Trending
Prev Story
Next Story

भीमफेदी दुर्घटनामा एउटै परिवारका ६ जनाले गुमाए ज्यान*

Ekantipur •
November 12, 2026 • 10:32 AM
2
2 reads 0 reactions

काठमाडौँबाट सर्लाही जाँदै गरेको विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ।

भीमफेदी दुर्घटनामा एउटै परिवारका ६ जनाले गुमाए ज्यान*

काठमाडौँबाट सर्लाही जाँदै गरेको विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ।

मकवानपुर — मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार बिहान भएको विद्युतीय माइक्रोबस दुर्घटनामा एउटै परिवारका सात जनाले ज्यान गुमाएका छन्।

दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका एकै परिवारका ६ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा पुनम राय, उनका छोरीहरू शिक्षा राय, दीपिका राय र अनु राय तथा परिवारका अन्य सदस्य बिकेश राय, सुदेश राय रहेका छन्। त्यस्तै, पुनम देवीका छोरा १४ महिनाका सुदीप राय दुर्घटनामा घाइते भएका छन्। उनलाई थप उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पताल रिफर गरिएको छ।

बिहीबार बिहान काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी हाइस भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत चिसापानीगढीमा सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको थियो।

दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् भने दुई जनालाई थप उपचारका लागि काठमाडौँ र एक जनालाई चितवन रिफर गरिएको छ।

* एकै परिवारका ६ जनाको मृत्यु भएको हुनुपर्नेमा सात उल्लेख भएको सच्याइएको छ ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
10h ago
भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ ल्याइएको छ । बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ …

#दुर्घटना #मृत्यु #सर्लाही
Compare →
Hamro Patro News
13h ago
भीमफेदी दुर्घटनाः १३ शव आफन्तले बुझे

भीमफेदी दुर्घटनाः १३ शव आफन्तले बुझे

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानी गढीमा भएको विद्युतीय सवारी (इभी) दुर्घटनामा मृत्यु भएका १३ जनाको शव पोस्टमार्टमपछि आफन्तले बुझेर सर्लाही लगेका छन् । हेटौँडा अस्पतालमा राखिएका शवको शुक्रबा...

#दुर्घटना #सर्लाही #भीमफेदी
Compare →
Nagarik News
17h ago
भीमफेदी दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त, उच्चस्तरीय कार्यदल गठन गर्न माग

भीमफेदी दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त, उच्चस्तरीय कार्यदल गठन गर्न माग

नेपाली कांग्रेसले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सडक दुर्घटना न्यूनीकरणका लागि उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग माग गरेको छ।

#दुर्घटना #भीमफेदी
Compare →
Bizshala
19h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना #भीमफेदी
Compare →
Arthasansar
17h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#भीमफेदी #दुर्घटना
Compare →

Related Stories

Health & Wellness
Build #2612