Trending
Prev Story
Next Story

सहमतिपछि खुल्यो अवरुद्ध गुलरिया–नेपालगन्ज सडक

Ekantipur •
November 16, 2026 • 01:02 PM
3
3 reads 0 reactions

लालपुरमा शनिबारको दुर्घटनामा बाँकेका बाबु-छोराको मृत्यु भएपछि उचित क्षतिपूर्तिको माग गर्दै आफन्तले सोमबार बिहानदेखि सडक अवरुद्ध गरेका थिए ।

सहमतिपछि खुल्यो अवरुद्ध गुलरिया–नेपालगन्ज सडक

लालपुरमा शनिबारको दुर्घटनामा बाँकेका बाबु-छोराको मृत्यु भएपछि उचित क्षतिपूर्तिको माग गर्दै आफन्तले सोमबार बिहानदेखि सडक अवरुद्ध गरेका थिए ।

बर्दिया — मृतक परिवार र यातायात समितिबीच सहमति जुट्दा अवरुद्ध गुलरिया–नेपालगन्ज सडक सञ्चालनमा आएको छ । दुवै पक्षबीच सहमति जुट्दा सोमबार तीन बजेपछि अवरुद्ध सडक खुलाइएको हो ।

शनिबारको दुर्घटनाको विषयलाई लिएर उचित क्षतिपूर्तिको माग गर्दै मृतकका आफन्तले लालपुरस्थित सोमबार बिहानदेखि सडक अवरुद्ध गरेका थिए । शनिबार यात्रुवाहक गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु भएको थियो ।

मोटरसाइकल चालक बाँकेको राप्तीसोनारी गाउँपालिका–५ का ३४ वर्षीय हुकुमबहादुर खत्री र मोटरसाइकलमा पछाडि सवार उनका बाबु ५५ वर्षीय दलबहादुर खत्रीको मृत्यु भएको थियो । यस्तै, गाडीमा सवार १५ जना घाइते भएका थिए ।

दुवै पक्षबीच सहमति जुटेपछि अवरुद्ध सडक सञ्चालनमा आएको डीएसपी रेशम बोहराले बताए । ‘सहमति जुटेपछि शव पोस्टमार्टमको प्रक्रियामा छ,’ उनले भने, ‘पोस्टमार्टमपछि आफन्तले आजै शव बुझ्नुहुन्छ ।’

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
इरानमा यात्रुवाहक बस दुर्घटना, मृतकको सङ्ख्या १० पुग्यो,

इरानमा यात्रुवाहक बस दुर्घटना, मृतकको सङ्ख्या १० पुग्यो,

२९ कात्तिक, तेहरान (रासस/सिन्ह्वा)। इरानको पश्चिमी प्रान्त इलाममा शनिबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ भने १८ जना घाइते भएका छन् । अर्धसरकारी समाचार संस्था फार्सका अनुसार शनिबार स्थानीय समयअनुसार साँझ ७:२५ …

#शनिबार #दुर्घटना
Compare →
Hamro Patro News
8h ago
नवलपुरमा बस दुर्घटना : घाइतेको संख्या ३३ पुग्यो, सबैको पहिचान खुल्यो

नवलपुरमा बस दुर्घटना : घाइतेको संख्या ३३ पुग्यो, सबैको पहिचान खुल्यो

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११ लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा ३३ जना घाइते भएका छन्। दुर्घटनामा घाइते हुने सबैको पहिचान खुलेक...

#दुर्घटना #खुल्यो
Compare →
Nagarik News
3d ago
सहमतिपछि आफन्तले बुझे १३ जनाको श`व, आजै अन्त्येष्टि गरिने

सहमतिपछि आफन्तले बुझे १३ जनाको श`व, आजै अन्त्येष्टि गरिने

सरकारले गठन गरेको दुर्घटना छानबिन समिति र पीडित परिवार तथा आफन्तबीच सहमति जुटेपछि आफन्तहरूले शव बुझेका छन्।

#दुर्घटना #सहमतिपछि
Compare →

Related Stories

National (Nepal)
Build #2612