चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा खोटाङमा सवारी नियम उलङ्घन गर्ने सवारी साधन कारबाहीबाट ११ लाख बढी राजश्व संकलन भएको छ ।
खोटाङ — चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा खोटाङमा सवारी नियम उलङ्घन गर्ने सवारी साधन कारबाहीबाट ११ लाख बढी राजश्व संकलन भएको छ । साउन, भदौ र असोज महिनामा सवारी नियम उलङ्घन गर्ने एक हजार ४४ सवारी साधन कारबाहीबाट बाट ११ लाख ४५ हजार राजश्व सङ्कलन भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार यो ती महिनमा सवारी नियम उलङ्घन गर्ने ट्रकबाट एक लाख तीन हजार पाँच सय, बसबाट ६४ हजार, जिप/कारबाट ४ लाख ९३ हजार पााच सय, ट्याक्टरबाट ३४ हजार पाँच सय, मोटरसाइकलबाट ४ लाख २१ हजार पाँच सय, टेम्पोबाट २४ हजार पाँच सय र अन्यबाट तीन हजार पाँच सय रूपैयाँ राजश्व सङ्कलन भएको हो ।
यो अवधिमा ट्रक ९३ वटा, बस ५२ वटा, जिप/कार ४ सय ३० वटा, ट्याक्टर ३५ वटा, मोटरसाइकल ४ सय २ वटा, टेम्पो २८ वटा र अन्य ४ वटा सवारी साधन कारबाहीमा परेको बस्नेतले सुनाएका छन् ।
गत आर्थिक वर्ष २०८२/८३ मा दुई हजार एक सय २५ सवारी साधनले सवारी नियम उलङ्घन गर्दा २२ लाख ४८ हजार पाँच सय रूपैयाँ राजश्व सङ्कलन भएको बस्नेतले जनाएका छन् । ‘चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा सवारी नियम उलङ्घन गर्ने एक हजार ४४ वटा सवारी साधनलाई कारबाही गर्दा ११ लाख ४४ हजार राजश्व सङ्कलन भएको छ,’ बस्नेतले भने, ‘गत आर्थिक वर्ष २०८२/८३ मा दुई हजार एक सय २५ सवारी साधनबाट २२ लाख ४८ हजार राजश्व उठेको थियो ।’
डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।