Trending
Prev Story
Next Story

पर्यटकले भरिभराउ लुक्ला, टिकट पाउनै मुस्किल

Ekantipur •
November 13, 2026 • 03:32 AM
4
4 reads 0 reactions

विमानस्थलमा बिहानैदेखि काठमाडौं जाने र काठमाडौं हुँदै लुक्ला आउने पर्यटकको भीड देखिन्छ। सीमित उडान र यात्रुको अत्यधिक चापका कारण पर्यटकहरू आफ्नो उडानको पालो कुरिरहेका छन्।

पर्यटकले भरिभराउ लुक्ला, टिकट पाउनै मुस्किल

विमानस्थलमा बिहानैदेखि काठमाडौं जाने र काठमाडौं हुँदै लुक्ला आउने पर्यटकको भीड देखिन्छ। सीमित उडान र यात्रुको अत्यधिक चापका कारण पर्यटकहरू आफ्नो उडानको पालो कुरिरहेका छन्।

सोलुखुम्बु — पर्यटकीय याम सुरु भएसँगै सगरमाथा आधार शिविर (एभरेस्ट बेस क्याम्प) जाने पर्यटकको चहलपहल लुक्लामा बढेको छ। विभिन्न देशबाट आएका पर्यटकले तेन्जिङ हिलारी विमानस्थल खचाखच भरिएको छ। काठमाडौं आउजाउ गर्ने हवाई यात्रुको चाप बढ्दा टिकट पाउनसमेत मुस्किल हुन थालेको छ।

विमानस्थलमा बिहानैदेखि काठमाडौं जाने र काठमाडौं हुँदै लुक्ला आउने पर्यटकको भीड देखिन्छ। सीमित उडान र यात्रुको अत्यधिक चापका कारण पर्यटकहरू आफ्नो उडानको पालो कुरिरहेका छन्।

टिकट नपाउँदा कतिपय पर्यटकले लामो समय विमानस्थलमै प्रतीक्षा गर्नुपर्ने अवस्था छ। अहिले सगरमाथा आधार शिविर, गोक्यो र आसपासका हिमाली क्षेत्रमा पदयात्राका लागि विदेशी पर्यटक आउने क्रम बढेको हो।

लुक्ला सगरमाथा क्षेत्रको पदयात्राको प्रमुख प्रवेशद्वार हो। यहाँबाट पर्यटकहरू नाम्चे बजार हुँदै सगरमाथा आधार शिविर, कालापत्थर र गोक्यो उपत्यकासम्म पुग्छन्। विभिन्न देशबाट आउने पर्यटकको संख्या उल्लेख्य रहेको समिट एयरका लुक्लास्थित प्रमुख लाक्पा काजी शेर्पाले बताए। अहिलेको मुख्य पर्यटकीय आकर्षण सगरमाथा आधार शिविरको पदयात्रा नै रहेको उनको भनाइ छ।

लुक्लाबाट तारा एयर, समिट एयर र सीता एयर गरी तीनवटा वायुसेवा कम्पनीले नियमित उडान गर्दै आएका छन्। पर्यटकीय सिजनमा जहाज र हेलिकोप्टर दुवैको चाप बढ्ने गरेको छ। सिजनमा जहाज र हेलिकोप्टर गरी दैनिक औसत करिब चार सय उडान हुने गरेको लुक्ला विमानस्थलका निमित्त प्रमुख नवराज कटुवालले बताए।

विमानस्थलमा नियमित हवाई सेवासँगै हेलिकोप्टर कम्पनीको गतिविधिसमेत बाक्लिएको छ। कैलाश हेलिकोप्टर सर्भिस, सिम्रिक एयर, हाइ अल्टिच्युड, हेली एभरेस्ट, माउन्टेन हेली र प्रभु हेली लगायतका हेलिकोप्टर लुक्लामा नियमित सेवा दिँदै आएका छन्। ती हेलिकोप्टर पर्यटकलाई खुम्बु क्षेत्रका विभिन्न पर्यटकीय गन्तव्यमा पुर्‍याउन तथा हिमाली क्षेत्रको अवलोकनका लागि तयारी अवस्थामा रहने गर्छन्। मौसम र मागअनुसार लुक्लाबाट नाम्चे, सगरमाथा आधार शिविर आसपास तथा अन्य हिमाली गन्तव्यमा उडान हुने गरेको छ।

पर्यटकको चाप विमानस्थलमा मात्र सीमित छैन। लुक्ला बजारका होटल, रेस्टुरेन्ट तथा अन्य पर्यटन व्यवसायसमेत व्यस्त छन्। पर्यटकको आगमन बढेसँगै होटल व्यवसायीलाई पाहुनाको व्यवस्थापन गर्न भ्याइनभ्याइ भएको छ। पदयात्रीको चहलपहलले होटल व्यवसाय, गाइड, भरिया, पोर्टर र स्थानीय उत्पादनको व्यापारलाई समेत चलायमान बनाएको छ। सगरमाथा क्षेत्रको पर्यटन स्थानीय अर्थतन्त्रको प्रमुख आधार हो। पर्यटकीय याममा विदेशी पर्यटकको आगमनले स्थानीय बासिन्दाका लागि रोजगारी र आम्दानीको अवसर सिर्जना गर्दै आएको छ। हिमालको काखमा रहेको लुक्ला यतिबेला सगरमाथा क्षेत्रको पर्यटन गतिविधिको प्रमुख केन्द्र बनेको छ ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
7h ago
अमेरिकाका सबै विमानस्थलमा उडान रोक, ७ हजार उडान प्रभावित

अमेरिकाका सबै विमानस्थलमा उडान रोक, ७ हजार उडान प्रभावित

काठमाडौँ / अमेरिकाका सबै विमानस्थलमा हवाई उडान अस्थायी रूपमा रोकिएको छ । एयर रुट ट्राफिक कन्ट्रोल सेन्टरहरूमा दूरसञ्चार सेवा अवरुद्ध भएपछि अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)ले शुक्रबार देशभरका विम...

#काठमाडौं #उडान #विमानस्थल
Compare →
Nagarik News
7h ago
घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

तिहार र छठको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ पर्यटकले भरिभराउ भएका छन्।

#पर्यटक #पाउनै #मुस्किल
Compare →
Bizshala
2h ago
अमेरिकामा ५ हजार ३०० उडान रद्द हुँदा हजारौँ यात्रु अलपत्र

अमेरिकामा ५ हजार ३०० उडान रद्द हुँदा हजारौँ यात्रु अलपत्र

काठमाण्डौ । हवाई यातायात नियन्त्रण केन्द्रहरूको सञ्चार प्रणालीमा समस्या आएपछि अमेरिकाले शुक्रबार देशभरका विमानस्थलबाट उडान भर्न रोक लगायो। चार घण्टाभन्दा बढी समयपछि रोक हट्यो र सीमित उडान सुरु भए। तर हजारौँ उडान रद्द वा ढिला हुँदा नयाँ टिकट र वैकल्पिक उडान खोजिरहेका हजारौँ यात्रु विमानस्थलमै अड्किए।

#उडान #विमानस्थल
Compare →
Arthasansar
8h ago
अमेरिकाको हवाई सेवा अस्तव्यस्त, देशभरका २२ ट्राफिक कन्ट्रोल सेन्टरमा सञ्चार समस्या

अमेरिकाको हवाई सेवा अस्तव्यस्त, देशभरका २२ ट्राफिक कन्ट्रोल सेन्टरमा सञ्चार समस्या

अमेरिकाभरका विमानस्थलबाट हुने उडान चार घण्टाभन्दा बढी समय रोकिएपछि पुनः सञ्चालनमा आएका छन्। हवाई ट्राफिक नियन्त्रण केन्द्रहरूमा देखिएको सञ्चार प्रणालीको...

#उडान #विमानस्थल
Compare →
Onlinekhabar
5h ago
ढुङ्गेघर, ऐतिहासिक विरासत र संस्कृतिको संगम : पर्यटकको रोजाइमा गोतामकोट–खदीगाउँ

ढुङ्गेघर, ऐतिहासिक विरासत र संस्कृतिको संगम : पर्यटकको रोजाइमा गोतामकोट–खदीगाउँ

२८ कात्तिक, रुकुम पश्चिम (गोतामकोट) । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–२, ३, ४ र ५ मा पर्ने गोतामकोट र खदीगाउँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गएका छन् । भेरी नदीको माथिल्लो भेगमा रहेका यी गाउँ …

#पर्यटक
Compare →

Related Stories

World News
Build #2612