राजापुर नगरपालिका–३ तिघ्रास्थित सामूदायिक वन नजिक चितुवा पासोमा फसेको डिभिजन वन कार्यालय, बर्दियाका वरिष्ठ सहायक वन अधिकृत सन्तोष चौधरीले बताए ।
बर्दिया — डिभिजन वन कार्यालय, बर्दियाले चारदिन अघि थापेको पासोमा परेर शुक्रबार बिहान समस्याग्रस्त चितुवालाई नियन्त्रणमा लिएको छ । राजापुर नगरपालिका–३ तिघ्रास्थित सामूदायिक वन नजिक चितुवा पासोमा फसेको डिभिजन वन कार्यालय, बर्दियाका वरिष्ठ सहायक वन अधिकृत सन्तोष चौधरीले बताए ।
विगत एक महिनायता गाउँबस्तीमा बसेर वस्तुभाउ खाँदै आएको चितुवा नियन्त्रणमा आएको उनले जनाए । यसअघि गत असोज २५ गते सोही वडा चख्खापुरका ४२ वर्षीय मंगल थारुलाई समस्याग्रस्त चितुवाले आक्रमण गरी मारेको थियो ।
उक्त चितुवालाई वन कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया निकुञ्जका प्राविधिक टोलीले नियंत्रणमा लिएको थियो ।
कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।