Trending
Prev Story
Next Story

भीमफेदी ईभी दुर्घटना : घाइते पाँचै जना यादव थरका, छठ मनाउन सर्लाही जाँदै थिए

Ekantipur •
November 12, 2026 • 04:32 AM
2
2 reads 0 reactions

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा भएको ईभी दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

भीमफेदी ईभी दुर्घटना : घाइते पाँचै जना यादव थरका, छठ मनाउन सर्लाही जाँदै थिए

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा भएको ईभी दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

काठमाडौँ — मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा भएको ईभी दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

घाइते हुनेमा मुकेश यादव, देवेन्द्र यादव, सञ्जय यादव, सुजन यादव र सक्षम यादव रहेका छन् । उनीहरू सबै सर्लाही जिल्लाका स्थानीय बासिन्दा रहेको प्रारम्भिक जानकारी प्राप्त भएको मकवानपुरका डीएसपी माधव काफ्लेले जानकारी दिए ।

उनका अनुसार उनीहरू छठ पर्व मनाउन ललितपुर जिल्लाको टिकाथलीबाट सर्लाहीतर्फ जाँदै थिए । बिहान करिब ५:४५ बजे काठमाडौंस्थित टिकाथलीबाट सर्लाहीका लागि छुटेको यात्रुवाहक ईभी सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृतक तथा घाइते सबै सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर क्षेत्रका स्थानीय रहेको प्रारम्भिक विवरण छ ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनास्थल अत्यन्तै भिरालो र दुर्गम रहेकाले उद्धारमा समेत कठिनाइ भएको प्रहरीले जनाएको छ ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
18h ago
भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

मकवानपुरको भीमफेदी गाउँपालिका–६, विश्रामपानीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ।

#भीमफेदी #घाइते #दुर्घटना
Compare →
Hamro Patro News
12h ago
भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई मधेश सरकारको एक लाख राहत, घाइतेको उपचार निःशुल्क

भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई मधेश सरकारको एक लाख राहत, घाइतेको उपचार निःशुल्क

भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई मधेश सरकारको एक लाख राहत, घाइतेको उपचार निःशुल्क ३ मिनेट अघि धनुषा : मधेश प्रदेश सरकारले मकवानपुरको भीमफेदीमा बिहीबार भएको सडक दुर्घटनामा परी मृत्यु भएकाको परि...

#भीमफेदी #दुर्घटना #घाइते
Compare →
Onlinekhabar
12h ago
मधेश सरकारको निर्णय : भीमफेदी दुर्घटनाका मृतक परिवारलाई एक लाख राहत दिने

मधेश सरकारको निर्णय : भीमफेदी दुर्घटनाका मृतक परिवारलाई एक लाख राहत दिने

२७ कात्तिक, काठमाडौं । मधेश प्रदेश सरकारले भीमफेदी सडक दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । असोज ३० गते कृष्णप्रसाद यादव नेतृत्वको मधेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले …

#भीमफेदी #दुर्घटना
Compare →
Bizshala
18h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#भीमफेदी #दुर्घटना
Compare →
Arthasansar
16h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#भीमफेदी #दुर्घटना
Compare →

Related Stories

National (Nepal)
Build #2612