Trending
Prev Story
Next Story

५० लाख डुबे पनि प्रेमनाथले हरेस खाएनन्, कुखुरापालनबाट वार्षिक ३५ लाख आम्दानी

Ekantipur •
November 17, 2026 • 10:32 AM
2
2 reads 0 reactions

विदेशमा कमाएको सीप स्वदेशमा लगाएका प्रेमनाथको फार्ममा दैनिक चार हजार अण्डा उत्पादन हुन्छ ।

५० लाख डुबे पनि प्रेमनाथले हरेस खाएनन्, कुखुरापालनबाट वार्षिक ३५ लाख आम्दानी

विदेशमा कमाएको सीप स्वदेशमा लगाएका प्रेमनाथको फार्ममा दैनिक चार हजार अण्डा उत्पादन हुन्छ ।

पर्सा — चार वर्ष मलेसियामा बिताए। स्वदेश फर्किएपछि आफ्नै गाउँठाउँमा केही गर्ने सोच बनाएर व्यवसाय थाले। तर, कोभिड–१९ महामारीले उनको व्यवसायमा ठूलो धक्का पुर्‍यायो। करिब ५० लाख रुपैयाँ गुमाए। त्यसपछि फेरि रोजगारीका लागि मलेसिया पुगे पनि मन अडिएन।

अन्ततः स्वदेशमै केही गर्ने अठोटका साथ फर्किएर व्यवसायलाई पुनः गति दिए। ठोरी गाउँपालिका–२ का ३८ वर्षीय प्रेमनाथ अधिकारी (रोशन) अहिले व्यावसायिक कुखुरापालनबाट राम्रो आम्दानी गरिरहेका छन्।

१२ वर्षअघि वैदेशिक रोजगारीबाट फर्किएका अधिकारीले आशिका पोल्ट्री तथा पशु फार्म सञ्चालन गरेर आफ्नो उद्यम यात्रा सुरु गरेका थिए। एसएलसी गरेपछि रोजगारीका लागि मलेसिया पुगेका उनी चार वर्षपछि स्वदेश फर्किएका थिए। विदेशमा गर्ने मिहिनेत आफ्नै ठाउँमा गर्न सके यहीँ पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सोचले उनले अण्डाको थोक व्यापार र कुखुरापालन सुरु गरेका थिए।

सुरुवाती व्यवसायले गति लिँदै गर्दा कोभिड महामारीले उनको योजनामा धक्का पुर्‍यायो। अण्डाको थोक व्यापार र सानो स्तरको कुखुरापालन व्यवसाय धराशायी भयो। व्यवसायमा लगानी गरेको करिब ५० लाख रुपैयाँ गुमाउनुपरेपछि उनी निराश बने। त्यसको डेढ वर्षपछि पुनः रोजगारीका लागि मलेसिया पुगे। तर, विदेशमा लामो समय बस्ने मन नभएपछि फेरि स्वदेशमै उद्यम गर्ने सोच पलायो। उनी पुरानै व्यवसायलाई निरन्तरता दिने अठोटसहित फर्किए।

यसपटक उनले कुखुरापालनसँगै अण्डाको थोक व्यापारलाई पनि अघि बढाए। जग्गा भाडामा लिएर र ऋण जुटाएर सुरु गरेको व्यवसाय अहिले विस्तार भएको छ। दुईवटा छुट्टाछुट्टै खोरमा ब्रोइलर र लेयर्स जातका कुखुरा पालेका छन्। उनको फार्ममा अहिले करिब ८० लाख रुपैयाँ बराबरको लगानी छ।

फार्ममा दैनिक चार हजार गोटासम्म अण्डा उत्पादन हुन्छ। उत्पादित अण्डा र कुखुरा बिक्री गर्न बजार खोज्दै हिँड्नुपर्ने अवस्था छैन। ठोरी क्षेत्रमै उनको उत्पादन खपत हुने गरेको छ। बरु मागअनुसार आपूर्ति गर्न नसक्दा बाहिरबाट समेत अण्डा र कुखुरा खरिद गरेर थोक व्यापारलाई निरन्तरता दिनुपर्ने अवस्था छ।

अधिकारीका अनुसार उनको वार्षिक आम्दानी ३० देखि ३५ लाख रुपैयाँसम्म पुग्छ। व्यवसायले गति लिएपछि अब रोजगारीका लागि विदेश जानुपर्ने अवस्था नरहेको उनी बताउँछन्। भारतबाट अण्डा आयात रोकिए आफूजस्ता स्थानीय कुखुरापालक किसानका लागि बजारको समस्या नहुने उनको बुझाइ छ।

वैदेशिक रोजगारीमा जाने र फर्किने युवाका लागि प्रेमनाथको अनुभवमा एउटा सन्देश छ— ‘विदेशमा गर्ने परिश्रम, सीप र लगानी आफ्नै माटोमा लगाउन सके स्वदेशमै पनि सम्भावना खोज्न सकिन्छ।’

स्थानीय बजारमै उत्पादन खपत हुन थालेपछि अधिकारीको व्यवसायले पछिल्ला केही वर्षयता उल्लेख्य विस्तार गरेको स्थानीय युवा व्यवसायी तथा अभियन्ता धीर सिंह बताउँछन्। सिंह भन्छन्, ‘प्रेमनाथ ठोरी क्षेत्रका युवाका लागि स्वदेशमै उद्यम गरेर पनि आर्थिक रूपमा अघि बढ्न सकिन्छ भन्ने उदाहरण बनेका छन्।’

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2d ago
दूध बेचेर वार्षिक ११ लाख आम्दानी गर्छन् इलामका महत, दुई युवालाई रोजगारी

दूध बेचेर वार्षिक ११ लाख आम्दानी गर्छन् इलामका महत, दुई युवालाई रोजगारी

इलाम- वैदेशिक रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता अन्त्य गर्दै गाउँमै आम्दानी र रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् सूर्योदय नगरपालिका-८ कजेनीका दिनेश महत। महतले गाईपालनसँगै व्यावस...

#आम्दानी #वार्षिक
Compare →
Bizshala
36m ago
आम्दानी खुम्चिदा सयपत्री हाइड्रोपावरको नाफा ४५.११% ले घट्यो, ईपीएस जम्मा २.८४ रुपैयाँ

आम्दानी खुम्चिदा सयपत्री हाइड्रोपावरको नाफा ४५.११% ले घट्यो, ईपीएस जम्मा २.८४ रुपैयाँ

काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ४५.११ प्रतिशतले घटेको छ।...

#आम्दानी
Compare →
Arthasansar
2d ago
अपर तामाकोशीको नाफामा गिरावट, विद्युत बिक्रीबाटै हुने आम्दानी करिब ४ अर्ब

अपर तामाकोशीको नाफामा गिरावट, विद्युत बिक्रीबाटै हुने आम्दानी करिब ४ अर्ब

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले नाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार...

#आम्दानी
Compare →
Onlinekhabar
2d ago
साहस ऊर्जाको नाफा २१ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी कति ?

साहस ऊर्जाको नाफा २१ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२९ कात्तिक, काठमाडौं । साहस ऊर्जाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा २१ प्रतिशत बढेको छ । पहिलो त्रैमासमा कम्पनीले ५९ करोड ९१ लाख रुपैयाँ …

#आम्दानी
Compare →
Nagarik News
1w ago
केराका बोट, आम्दानीको स्रोत

केराका बोट, आम्दानीको स्रोत

मिथिला क्षेत्रमा दीपावली पर्व केराखेती गर्ने किसानका लागि अतिरिक्त आम्दानीको अवसर बनेको छ।

#आम्दानी
Compare →

Related Stories

Business & Economy
Build #2612