Trending
Prev Story
Next Story

एमाले केन्द्रीय कमिटी बैठक एक दिन अघि सर्‍यो

Onlinekhabar •
November 17, 2026 • 11:31 AM
2
2 reads 0 reactions

१ मंसिर, काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठकलाई एक दिन अगाडि सारेको छ । एमालेको मंगलबार बसेको स्थायी कमिटिको बैठकले केन्द्रीय कमिटीको बैठकलाई एक दिन अगाडी सार्ने निर्णय गरेको हो । मंसिर ५ गतेका लागि …

एमाले केन्द्रीय कमिटी बैठक एक दिन अघि सर्‍यो

१ मंसिर, काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठकलाई एक दिन अगाडि सारेको छ ।

एमालेको मंगलबार बसेको स्थायी कमिटिको बैठकले केन्द्रीय कमिटीको बैठकलाई एक दिन अगाडी सार्ने निर्णय गरेको हो । मंसिर ५ गतेका लागि तय गरिएको केन्द्रिय कमिटीको बैठकलाई एक दिनअघि सारेर मंसिर ४ गते बोलाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

‘केन्द्रीय समितिको बैठक हामीले ५ गते राख्ने भनेको त्यसलाई ४ गते सारिएको छ,’ उनले भने ।

बैठकले मंसिर २ र ३ गतेका लागि तोकिएको राष्ट्रिय भेलामा प्रश्तुत गर्ने एजेण्डा समेत पारित गरेको छ । एमालेको राष्ट्रिय भेलामा स्थानीय निर्वाचनको तयारी मुख्य एजेण्डा बनाएको उपमहासचिव भट्टले बताए ।

राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनको तयारी र पार्टी संगठन परिचालनलाई मुख्य एजेण्डाका रूपमा अगाडी बढाउने उनले बताए । उनका अनुसार राष्ट्रिय भेलामा अध्यक्ष केपी ओलीले वर्तमान राष्ट्रिय राजनीति, भावी कार्यदिशा र पार्टीले गर्नुपर्ने कामबारे कार्यपत्र प्रश्तुत गर्नेछन् ।

त्यस्तै, वरिष्ठ नेता विद्यादेवी भण्डारीले समसामयिक राष्ट्रिय राजनीति र पार्टीका विषयमा कार्यपत्र प्रश्तुत गर्ने उनले जानकारी दिए ।

‘राष्ट्रिय भेलामा अध्यक्ष कमरेडको वर्तमान नेपालको राष्ट्रिय राजनीति, भावी कार्यदिशा र पार्टीले गर्नुपर्ने कामका विषयमा कार्यपत्र प्रश्तुत हुन्छ । त्यसैगरी समसामयिक राष्ट्रिय राजनीति र पार्टी विशेषमा वरिष्ठ नेताको कार्यपत्र प्रश्तुत हुन्छ,’ भट्टले जानकारी दिँदै भने ।

उनका अनुसार उपाध्यक्ष रामबहादुर थापाले संसदीय संघर्षसम्बन्धी कार्यपत्र र अर्का उपाध्यक्ष विष्णु पौडेलले एमालेको कार्यकालमा भएका विकास निर्माणका कामको तथ्यांकसहित विवरण प्रश्तुत गर्नेछन् ।

बैठकमा भेलाको तयारीबारे संगठन विभाग प्रमुख तथा पार्टीका केन्द्रीय सचिव भानुभक्त ढकालले जानकारी गराएको उनले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
एमाले केन्द्रीय कमिटी बैठक शुक्रबार

एमाले केन्द्रीय कमिटी बैठक शुक्रबार

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकको मिति सारिएको छ । केन्द्रीय कमिटी बैठक अब यही मंसिर ४ गते बस्ने गरी तय गरिएको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए । मंगलबार (मंसिर १) पार्टी का...

#केन्द्रीय #कमिटी #मंसिर
Compare →
Nagarik News
1d ago
राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा एमालेको स्थायी कमिटी बैठक

राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा एमालेको स्थायी कमिटी बैठक

स्थायी कमिटी बैठक मङ्सिर १ गते मंगलबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्नेगरी बोलाएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए।

#कमिटी #गते #एमा
Compare →
Ekantipur
2h ago
एमाले स्थायी कमिटीको दोस्रो बैठक  सुरु

एमाले स्थायी कमिटीको दोस्रो बैठक  सुरु

केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सुरु भएको बैठकले भोलिदेखि हुने राष्ट्रिय भेलाको तयारीका लागि प्रस्ताव तयार गर्नेछ ।

#केन्द्रीय #एमा #कमिटी
Compare →
Bizshala
3h ago
मंसिर ६ गते भारत जाँदै प्रधानमन्त्री बालेन, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता गर्ने तयारी

मंसिर ६ गते भारत जाँदै प्रधानमन्त्री बालेन, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता गर्ने तयारी

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आगामी मंसिर ६ र ७ गते भारतको दुईदिने औपचारिक भ्रमणमा जाने तयारीमा...

#मंसिर #गते
Compare →

Related Stories

Politics & Governance
Build #2612