Trending
Prev Story
Next Story

बैतडीमा भरुवा बन्दुकसहित एकजना पक्राउ

Ekantipur •
November 15, 2026 • 07:32 AM
3
3 reads 0 reactions

दोगडाकेदार गाउँपालिका–३ का लोकेश ऐरीको घरमा खानतलासी गर्दा बन्दुक भेटिएपछि पक्राउ गरेको हो।

बैतडीमा भरुवा बन्दुकसहित एकजना पक्राउ

दोगडाकेदार गाउँपालिका–३ का लोकेश ऐरीको घरमा खानतलासी गर्दा बन्दुक भेटिएपछि पक्राउ गरेको हो।

बैतडी — बैतडीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–३ चमडियाका २७ वर्षीय लोकेश ऐरी पक्राउ परेका हुन् ।

ऐरीले आफ्नै घरमा भरुवा बन्दुक लुकाइछिपाइ राखेको भन्ने विशेष सूचनाका आधारमा शनिबार अस्थायी प्रहरी पोस्ट सतबाँजबाट खटिएको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो । उनको घरमा खानतलासी गर्दा लुकाइराखेको अवस्थामा भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ऐरीमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि शुक्रबार राति सशस्त्र प्रहरीले दशरथचन्द नगरपालिका–९ स्थित ग्वाल्लेक सामुदायिक वन क्षेत्रबाट बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक बरामद गरेको थियो ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
बेवारिसे अवस्थामा भरुवा बन्दुक र छर्रा बरामद

बेवारिसे अवस्थामा भरुवा बन्दुक र छर्रा बरामद

भोजपुर । भोजपुरको आमचोक गाउँपालिका–९ बोखिमटरस्थित दूधकोशी सामुदायिक वनमा बेवारिसे अवस्थामा भरुवा बन्दुक र छर्रा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय भोजपुरद्वारा जारी प्रेस विज्ञप्तिअनुसार बुधबा...

#भरुवा #बन्दुक
Compare →
Nagarik News
1w ago
बराहतालमा भेटिए १४ थान अवैध भरुवा बन्दुक

बराहतालमा भेटिए १४ थान अवैध भरुवा बन्दुक

सुर्खेत पश्चिममा अवस्थित बराहताल गाउँपालिकाको ५ र ७ वडाका जङ्गलमा १४ थान अवैध भरुवा बन्दुक फेला पारिएको छ।

#भरुवा #बन्दुक
Compare →
Onlinekhabar
4d ago
सामुदायिक बनमा भेटियो भरुवा बन्दुक

सामुदायिक बनमा भेटियो भरुवा बन्दुक

२४ कात्तिक, डोल्पा । काइके गाउँपालिका-४ गयास्थित सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक १ थान सोमबार साँझ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस …

#बन्दुक #भरुवा
Compare →

Related Stories

Technology
Build #2612