Trending
Prev Story
Next Story

सुनिल थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’ मसिंर ४ देखि

Nagarik News •
November 14, 2026 • 07:05 AM
2
2 reads 0 reactions

यो वरिष्ठ अभिनेता सुनिल थापाको अन्तिम चलचित्र हो। ट्रेलरमा उनलाई फरक र नकारात्मक भूमिकामा देखाइएको छ।

सुनिल थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’ मसिंर ४ देखि

आगामी मसिंर ४ गतेदेखि प्रदर्शनको तयारी रहेको चलचित्र ‘हिमालयन गोल्ड’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ। निर्देशक धीराज राजवंशीको डेब्यू निर्देशनमा निर्माण भएको चलचित्रको टिमले शुक्रबार करिब दुई मिनेटको दोस्रो ट्रेलर सार्वजनिक गरेको हो।

ट्रेलरले हिमाली भेगमा यार्सागुम्बा संकलनका क्रममा हुने संघर्ष, लुटपाट, विश्वासघात र बदलाको कथा प्रस्तुत गरेको छ। सार्वजनिक ट्रेलरमा हिमाली क्षेत्रको सुन्दरता र त्यहाँको कठिन जीवनशैलीसँगै यार्सागुम्बा संकलनका लागि पुग्ने सर्वसाधारणले भोग्नुपर्ने जोखिमलाई देखाइएको छ।

रिलिजमा एक हप्ता मात्र बाँकी हुँदा दोस्रो ट्रेलर ल्याएर टोलीले दर्शकको उत्सुकता बढाउन खोजेको छ। जसमा लुटेराको समूहसँग भेट भएपछि उनले आफूलाई कसरी जोगाउलिन् भन्ने कथा ट्रेलरले देखाएको छ । नेपालको इतिहास, संस्कृति र मौलिक पहिचानलाई विश्वमाझ चिनाउने उद्देश्यसहित निर्माण गरिएको यस चलचित्रले सर्भाइभल कथामार्फत दर्शकलाई फरक स्वाद दिने अपेक्षा निर्माण टिमले गरेको छ।

यो वरिष्ठ अभिनेता सुनिल थापाको अन्तिम चलचित्र हो। ट्रेलरमा उनलाई फरक र नकारात्मक भूमिकामा देखाइएको छ। त्यस्तै, चलचित्रमा कर्मा शाक्यलगायतका कलाकार पनि फरक चरित्रमा प्रस्तुत भएका छन्। मेनुका प्रधान, राहुल एन। मुखिया, अङ्कित खड्का, सुनिल तामाङ, तेन्जिङ ठकुरी, सविता अधिकारी र ऋषिकेश बस्यालको पनि अभिनय रहेको छ।

निर्देशक राजवंशीका अनुसार थापाको अन्तिम अभिनयलाई नेपाल र भारतका दर्शकसम्म पुर्‍याउनु उनको योगदानप्रति उचित श्रद्धाञ्जली हुनेछ।

चलचित्रमा सुनिल, कर्मा र परीक्षाका साथै राहुल एन. मुखिया, सजन थापा र मेनुका प्रधानको मुख्य  अभिनय रहेको छ। अंकित खड्का, सुनिल तामाङ, सेवित्ता अधिकारी, ऋषिकेश बस्याल, तेन्जिङ ठकुरी र छेरिङ गोन्पोको पनि अभिनय छ।

प्रकाशित: २८ कार्तिक २०८३ १२:५० शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मंसिर पहिलो सातादेखि सञ्चालनमा ल्याउने तयारी

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मंसिर पहिलो सातादेखि सञ्चालनमा ल्याउने तयारी

२७ कात्तिक, जनकपुरधाम । डेढ दशकदेखि रुग्न हुलाकी सडक अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । पुल निर्माण तथा मर्मत सकेर एक्सपान्सन जोड्ने काम अन्तिम चरणमा पुगेको हुलाकी …

#अन्तिम #देखि
Compare →
Hamro Patro News
2d ago
सोनिया गान्धीको आत्मकथामा आधारित चलचित्र बन्ने

सोनिया गान्धीको आत्मकथामा आधारित चलचित्र बन्ने

भारतीय राष्ट्रिय कांग्रेसकी वरिष्ठ नेतृ सोनिया गान्धीको आत्मकथा ‘बिलन्गिङ : अ जर्नी अफ लभ’ मा आधारित रहेर तेलुगु भाषाको चलचित्र निर्माण हुने भएको छ। तेलङ्गाना प्रदेश कांग्रेस कमिटी (टीपीसीसी) का क...

#चलचित्र
Compare →
Ekantipur
2d ago
भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

हृदयविदारक दुर्घटनामा १० जनाको दुःखद निधन भएको खबरले स्तब्ध एवं अत्यन्तै मर्माहत बनाएको उनले उल्लेख गरेका छन् ।

#थापा
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612