ओभरमा ५० रन पूरा गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा २ विकेट गुमाएर ५० रन जोडेको लुम्बिनीलाई सोझै फाइनल प्रवेशका लागि अब ७१ बलमा ५६ रन आवश्यक छ।

सुरुवाती दुई विकेट सस्तैमा गुमाएको लुम्बिनीको इनिङ्स निरोशन डिकवेला र कप्तान रोहित पौडेलले सम्हालेका छन्। आक्रामक ब्याटिङ गरिरहेका डिकवेलाले १४ बलमा ३ चौका र १ छक्कासहित २३ रन बनाएका छन् भने रोहितले २५ बलमा १ चौकाको मद्दतमा २० रन जोडेका छन्।

यसअघि लुम्बिनीले इनिङ्सको तेस्रो बलमै ओपनर डार्सी सर्टलाई शून्य रनमा गुमाएको थियो । सर्टलाई स्कट कुगेलेइनले बोल्ड गरेका थिए।

३.२ ओभरमा २४ रनको स्कोरमा अर्का ओपनर आसिफ शेख ४ रन बनाएर हेमन्त धामीको बलमा दीपेन्द्र सिंह ऐरीबाट क्याच आउट भए।

सुदूरपश्चिमका लागि कुगेलेइन र धामीले १-१ विकेट लिएका छन् ।

प्रकाशित: १ मंसिर २०८३ १९:४३ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
49m ago
सुरुवाती झट्कापछि लयमा डिकवेला र रोहित, लुम्बिनीको ५० रन पूरा

सुरुवाती झट्कापछि लयमा डिकवेला र रोहित, लुम्बिनीको ५० रन पूरा

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को पहिलो क्वालिफायरमा १०६ रनको लक्ष्य पछ्याइरहेको लुम्बिनी लायन्सले ८.१ ओभरमा ५० रन पूरा गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा २ विकेट ग...

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Onlinekhabar
1h ago
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्य

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्य

१ मंसिर, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीले कप्तानी इनिङ्स खेल्दै अर्धशतक प्रहार गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा साविक उपविजेता सुदूरपश्चिम रोएल्सले साविक विजेता लुम्बिनी लायन्सलाई १०६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित …

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Ekantipur
3h ago
फाइनलमा नजर लगाउँदै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स

फाइनलमा नजर लगाउँदै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स

शीर्ष दुई टोलीबीच हुने क्वालिफायर १ को विजेता नेपाल प्रिमियर लिगको फाइनलमा पुग्नेछ, जबकि पराजितलाई अर्को अवसर रहनेछ।

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Arthasansar
1d ago
अन्तिम खेलमा पोखरासँग पराजित भएपछि काठमाण्डू इलिमिनेटरमा

अन्तिम खेलमा पोखरासँग पराजित भएपछि काठमाण्डू इलिमिनेटरमा

कुशल भुर्तेल र युवराज सिंह सम्राको आक्रमक ब्याटिङ अनी दिनेश खरेलको शानदार बलिङमा पोखरा नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार...

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2612