Trending
Prev Story
Next Story

एनपीएलको लयमा चियरलिडरको प्रस्तुति

Ekantipur •
November 16, 2026 • 04:32 PM
3
3 reads 0 reactions

चौका, छक्का, विकेट जाँदा, ड्रिंक्स ब्रेक र इनिङ्स ब्रेकमा चियरलिडरहरूले आकर्षक नृत्य प्रस्तुत गर्दै क्रिकेटमा रोमाञ्च थपिरहेका छन् ।

एनपीएलको लयमा चियरलिडरको प्रस्तुति

चौका, छक्का, विकेट जाँदा, ड्रिंक्स ब्रेक र इनिङ्स ब्रेकमा चियरलिडरहरूले आकर्षक नृत्य प्रस्तुत गर्दै क्रिकेटमा रोमाञ्च थपिरहेका छन् ।

‘मलाई क्रिकेटबारे खासै ज्ञान थिएन, एक जना खेलाडीको मात्र नाम थियो, तर अहिले चौका, छक्का, विकेट, म्याच सिनारियो सबै बुझने भएकी छु ।’

झट्ट सुन्दा यो भनाइ भर्खरै क्रिकेट हेर्न सुरु गरेका समर्थकको अनुभव होला जस्तो लाग्छ । तर यो एक चियरलिडरको प्रतिक्रिया हो ।

नेपाल प्रिमियर लिग (एनपीएल) को अहिले तेस्रो संस्करण चलिरहेको छ । आईसीसीबाट पूर्ण मान्यता पाएसँगै यसपालि टेस्ट राष्ट्रका डेविड मिलर, आन्द्रे रसेल, सेरफन रदरफोर्ड, डेविड वार्नरलगायतका खेलाडीले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आएर खेले । पहिलो पटक डीआरएसको प्रयोगले एनपीएललाई अझ बढी विश्वसनीय बनाएको छ ।

यी सबैलाई नजिकबाट नियमित कसैले नियालिरहेका छन् भने तिनीहरू चियरलिडर नै हुन् । एनपीएल सिजन–३ मा १० जना चियरलिडर छन् । जस्ले चौका, छक्का , विकेट जाँदा, ड्रिंक्स ब्रेक र इनिङ्स ब्रेकमा आफ्नो सुन्दर नृत्य प्रस्तुत गर्छन् ।

स्याबी शर्मा, मेडिकलकी विद्यार्थी हुन् । उनी मोडलिङ पनि गर्छिन् । एनपीएलका लागि चियरलिडर खोजी भएको कुरा एउटा डान्स स्टुडियोमार्फत थाहा पाइन् र छनोट पनि भइन् । उनले यसअघि बक्सिङ प्रतियोगितामा पनि चियरलिडरको रूपमा काम गरेकी थिइन् । तर एनपीएल स्याबीले पाएको अहिलेसम्मकै ठूलो प्लाटफर्म हो ।

उनी भन्छिन्, ‘क्रिकेटमा चियरलिडर भएर काम गरेकाहरूको केही रिल्स हेरेकी थिएँ, तर मेरा लागि क्रिकेट एकदमै नयाँ हो । मलाई केही पनि थाहा थिएन । कसरी गर्ने, के हुन्छ भन्ने प्रेसर थियो । तर यहाँ आइसकेपछि एनपीएलको वातावरण देखेर एकदमै खुसी लागिरहेको छ ।’ स्याबी बोलिरहँदा छेउमै रहेकी अनिशा खड्काको अनुहारमा छुट्टै चमक झल्किन्थ्यो । उनको हाउभाउले लाग्थ्यो यो कामप्रति अनिशाले मनदेखि इन्जोय गरिरहेकी छिन् ।

अनिशा पनि डान्स स्टुडियोमार्फत स्टेडियमसम्म पुगेकी हुन् । ब्याचलर पढिरहेकी अनिशा पहिलो दिन कीर्तिपुर मैदान पुग्दा एकदमै धेरै नर्भस थिइन् । ‘इन्टरनेटमा चियरलिडरको भिडियो हेरेको थिएँ, तर आफूले कस्तो गर्छु भन्ने थाहा थिएन, पहिलो पटक चियरलिडरका रूपमा क्रिकेट स्टेडियम पुग्दा एकदम धेरै नर्भस थिएँ,’ अनिशाले आफ्नो पहिलो दिनको अनुभवबारे बोलिन् । क्रिस्टिना पुडासैनीलाई चियरलिडर नेपाली हुन्छन् भन्ने नै थाहा थिएन । उनले विदेशीले मात्र चियरलिडरको काम गरेको देखेकी थिइन् । ड्रेस, भाइब्स, चियरअप गरेको देख्दा आफूलाई पनि चियरलिडर बन्न मन थियो क्रिस्टिनालाई । एनपीएलमार्फत उनी आफ्नो सपना पूरा गरिरहेकी छिन् ।

उनीहरू भन्छन्, ‘फरक पृष्ठभूमिबाट आएकाले पहिलो दिन हामी तीनै जनामा कौतूहल र डर थियो । तर जब हामी स्टेजमा चढेर नृत्य गर्न थाल्यौं, एक्कासि आत्मविश्वास महसुस भयो, हामी खुसी भयौं । क्रिकेट खेल सधैं रोमाञ्चक हुँदैन, कुनै कुनै बेला अल्छीलाग्दो पनि हुन्छ । लगातार विकेट जाँदा, ब्याटरले स्लो खेल्दा वा एकपक्षीय खेल भयो भने समर्थक निराश महसुस गर्छन् । यस्तो समयमा चियरलिडरले डेड स्टेडियममा प्राण हाल्ने काम गर्छन् ।’

१० चियरलिडरले सिफ्टमा काम गर्छन् । अहिले त उनीहरूलाई कति बेला स्टेडियम पुगौं जस्तो हुन्छ । झन् आफ्नो मनपर्ने टिम र खेलाडीको खेल भयो भने त उत्साह नै फरक । स्टेडियममा संगीत बज्नेबित्तिकै उनीहरूलाई जुरुक्क उठेर नृत्य गर्न मनलाग्छ । यो त भयो उनहरूको अनुभव ।

यसमा केही गम्भीर प्रसङ्ग पनि छन् । चियरलिडरप्रति हेर्ने हाम्रो समाजको दृष्टिकोण फराकिलो छ त ? के हामीमा त्यो चेतना छ , जसले चियरलिडरलाई सम्मानका साथ हेर्छ अनि उनीहरूको यो काम हो भन्ने बुझ्छ ? पहिलो चुनौती त परिवारबाटै सुरु हुन्छ । किनकि समाज भनेको तपाईं हामी नै हो । स्याबीलाई त्यति धेरै गाह्रो भएन परिवारलाई बुझाउन । तर समयचाहिँ खर्चिनुपर्‍यो । एनपीएलको क्रेजले पनि सहयोग गर्‍यो । स्याबी भन्छिन्, ‘त्यति धेरै बाधा भएन, समय लाग्यो तर परिवारले बुझ्नुभयो । एनपीएल ठूलो स्टेज हो भन्ने उहाँहरूलाइ थाहा थियो ।’ अनिशाले पहिलो पटक जब परिवारलाई सुनाइन् । जवाफ आयो, चियरलिडर पनि गर्ने र ? तर भाइहरूले एनपीएल ठूलो प्रतियोगिता हो भनेर साथ दिएपछि अनिशा ढुक्क भइन् अनि सबैको साथ पाइन् । क्रिस्टिनालाई पनि परिवारबाट सहयोग पाउन संघर्ष गर्नुपरेन । किनकि उनको परिवार नै एनपीएलको फ्यान । त्यसैले उनको कामलाई सहजै स्वीकारे ।

एनपीएलको चियरलिडर बन्नुभन्दा पहिले उनीहरू क्रिकेटबारे चासो राख्दैन थिए, बुझ्दैन पनि थिए । तर अहिले सबैभन्दा नजिकबाट क्रिकेट हेरिरहेका र बुझिरहेका छन् । कुन बेला बाउन्ड्री हुन्छ, विकेट जान्छ, ओभर सकिन्छ सबै ध्यानमा राख्नुपर्छ । अहिले त उनीहरूलाई धेरै खेलाडीको नाम पनि थाहा छ । उनीहरू धेरैको ड्रिम पनि बाँचिरहेका छन् । कसरी भन्ने प्रश्न पनि आउँछ होला । धेरैको सपना हो स्टेडियम जाने, आफ्ना मनपर्ने खेलाडीलाई नजिकबाट नियाल्ने । चियरलिडर आफ्नो कामसँगै स्टार खेलाडीलाई आफ्नै आँखाअगाडि देखिरहेका छन् । हरेक क्षणको साक्षी हुन पाउँछन् । उनीहरू सुनाउँछन्, ‘हामीले एक्सपोजरका साथै क्रिकेट बुझ्ने र महसुस गर्ने मौका पाइरहेका छौं । धेरैले चिन्छन, कामको अफर आइरहेको छ । हामी खुसी छौं ।’

यी सबैबीच चियरलिडरको अनुभव राम्रो मात्र छ त ? कुनै चुनौतीको सामना गर्नुपरेकै छैनन् त ? होइन, चुनौती छन् । कीर्तिपुर मैदानको चिसो हावाले काम गर्न जति कठिन बनाउन त्योभन्दा बढी केही व्यक्तिहरूको गलत प्रतिक्रिया र नियतले उनीहरूको मन पोल्छ । क्रिकेटलाई भलाद्मीको खेल भनिन्छ तर क्रिकेट हेर्न जाने सबै भलाद्मी हुँदैनन् । संकुचित सोच बोकेर जानेहरू पनि हुन्छन् । उनीहरूबाट चियरलिडरले दुर्व्यवहार पनि सामना गर्नुपर्छ ।

अनिशालाई एकजना समर्थकले आफ्नो गोप्य अंगप्रति इशारा गरेका थिए । नकारात्मक प्रतिक्रिया, भल्गर, रफ शब्द प्रयोग गर्छन् । सकेसम्म त्यस्ता गतिविधिलाई उनीहरू बेवास्ता गर्छन् । कीर्तिपुर मैदानमा सीसी टिभी जडान गरिएको छ, सुरक्षा व्यवस्था पनि राम्रो छ । केही भइहाले उजुरी गर्न भनिएको छ । उनीहरू आफैं पनि दुर्व्यवहार भयो भने सहेर बस्नु हुँदै प्रहरीसमक्ष उजुरी गर्नुपर्छ भनेर सचेत छन् ।

१२ कक्षामा पढिरहेकी क्रिस्टिना भन्छिन्, ‘यो हाम्रो काम हो, हरेक कामको सम्मान गनुपर्छ । जसरी मैदानभित्र खेलाडी खेलिरहेका छन्, त्यसरी नै हामी मैदानबाहिर आफ्नो काम गर्छौं ।’ आफ्नो परिवारका सदस्य चियरलिडर काम गरिरहँदा के त्यस्तै अपशब्द, असभ्य व्यवहार गर्दा कस्तो हुन्छ भन्ने कुरा मनन गर्न सुझाउँछिन् उनी ।

पारिश्रमिकमा भने चियरलिडर त्यति सन्तुष्ट छैनन् । ‘एनपीएल ठूलो प्रतियोगिता हो, ठूला नामका खेलाडी आइरहेका छन्, अन्तर्राष्ट्रिय स्तरमा चर्चा छ तर हामीलाई दिइने पारिश्रमिक कम नै छ,’ तीनै जनाले एकै स्वरमा सुनाए । कति पारिश्रमिक पाउँछन् त्यो भने उनीहरूले खुलाउन चाहेनन् ।

विशेष गरी दक्षिण एसियामा अझै पनि महिलाहरूलाई वस्तुको रूपमा व्याख्या गरिन्छ । बाहिरी आवरण, उनीहरूको शारीरिक बनावटलगायतमा टिप्पणी हुने गर्छ । उनीहरू भन्छन्, ‘हामी समाजलाई भन्न चाहन्छौं, कामलाई कामको रूपमा हेरौं । गर्वका साथ यो काम गरिरहेका छौं, ता कि आउने पुस्ताले हामीले जसरी सोच्न नपरोस् । स्वतन्त्रपूर्वक र सम्मानका साथ चियरलिडर बन्न सकुन् ।’

नेपालमा यसअघि भएका फ्रेन्चाइज लिगमा विदेशबाट चियरलिडर आएका थिए । विश्व क्रिकेटको चर्चित फ्रेन्चाइज इन्डियन प्रिमियर लिग आइपीएलमा पुरुष पनि चियरलिडर छन् । पछिल्लो समय त हरेक टिमका चियरलिडरले सम्बन्धित ठाउँको संस्कृति झल्कने पहिरन लगाएर नृत्य प्रस्तुत गर्दै आएका छन् । अमेरिकी फुटवल र बास्केटबलबाट चियरलिडरको अवधारणा सुरु भएको पाइन्छ । १९ औं शताब्दीमा आधिकारिक रूपमा खेलकुदमा चियरलिडर राख्न सुरु गरिएको इतिहास छ । सन् २००७ मा दक्षिण अफ्रिकामा भएको टी–२० विश्वकपमा पहिलो पटक क्रिकेटमा चियरलिडर प्रयोग गरिएको थियो ।

चियरलिडर महिला मात्र हुन्छन् भन्ने बुझाइ पनि छ । सुरुआती चरणमा चियरलिडर पुरुष मात्र हुने गर्दथे । तर चियरलिडरको विकास र लोकप्रियतासँगै १९ औं शताब्दीमा महिला पनि चियरलिडरका रूपमा प्रस्तुत हुन थालेका हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
एनपीएलको लयमा चियरलिडरको प्रस्तुति

एनपीएलको लयमा चियरलिडरको प्रस्तुति

एनपीएलको लयमा चियरलिडरको प्रस्तुति चौका, छक्का, विकेट जाँदा, ड्रिंक्स ब्रेक र इनिङ्स ब्रेकमा चियरलिडरहरूले आकर्षक नृत्य प्रस्तुत गर्दै क्रिकेटमा रोमाञ्च थपिरहेका छन् । कार्तिक ३०, २०८३ सविना कार...

#एनपीएल #ब्रेक #लयमा
Compare →
Nagarik News
1d ago
सङ्कटमा चितवन: ८९ रनमै गुमायो ७ विकेट

सङ्कटमा चितवन: ८९ रनमै गुमायो ७ विकेट

कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को २७औं खेलमा कर्णाली याक्सले दिएको १५४ रनको लक्ष्य पछ्याइरहेको चितवन राइनोज सङ्कटमा परेको छ। ताजा अवस्थामा १३.३ ओभरको समाप्तिमा चितवनले ७ विकेट गुमाएर केवल ८९ रन मात्र जोडेको छ।

#एनपीएल #विकेट
Compare →
Arthasansar
1d ago
कर्णालीले चितवनलाई दियो १५४ रनको लक्ष्य, हुसेन तलतको अर्धशतक

कर्णालीले चितवनलाई दियो १५४ रनको लक्ष्य, हुसेन तलतको अर्धशतक

नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित...

#एनपीएल #छक्का
Compare →
Onlinekhabar
7h ago
जर्ज मन्सेले सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्ने

जर्ज मन्सेले सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्ने

३० कात्तिक, काठमाडौं । स्कटल्यान्डका आक्रामक ब्याटर जर्ज मन्सेले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्। मन्सेले यसअघि दोस्रो संस्करण विराटनगर किङ्सबाट खेलेका थिए। सुदूरले उनलाई बाँकी खेलका लागि अनुबन्ध गरेको …

#एनपीएल
Compare →

Related Stories

Sports
Build #2612