Trending
Prev Story
Next Story

भीमफेदी दुर्घटना : मृतकमध्ये दुई जनाको पहिचान खुल्यो

Onlinekhabar •
November 12, 2026 • 06:00 AM
2
2 reads 0 reactions

२६ कात्तिक, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा मृत्यु भएका १० जनामध्ये दुई जनाको पहिचान खुलेको छ । मकवानपुर प्रहरीका दुर्घटनामा गाडीमा सवार १६ जनामध्ये १० जनाको घटनास्थलमै मृत्यु …

भीमफेदी दुर्घटना : मृतकमध्ये दुई जनाको पहिचान खुल्यो

२६ कात्तिक, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा मृत्यु भएका १० जनामध्ये दुई जनाको पहिचान खुलेको छ ।

मकवानपुर प्रहरीका दुर्घटनामा गाडीमा सवार १६ जनामध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृतकमध्ये दुई जनाको शव हेटौंडा अस्पताल ल्याइएको छ भने बाँकी आठ जनाको पहिचान खुल्न बाँकी छ ।

मृत्यु हुनेमा गाडी चालक सर्लाहीको कबिलासी नगरपालिका–८ निवासी करिब ३० वर्षीय रविशंकरकुमार मण्डल र सर्लाहीकै चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोल निवासी सुवेक यादव रहेका छन् ।

उक्त दुर्घटनामा परी ५ पुरुष, ३ महिला र २ जना बालिकाको मृत्यु भएको थियो । सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार दुर्घटनास्थलनजिकै झाडीमा थप एक जना बालक घाइते अवस्थामा भेटिए सँगै दुर्घटनामा परी घाइते हुनेको संख्या ६ पुगेको छ । उनलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ। यसअघि ५ जना घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको थियो ।

बिहीबार बिहान करिब ६:१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो। गाडीमा चालकसहित १६ जना सवार रहेको प्रारम्भिक अनुमान छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
13h ago
भीमफेदी दुर्घटना : प्रशासनको आश्वासनसँगै शव लिएर सर्लाही फर्किए आफन्त

भीमफेदी दुर्घटना : प्रशासनको आश्वासनसँगै शव लिएर सर्लाही फर्किए आफन्त

भीमफेदी दुर्घटनामा ज्यान गुमाएका परिवारले क्षतिपूर्ति, घाइते बालबालिकाको शिक्षा र पालनपोषण तथा रोजगारीको माग राखे पनि ठोस लिखित सहमतिबिनै शव बुझे । मकवानपुर प्रशासनले सात दिनभित्र माग सम्बोधनका लागि पहल गर्ने आश्वासन दिएको छ ।

#दुर्घटना #मकवानपुर #भीमफेदी
Compare →
Hamro Patro News
21h ago
भीमफेदी दुर्घटनामा १४ जनाको *मृ*त्यु, सुन्दरपुर गाउँ शोकमा

भीमफेदी दुर्घटनामा १४ जनाको *मृ*त्यु, सुन्दरपुर गाउँ शोकमा

काठमाडौं- मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीमा बिहीबार भएको विद्युतीय हाइस दुर्घटनाले सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुर गाउँलाई शोकमा डुबाएको छ। छठ पर्व मनाउन काठमाडौंबाट घर फर्किएका...

#दुर्घटना #भीमफेदी #जनाको
Compare →
Nagarik News
18h ago
भीमफेदी दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त, उच्चस्तरीय कार्यदल गठन गर्न माग

भीमफेदी दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त, उच्चस्तरीय कार्यदल गठन गर्न माग

नेपाली कांग्रेसले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सडक दुर्घटना न्यूनीकरणका लागि उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग माग गरेको छ।

#दुर्घटना #भीमफेदी
Compare →
Bizshala
20h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना #भीमफेदी
Compare →
Arthasansar
17h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#भीमफेदी #दुर्घटना
Compare →

Related Stories

Health & Wellness
Build #2612