Trending
Prev Story
Next Story

लगातार चार हारपछि कर्णालीलाई सान्त्वना जित: ‘फ्लप’ कप्तान डेभिड मिलरको साख हुसेनले बचाए

Nagarik News •
November 15, 2026 • 10:34 AM
4
4 reads 0 reactions

कप्तान डेभिड मिलर भित्रिएपछि लगातार चार खेल गुमाएर नेपाल प्रिमियर लिग (एनपिएल) बाट बाहिरिएको कर्णाली याक्सले आफ्नो अन्तिम लिग खेलमा सान्त्वना जित निकालेको छ।

लगातार चार हारपछि कर्णालीलाई सान्त्वना जित: ‘फ्लप’ कप्तान डेभिड मिलरको साख हुसेनले बचाए

कप्तान डेभिड मिलर भित्रिएपछि लगातार चार खेल गुमाएर नेपाल प्रिमियर लिग (एनपिएल) बाट बाहिरिएको कर्णाली याक्सले आफ्नो अन्तिम लिग खेलमा सान्त्वना जित निकालेको छ।

कीर्तिपुरमा आइतबार सम्पन्न खेलमा कर्णालीले चितवन राइनोजलाई २४ रनले पराजित गर्‍यो।

ठुलो अपेक्षासहित कर्णालीमा आबद्ध भएका कप्तान मिलर लिगको अन्तिम खेलमा पनि ब्याटिङमा पूरै ‘फ्लप’ साबित भए। चौथो नम्बरमा ब्याटिङ गर्न आएका मिलर ८ बलमा एक चौकासमेत प्रहार नगरी ५ रनमै उसामा मिरको बलमा कुशल मल्लबाट क्याचआउट भए।

मिलर टोलीमा आएपछि काठमाडौं, सुदूरपश्चिम, पोखरा र लुम्बिनीविरुद्ध लगातार चार हार बेहोरेको कर्णालीको साख अन्तिम खेलमा भने हुसेन तलातको अलराउन्ड प्रदर्शनले जोगायो।

कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमै अलआउट भयो। जितसँगै कर्णालीले ७ खेलबाट ६ अङ्क जोडे पनि चौथो स्थानमा रहेको चितवनको ७ अङ्क रहेकाले कर्णालीको जित केवल औपचारिकता र सान्त्वनामै सीमित बन्यो।

लक्ष्य पछ्याउने क्रममा चितवनले सुरुवातदेखि नै नियमित विकेट गुमाएको थियो। कामिल मिशाराले २५, कुशल मल्लले १८ र देव खनालले १४ रन जोडे पनि कप्तान सिकन्दर राजा २, विवेक यादव ६, ड्यान माउसली ८ र सलाहुद्दिन खान ७ रनमै आउट हुँदा चितवन ८९-७ को सङ्कटमा पर्‍यो।

अन्त्यतिर उसामा मिरले अविजित २८ र अशोक धामीले ११ रन जोडेर सङ्घर्ष गरे पनि टिमलाई जित दिलाउन सकेनन्। कमल ऐरी र रिजन ढकाल समान १-१ रनमा आउट भए।

चितवनको इनिङ्स ध्वस्त पार्न कर्णालीका हुसेन तलातले ३.१ ओभरमा १७ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। यस्तै, पवन सर्राफले ४ ओभरमा १९ रन तथा मार्क वाटले ४ ओभरमा ३४ रन दिएर समान २-२ विकेट हात पारे भने सोमपाल कामीले १ विकेट लिए।

ब्याटिङमा निराश पारेका मिलरले फिल्डिङमा भने २ क्याच लिए।

यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको थियो। अरिफुल इस्लामले १५ बलमा ४ चौका र २ छक्कासहित ३५ रनको आक्रामक सुरुवात दिलाए पनि मध्यक्रम धर्मराएको थियो।

सचिन शर्मा शून्य, दीपक डुम्रे ७, कप्तान मिलर ५, पवन सर्राफ १५, सोमपाल कामी ४ र मार्क वाट ६ रनमा आउट भएपछि कर्णाली १२.२ ओभरमा ८०-६ को नाजुक अवस्थामा पुगेको थियो।

सङ्कटमा परेको कर्णालीलाई हुसेन तलातले ३३ बलमा २ चौका र ३ छक्कासहित अविजित ५१ रनको अर्धशतकीय इनिङ्स खेल्दै उकासे।

उनलाई गुलशन झाले ६ बलमा १८ रन तथा नन्दन यादवले अविजित २ रन बनाएर साथ दिए। बलिङतर्फ चितवनका कमल ऐरी, सलाहुद्दिन खान र उसामा मिरले समान २-२ विकेट लिए भने सिकन्दर राजा र रिजन ढकालले १-१ विकेट हात पारे।

लिगको सुरुवाती दुई खेलमा अक्टोबर २७ मा जनकपुर बोल्ट्सलाई १९ रन र अक्टोबर २९ मा विराटनगर किङ्सलाई ४ विकेटले हराएको कर्णालीले मिलरको आगमनपछि लय गुमाएको थियो।

त्यसयता नोभेम्बर २ मा काठमाडौंसँग ४ विकेट, नोभेम्बर ६ मा सुदूरपश्चिमसँग ३९ रन, नोभेम्बर ९ मा पोखरासँग ६३ रन र नोभेम्बर १२ मा लुम्बिनीसँग ४ विकेटले पराजित भएपछि कर्णालीको प्लेअफ यात्रा समाप्त भएको थियो।

प्रकाशित: २९ कार्तिक २०८३ १६:१९ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
35m ago
हुसेन तलतको ब्याट र बल दुवैमा कमाल, चितवनलाई २४ रनले हराउँदै कर्णालीको विजयी बिदाइ

हुसेन तलतको ब्याट र बल दुवैमा कमाल, चितवनलाई २४ रनले हराउँदै कर्णालीको विजयी बिदाइ

काठमाण्डौ । पाकिस्तानका अलराउन्डर हुसेन तलतको उत्कृष्ट प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा...

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →
Arthasansar
1h ago
कर्णालीले चितवनलाई हरायो, हुसेन तलतको अलराउण्ड प्रदर्शन

कर्णालीले चितवनलाई हरायो, हुसेन तलतको अलराउण्ड प्रदर्शन

हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णालील याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार भएको खेलमा चितवन राइनोजलाई २४ रनले पराजित गरेको...

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →
Ekantipur
1h ago
एनपीएल: कर्णालीको सान्त्वना जितपछि चितवन चौथो स्थानमा

एनपीएल: कर्णालीको सान्त्वना जितपछि चितवन चौथो स्थानमा

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको आफ्नो अन्तिम खेलमा आइतबार चितवन राइनाेजलाई २४ रनले हराएको छ ।

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →
Onlinekhabar
1h ago
हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णालीले चितवनलाई हरायो

हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णालीले चितवनलाई हरायो

२९ कात्तिक, काठमाडौं । हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णालील याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार भएको खेलमा चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ । यसअघि नै प्लेअफ होडबाट बाहिरिएको कर्णालीले लिग चरणको अन्तिम खेल …

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →
Hamro Patro News
42m ago
एनपीएल तेस्रो संस्करण: चितवनमाथि कर्णालीको २४ रनको जीत

एनपीएल तेस्रो संस्करण: चितवनमाथि कर्णालीको २४ रनको जीत

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आइतबार भएको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले हराएको छ । प्ले–अफ पुगिसकेको चितवन लिग चरणको अन्तिम खेलमा कर्णालीसँग पराजित...

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →

Related Stories

Sports
Build #2612