Trending
Prev Story
Next Story

‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता, प्रथम हुनेलाई ५० हजार पुरस्कार

Ekantipur •
November 15, 2026 • 10:02 AM
4
4 reads 0 reactions

प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालयको ६ देखि १२ कक्षासम्म अध्ययनरत बालबालिकाले भाग लिन पाउने छन् ।

‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता, प्रथम हुनेलाई ५० हजार पुरस्कार

प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालयको ६ देखि १२ कक्षासम्म अध्ययनरत बालबालिकाले भाग लिन पाउने छन् ।

काठमाडौं — काठमाडौं महानगरपालिकाले ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो (श्रव्यदृश्य) प्रतियोगिता आयोजना गरेको छ । महानगरले आइतबार सूचना जारी गरी ‘काठमाडौँ जलवायु कार्य सप्ताह–२०८३’  अन्तर्गत विद्यालय उमेरका बालबालिकालाई लक्षित गरी ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा १ मिनेटसम्मको भिडियो प्रतियोगिता आयोजना गरेको हो ।

जलवायु परिवर्तनले पारिरहेको विश्वव्यापी असर घटाउन समुदायस्तरमा गर्न सकिने प्रयासको प्रर्वद्धन तथा क्षति न्यूनीकरणका लागि व्यक्ति र समुदायको जिम्मेवारी प्रर्वद्धन गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको महानगरले जनाएको छ ।

महानगरपालिकाले विभिन्न साझेदार संस्थाको सहकार्यमा ७ देखि १३  मंसिरसम्म विभिन्न कार्यक्रमसहित ‘काठमाडौं जलवायु कार्य सप्ताह’ आयोजना गर्न लागेको हो । उक्त प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा ६ देखि १२ सम्म अध्ययनरत बालबालिकाले भाग लिन पाउने जनाइएको छ ।

प्रतियोगितामा प्रथम हुनेले ५० हजार नगद, दोस्रो हुनेले ३० हजार, तेस्रो हुनेले २० हजार रुपैयाँ  र ७ जनालाई सान्त्वना पुरस्कारस्वरुप जनही १० हजार रुपैयाँ प्रदान गरिने महानगरले जनाएको छ । महानगरले उक्त प्रतियोगितामा भाग लिन सम्पूर्ण विद्यार्थीलाई आह्वान गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यसम्बन्धी सम्झौता

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह ग्यास उत्सर्जन घटाउने उद्देश्यले जलवायु परिवर्तनसम्बन्धी सहकार्यको रूपरेखा सम्झौतामा हस्ताक्षर भएको छ...

#जलवायु #काठमाडौं
Compare →
Onlinekhabar
1h ago
जलवायु वित्तसम्बन्धी कार्यक्रममा सहभागी भई अर्थमन्त्री स्वदेश फिर्ता

जलवायु वित्तसम्बन्धी कार्यक्रममा सहभागी भई अर्थमन्त्री स्वदेश फिर्ता

२९ कात्तिक, काठमाडौं । तुर्किएमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औं सम्मेलनमा सहभागी भई अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन् । उनले ४४ अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौं …

#जलवायु
Compare →
Nagarik News
3h ago
जलवायु वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रममा सहभागी भई अर्थमन्त्री स्वदेश फिर्ता

जलवायु वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रममा सहभागी भई अर्थमन्त्री स्वदेश फिर्ता

३१औँ सम्मेलन (कोप ३१) मा करिब एक दर्जन कार्यक्रमहरूमा सहभागी भई अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन्।

#जलवायु
Compare →

Related Stories

Science & Climate
Build #2612