काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकको मिति सारिएको छ । केन्द्रीय कमिटी बैठक अब यही मंसिर ४ गते बस्ने गरी तय गरिएको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
मंगलबार (मंसिर १) पार्टी कार्यालय च्यासलमा एमाले स्थायी कमिटी बैठक बसेको थियो । त्यसबाट निर्णय गरी केन्द्रीय कमिटी बैठक एक दिन अगाडि राखिएको उनले बताए । केन्द्रीय कमिटी बैठक यसअघि मंसिर ५ गते बस्ने तय थियो ।
स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )