Trending
Prev Story
Next Story

प्रधानमन्त्री शाह राजकीय भ्रमणमा भारत जाँदै, मोदीसँग आधा घण्टा वार्ता गर्ने

Ekantipur •
November 16, 2026 • 02:32 PM
4
4 reads 0 reactions

भ्रमणका क्रममा आर्थिक प्याकेज र हवाई रुटलगायतका विषयमा सहमति जुट्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री शाह राजकीय भ्रमणमा भारत जाँदै, मोदीसँग आधा घण्टा वार्ता गर्ने

भ्रमणका क्रममा आर्थिक प्याकेज र हवाई रुटलगायतका विषयमा सहमति जुट्ने अपेक्षा गरिएको छ ।

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ६ र ७ मा भारतको राजकीय भ्रमणमा जाने भएका छन् । भ्रमणका क्रममा नेपालले लामो समयदेखि उठाउँदै आएको भारतीय आकाश हुँदै हवाई रुट उपलब्ध गराउने विषयसहित विभिन्न मुद्दामा सहमति जुट्ने अपेक्षा गरिएको छ ।

पछिल्लो भ्रमण तालिकाअनुसार प्रधानमन्त्री शाह र उनको प्रतिनिधिमण्डल मंसिर ६ मा दिल्ली पुग्नेछन् र भ्रमण पूरा गरेर भोलिपल्ट स्वदेश फर्कनेछन् । भ्रमणबारे जानकार एक अधिकारीका अनुसार प्रतिनिधिमण्डलस्तरीय वार्तापछि शाह र मोदीबीच आधा घण्टा एक्लाएक्लै भेटवार्ता हुनेछ । त्यसपछि दुई देशका प्रतिनिधिमण्डलबीच वार्ता हुनेछ ।

यसअघि केपी शर्मा ओलीले सन् २०१६ र २०१८ मा दुईपटक भारतको राजकीय भ्रमण गरेका थिए । त्यसैगरी पुष्पकमल दाहाल र शेरबहादुर देउवाले क्रमशः सन् २०१६ र २०१७ मा एक–एकपटक राजकीय भ्रमण गरेका थिए ।

अनिल गिरी काठमाडौं पाेस्टका संवाददाता हुन् । उनी परराष्ट्र मामिलामा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
2h ago
प्रधानमन्त्रीको भारत भ्रमण : हवाई रुटमा ‘ब्रेक थ्रु’ आशा

प्रधानमन्त्रीको भारत भ्रमण : हवाई रुटमा ‘ब्रेक थ्रु’ आशा

३० कात्तिक, काठमाडौं । नेपाल र भारतबीच हवाई रुट र एयरस्पेस प्रयोग विषय दशकौंदेखि जटिल छ । अर्कातर्फ, हरेक उच्चस्तरीय भ्रमणमा यी विषय छलफलको एजेन्डा बन्छन् । तर, ठोस सहमति र कार्यान्वयन भने हुँदैन । यसले …

#भ्रमण #हवाई #भारत
Compare →
Hamro Patro News
11h ago
प्रधानमन्त्रीको आसन्न भारत भ्रमण

प्रधानमन्त्रीको आसन्न भारत भ्रमण

प्रधानमन्त्री वालेन्द्र शाह दक्षिणी छिमेकी भारतको औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्नु एक साताअघि उहाँको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एउटा टोली उत्तरी छिमेकी चीनको १० दिने ...

#भ्रमण #शाह #भारत
Compare →
Nagarik News
1h ago
२५ घण्टा भारतमा बस्दा के के गर्छन् प्रधानमन्त्री बालेनले ?

२५ घण्टा भारतमा बस्दा के के गर्छन् प्रधानमन्त्री बालेनले ?

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा दिल्ली बसाई करिब २५ घण्टा मात्रै रहने भएको छ।

#भ्रमण #भारत #घण्टा
Compare →
Bizshala
3h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमै जनकपुर–अयोध्या रेल उद्घाटन गर्ने तयारी, सातामा एकपटक सञ्चालन हुने

प्रधानमन्त्री बालेनको भारत भ्रमणमै जनकपुर–अयोध्या रेल उद्घाटन गर्ने तयारी, सातामा एकपटक सञ्चालन हुने

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणका क्रममा जनकपुर–अयोध्या रेल सेवाको उद्घाटन गर्ने...

#भ्रमण #भारत
Compare →
Arthasansar
5h ago
आईसीसीको अध्यक्षमा  दोस्रो कार्यकालका लागि जय शाह निर्विरोध नियुक्त

आईसीसीको अध्यक्षमा दोस्रो कार्यकालका लागि जय शाह निर्विरोध नियुक्त

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्ष पदमा जय शाह दोस्रो कार्यकालका लागि निर्विरोध पुनः नियुक्त भएका छन्। इन्डोनेसियाको बालीमा सम्पन्न...

#शाह
Compare →

Related Stories

World News
Build #2612