Trending
Prev Story
Next Story

भीमफेदी गाडी दुर्घटना : मृतक १० जना सबै एकै वडाका

Ekantipur •
November 12, 2026 • 05:32 AM
3
3 reads 0 reactions

दुर्घटनामा मृत्यु हुनेहरू सबै सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरका हुन् । उनीहरू छठ मनाउन काठमाडौंबाट हिँडेका थिए ।

भीमफेदी गाडी दुर्घटना : मृतक १० जना सबै एकै वडाका

दुर्घटनामा मृत्यु हुनेहरू सबै सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरका हुन् । उनीहरू छठ मनाउन काठमाडौंबाट हिँडेका थिए ।

रौतहट/हेटौंडा — भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार बिहान भएको विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु भएका दसैजना सर्लाही जिल्लाको एउटै वडाका परेका छन् । हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्ड अन्तर्गत मकवानपुरको भीमफेदीमा दुर्घटना भएको हो ।

घटनास्थलमै ३ महिला, २ बालिका र ५ पुरुषको मृत्यु भएको थियो । एक तीन वर्षका बालकलाई भने दुर्घटनास्थलभन्दा केही माथि डाँडामा जीवित उद्धार गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेहरु सबै सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरका रहेको गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवले जानकारी दिए । ‘छठपर्व मनाउन आउँदै रहेछन्, सबै दुर्घटनामा परे । अत्यन्तै दुखद घटना भयो,’ उनले भने, ‘मृत्यु हुनेमा दसैजना एउटै वडा नम्बर ४ का रहेका छन् ।’

घटनास्थलतर्फ अध्यक्ष यादव आफै गएका छन् । उनले मृतकहरु कोको परे भनेर बुझ्ने काम भइरहेको जानकारी दिए ।  अहिले सिंगो गाउँ शोकमा परेको छ ।

दुर्घटनामा मुकेश यादव, देवेन्द्र यादव, सञ्जय यादव, सुजन यादव र सक्षम यादव घाइते छन् । उनीहरुको उपचार हेटौंडा अस्पतालमा भइरहेको छ ।

काठमाडौंबाट आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रो चिसापानीगढीमा सडकबाट करिब ७ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । छठपर्व मनाउन घर आउँदै गरेका सर्लाहीका यात्रु लिएर काठमाडौंबाट बिहीबार बिहान गाडी हिँडेको थियो ।

घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट ८ किलोमिटर उत्तर पर्छ । अत्यन्तै भिरालो र दुर्गम रहेकाले उद्धारमा समेत कठिनाइ भएको प्रहरीले जनाएको छ ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
11h ago
भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ ल्याइएको छ । बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ …

#दुर्घटना #मृत्यु #सर्लाही
Compare →
Hamro Patro News
13h ago
भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई मधेश सरकारको जनही एक लाख राहत

भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई मधेश सरकारको जनही एक लाख राहत

काठमाडौं– मधेश प्रदेश सरकारले मकवानपुरको भीमफेदीमा बिहीबार भएको सडक दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको ब...

#दुर्घटना #भीमफेदी #मृतक
Compare →
Bizshala
20h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना #भीमफेदी #मृतक
Compare →
Nagarik News
23h ago
सर्लाहीको चक्रघट्टामा आज शोक बिदा, पालिकाले मृतक परिवारलाई जनही ५० हजार दिने

सर्लाहीको चक्रघट्टामा आज शोक बिदा, पालिकाले मृतक परिवारलाई जनही ५० हजार दिने

मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा गाउँपालिकाका नागरिकको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आज शोक बिदा दिएको छ।

#मृत्यु #सर्लाही #गाउँपालिका
Compare →
Arthasansar
18h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#भीमफेदी #गाउँपालिका #दुर्घटना
Compare →

Related Stories

World News
Build #2612