Trending
Prev Story
Next Story

मुगु जिप दुर्घटना : थप एक जनाको मृत्यु, मृतकको संख्या चार पुग्यो

Ekantipur •
November 16, 2026 • 12:02 PM
4
4 reads 0 reactions

सुर्खेतबाट रारा ताल जाँदै गरेको जिप आइतबार टोप्लास्थित सडकबाट करिब ६ सय मिटर तल खस्दा सख्त घाइते भएकी एक जनाको उपचारका क्रममा सोमबार ललितपुरस्थित बीएन्डबी अस्पतालमा मृत्यु भएको हो ।

मुगु जिप दुर्घटना : थप एक जनाको मृत्यु, मृतकको संख्या चार पुग्यो

सुर्खेतबाट रारा ताल जाँदै गरेको जिप आइतबार टोप्लास्थित सडकबाट करिब ६ सय मिटर तल खस्दा सख्त घाइते भएकी एक जनाको उपचारका क्रममा सोमबार ललितपुरस्थित बीएन्डबी अस्पतालमा मृत्यु भएको हो ।

मुगु — मुगुमा भएको जिप दुर्घटनामा सख्त घाइते भएकी एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। सोमबार दिउँसो करिब १ बजे ललितपुर जिल्लाको ग्वार्कोमा रहेको बीएन्डबी अस्पतालमा अन्जु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी रविराज थापाले जानकारी दिए।

दुर्घटनामा सख्त घाइते भएकी थापालाई नेपाली सेनाको हेलिकोप्टरबाट मुगुबाट उद्धार गरी सुर्खेत ल्याइएको थियो। सुर्खेतबाट नेपाली सेनाकै स्काई ट्रकमार्फत थप उपचारका लागि ललितपुरस्थित बीएन्डबी अस्पताल पठाइएको थियो। उनको मृत्युसँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ। यसअघि दुर्घटनामा परी तीन जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए।

आइतबार सुर्खेतबाट रारा तालतर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको जिप छायाँनाथ रारा नगरपालिका–७ टोप्लास्थित सडकबाट करिब ६ सय मिटर तल खसेको थियो। दुर्घटनामा काठमाडौंको कलंकीका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको थियो। जिपमा पाँच जना सवार थिए। दुर्घटनामा चालक कञ्चन थापा र अन्जु थापा घाइते भएका थिए।

जिल्ला अस्पताल मुगुमा उपचार सम्भव नभएपछि दुवैलाई नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत उद्धार गरिएको थियो।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
49m ago
मुगु जिप दुर्घटना : थप एक जनाको मृत्यु, मृतकको संख्या चार पुग्यो

मुगु जिप दुर्घटना : थप एक जनाको मृत्यु, मृतकको संख्या चार पुग्यो

मुगु जिप दुर्घटना : थप एक जनाको मृत्यु, मृतकको संख्या चार पुग्यो सुर्खेतबाट रारा ताल जाँदै गरेको जिप आइतबार टोप्लास्थित सडकबाट करिब ६ सय मिटर तल खस्दा सख्त घाइते भएकी एक जनाको उपचारका क्रममा सोमबा...

#मुगु #मृत्यु #जिप
Compare →
Nagarik News
23h ago
काठमाडौंबाट रारा जाँदै गरेकाे जिप मुगुमा दुर्घटना, तीन जनाको मृ'त्यु

काठमाडौंबाट रारा जाँदै गरेकाे जिप मुगुमा दुर्घटना, तीन जनाको मृ'त्यु

कच्ची सडक खण्डमा सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाईलक्स जिप आइतबार दिउँसो सडकबाट अन्दाजी ६०० फिट तल खसेको थियो।

#मुगु #मृत्यु #जिप
Compare →
Onlinekhabar
1m ago
रारा जिप दुर्घटना अपडेट : थप एकको मृत्यु, मृतकको संख्या ४ पुग्यो

रारा जिप दुर्घटना अपडेट : थप एकको मृत्यु, मृतकको संख्या ४ पुग्यो

३० कात्तिक, मुगु । रारा जिप दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी ललितपुर महानगरपालिका–१५ मा बस्ने ५४ वर्षीया अञ्जु थापाको आज काठमाडौंस्थित बिएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रारा …

#मृत्यु #जिप #दुर्घटना
Compare →
Arthasansar
3h ago
बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान...

#मृत्यु #दुर्घटना #जनाको
Compare →
Bizshala
1d ago
इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

काठमाण्डौ । इरानको पश्चिमी प्रान्त इलाममा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १८ जना...

#मृत्यु #दुर्घटना #जनाको
Compare →

Related Stories

National (Nepal)
Build #2612