काठमाडौं । यही नोभेम्बर १९ देखि कतारको दोहामा आयोजना हुने एसीसी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली कतार प्रस्थान गरेको छ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको टोली मंगलबार कतार प्रस्थान गरेको हो ।
एसिया कप राइजिङ स्टार्सका लागि नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणबाटै बाहिरिएका चार टिमबाट १० र प्लेअफ पुगेका ४ टिमबाट ५ खेलाडी समावेश गर्दै टिम घोषणा गरेको थियो ।
प्लेअफ पुगेका टिमममध्ये लुम्बिनी लायन्सबाट सन्दिप जोरा र अभिशेष गौतम, सुदूरपश्चिम रोएल्सबाट इशन पाण्डे, काठमान्डु गोर्खाजबाट रासिद खान र चितवन राइनोजबाट देव खनाल टिममा समावेश छन् ।
तर यी टिमहरु एनपीएलको प्लेअफ खेल्ने टिमका खेलाडीहरु भने एनपीएलको खेल सकिएपछि मात्र कतार जाने क्यानका सचिव पारस खड्काले जानकारी दिए ।
मंगलबार कतार जाने टिममा घोषित टिमका १० खेलाडीका साथै केही वैकल्पिक खेलाडीहरु पनि गएको सचिव खड्काले जानकारी दिए ।
‘वैकल्पिक खेलाडीहरु समावेश गरेर टिम आज कतार गएको छ । बाँकी खेलाडीहरु एनपीएलको प्लेअफका खेलहरु खेलेर जानुहुनेछ ।’ खड्काले भने, ‘उहाँहरुले सुरुवाती खेल खेल्न ध्यानुहुन्न । त्यसै पहिलो खेलका लागि टिममा ब्याक खेलाडीहरु समावेश गरेर पठाएका छौँ ।’