म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानबाट आज इजाजत नभएका चार थान भरुवा बन्दुक बरामद गरिएको छ । देवीस्थानको पन्थोकमा लुकाएर राखेको अवस्थामा भेटिएका बन्दुकलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बरामद गरेको हो ।
बरामद भएका बन्दुकलाई बेनी ल्याएर थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताउनुभयो । उहाँका अनुसार वन्यजन्तुको अवैध चोरीशिकारी र अपराध नियन्त्रणका लागि सञ्चालित ‘ब्राबोसेरा’ अभियानअन्तर्गत खोजी गरी बन्दुक बरामद गरिएको हो । गत मङ्सिर १५ गतेदेखि सुरु भएको ‘ब्राबोसेरा’ अभियानमार्फत हालसम्म १६५ थान इजाजत नभएका बन्दुक बरामद भएको छ ।
Read full story at source ( gorkhapatraonline.com )