Trending
Prev Story
Next Story

अस्ट्रेलियाका जलवायुमन्त्रीसँग मन्त्री चौधरीको भेट, हिमालका मुद्दा बेवास्ता नगर्न आग्रह

Nagarik News •
November 15, 2026 • 03:27 AM
3
3 reads 0 reactions

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले अस्ट्रेलियाका जलवायु परिवर्तन तथा ऊर्जामन्त्री क्रिस बोवेनसँगको भेटमा हिमाली मुद्दालाई बेवास्ता नगर्न आग्रह गरेकी छन्।

अस्ट्रेलियाका जलवायुमन्त्रीसँग मन्त्री चौधरीको भेट, हिमालका मुद्दा बेवास्ता नगर्न आग्रह

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले अस्ट्रेलियाका जलवायु परिवर्तन तथा ऊर्जामन्त्री क्रिस बोवेनसँगको भेटमा हिमाली मुद्दालाई बेवास्ता नगर्न आग्रह गरेकी छन्।

टर्कीको अन्टाल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व १४ नोभेम्बरदेखि सम्हालेकी मन्त्री चौधरीले नेपालको जलवायु प्राथमिकताका विषयमा अस्ट्रेलियाका मन्त्रीसँग औपचारिक छलफल गरेकी हुन्।

भेटका क्रममा उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका चुनौतीलाई कोपको छलफल तथा निर्णय प्रक्रियामा उचित प्राथमिकता दिनुपर्ने बताएकी छन्। कोपमा विभिन्न जलवायु मुद्दामाथि छलफल भइरहँदा माउन्टेन एजेन्डा ओझेलमा पर्न नहुने उनको भनाइ थियो।

मन्त्री चौधरीले नेपाल, किर्गिस्तान र भुटानको सहकार्यमा हिमाली मुद्दालाई प्राथमिकता दिनुपर्ने धारणा राखेकी छन्। यस विषयलाई निष्कर्षमा पुर्‍याउन निरन्तर संवाद र सहकार्य गर्न पनि उनले आग्रह गरिन्।

उनले हिमालसम्बन्धी विषयलाई कोप–३१ को अन्तिम दस्तावेज तथा मस्यौदामा समावेश गर्नुपर्नेमा जोड दिइन्।

त्यस्तै, महासागरसम्बन्धी मुद्दालाई पनि कोपको छलफलमा थप महत्त्व दिनुपर्ने उनको भनाइ थियो।

मन्त्री चौधरीले उठाएका यी विषयमा कोप अध्यक्षले सकारात्मक प्रतिक्रिया दिँदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित: २९ कार्तिक २०८३ ०९:१२ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
15h ago
जलवायु वार्तामा आदिवासीका मुद्दा प्राथमिकताका साथ उठाउने मन्त्री चौधरीको प्रतिबद्धता

जलवायु वार्तामा आदिवासीका मुद्दा प्राथमिकताका साथ उठाउने मन्त्री चौधरीको प्रतिबद्धता

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट प्रभावित आदिवासी जनजाति समुदायका अधिकार, पहिचान, संस्कृति र पुर्ख्यौली थातथलोको संरक्षणका मुद्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा सश...

#जलवायु #चौधरी #मुद्दा
Compare →
Ekantipur
1d ago
कोप–३१ मा हिमाली मुद्दा स्थापित गर्न नेपाल र भुटानको अन्तिम कूटनीतिक प्रयास

कोप–३१ मा हिमाली मुद्दा स्थापित गर्न नेपाल र भुटानको अन्तिम कूटनीतिक प्रयास

कोप–३१ को निष्कर्ष दस्तावेजमा हिमाली मुलुकका विशिष्ट जोखिम र चुनौती समेट्न नेपाल र भुटानले कूटनीतिक पहल तीव्र पारेका छन् । दुवै देशले हिमालका लागि छुट्टै कार्ययोजना र जलवायु अनुकूलनका लागि थप वित्तीय सहायता माग गरेका छन् ।

#जलवायु #हिमाल #मुद्दा
Compare →
Bizshala
1d ago
कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

काठमाण्डौ । जलवायु परिवर्तनको सबैभन्दा बढी मार खेपिरहेका मुलुकमध्ये एक नेपालले अन्तर्राष्ट्रिय जलवायु सम्मेलन...

#जलवायु #हिमाल #मुद्दा
Compare →
Onlinekhabar
19h ago
स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, भने- कोप–३१ मा नेपालको हिमाली एजेन्डा स्थापित गर्न प्रयास गर्‍यौं

स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, भने- कोप–३१ मा नेपालको हिमाली एजेन्डा स्थापित गर्न प्रयास गर्‍यौं

२८ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किएका छन् । तुर्कीएको अन्ताल्यामा जारी सम्मेलनमा सहभागी हुन गत साता …

#जलवायु #हिमाल
Compare →

Related Stories

Science & Climate
Build #2612