काठमाडौँ । गायक सन्जय श्रेष्ठले चलचित्र ‘ककाकिकी’को प्रचारका लागि गरिएको कलाकार पक्राउको नाटकप्रति कडा आक्रोश व्यक्त गरेका छन् । चर्चा बटुल्न र दर्शकको ध्यान तान्न अपनाइएको उक्त प्रचार शैलीको आलोचना गर्दै उनले यस्ता हर्कतले चलचित्र प्रति नै दर्शकमा घृणा पैदा गर्ने टिप्पणी गरेका हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘यस्तै यस्तै निचताको पराकाष्ठा नाघ्ने हर्कत र गोबरलाइ सुन बनाउन खोज्ने तिमिहरूको नौटङ्कीले तिमिहरूको सिनेमाप्रति दर्शकको घृणा उत्पन्न हुन्छ...अनि चल्दैन ।’
Read full story at source ( ratopati.com )