Trending
Prev Story
Next Story

जेन्सेन हुआङलाई पदमुक्त गर्ने विषयमा एनभिडियामा छलफल सुरु

Ekantipur •
November 12, 2026 • 02:31 AM
3
3 reads 0 reactions

हुआङमाथि चिनियाँ व्यवसायी महिलासँग निकट सम्बन्ध रहेको र ती महिलाले बेइजिङलाई सूचना पुर्‍याएको विषयमा अमेरिकी गुप्तचर निकायले अनुसन्धान गरिरहेको छ

जेन्सेन हुआङलाई पदमुक्त गर्ने विषयमा एनभिडियामा छलफल सुरु

हुआङमाथि चिनियाँ व्यवसायी महिलासँग निकट सम्बन्ध रहेको र ती महिलाले बेइजिङलाई सूचना पुर्‍याएको विषयमा अमेरिकी गुप्तचर निकायले अनुसन्धान गरिरहेको छ

वासिङ्टन — चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङलाई पदबाट हटाउने विषयमा कम्पनीको सञ्चालक समितिले छलफल सुरु गरेको छ। दुई फरक महिलासँग  सम्बन्ध रहेको आरोप सार्वजनिक भएपछि ३० वर्षभन्दा बढी समयदेखि नेतृत्व सम्हाल्दै आएका हुआङलाई हटाउने तयारी भएको रोयटर्सले जनाएको छ।

हुआङमाथि चिनियाँ व्यवसायी महिलासँग निकट सम्बन्ध रहेको र ती महिलाले बेइजिङलाई सूचना पुर्‍याएको विषयमा अमेरिकी गुप्तचर निकायले अनुसन्धान गरिरहेको छ। यसका साथै, कम्पनीकी स्वास्थ्य उपाध्यक्ष किम्बर्ली पावेलसँग पनि हुआङको अनुचित सम्बन्ध रहेको द न्युयोर्क टाइम्सले खुलासा गरेको छ । यसपछि  विवाद झनै चुलिएको छ ।

यसअघि हुआङले चिनियाँ महिलासँगको सम्बन्ध स्विकार्दै यसले आफ्नी पत्नी र सन्तानलाई गहिरो चोट पुर्याएको भन्दै माफी मागेका थिए । तर, आफुले राष्ट्रिय सुरक्षासँग जोडिएका कुनै पनि सूचना नदिएको उनको दाबी थियो ।

यस घटनाका कारण एनभिडियाको सेयर मूल्यमा भारी गिरावट आएको छ। सेयर बजारमा ८ प्रतिशतको गिरावट आउँदा कम्पनीले एकै सातामा करिब ६ खर्ब अमेरिकी डलर बराबरको बजार पुँजी गुमाएको छ। अर्कोतर्फ, प्रतिस्पर्धी कम्पनीहरू एएमडी र ब्रोडकमको सेयर मूल्यमा भने वृद्धि देखिएको छ।

६३ वर्षीय हुआङको ठाउँ लिनसक्ने स्पष्ट उत्तराधिकारी नभएकाले उनलाई तत्काल हटाउँदा विश्वव्यापी कृत्रिम बौद्धिकता (एआई) बजारमा ठूलो नेतृत्व शून्यता सिर्जना हुने विश्लेषण गरिएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
18h ago
एनभिडियाका पूर्वसीईओ हुआङको अर्की कर्मचारीसँग पनि अन्तरंग सम्बन्ध रहेको खुलासा

एनभिडियाका पूर्वसीईओ हुआङको अर्की कर्मचारीसँग पनि अन्तरंग सम्बन्ध रहेको खुलासा

सानफ्रान्सिस्को । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङको कम्पनीकै अर्की एक कर्मचारीसँग पनि अन्तरंग सम्बन्ध रहेको खुलासा भएको छ । चिनियाँ जासुस दा...

#सम्बन्ध #रहे #हुआङ
Compare →
Onlinekhabar
2d ago
जेन्सेन हुआङको महिला कर्मचारीसँग पनि सम्बन्ध, एनभिडियाको सीईओबाट हटाउने तयारी

जेन्सेन हुआङको महिला कर्मचारीसँग पनि सम्बन्ध, एनभिडियाको सीईओबाट हटाउने तयारी

२६ कात्तिक, काठमाडौं । विश्वकै सबैभन्दा ठूलो चिप निर्माता कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङको दोस्रो अफेयर बारे पनि खुलासा भएको छ। न्युयोर्क टाइम्सको रिपोर्टअनुसार, हुआङको एनभिडियाकै एक महिला अधिकारीसँग अफेयर थियो। ती अधिकारीको पहिचान कम्पनीकी हेल्थकेयर …

#हुआङ #जेन्सेन #एनभिडिया
Compare →
Bizshala
20h ago
एनभिडियाका सीईओ जेनसन हुआङले दिए राजीनामा, कोलेट क्रेसलाई अन्तरिम जिम्मेवारी

एनभिडियाका सीईओ जेनसन हुआङले दिए राजीनामा, कोलेट क्रेसलाई अन्तरिम जिम्मेवारी

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङले पदबाट राजीनामा दिएका छन्...

#हुआङ #एनभिडिया
Compare →
Nagarik News
19h ago
एनभिडिया प्रकरण : जेन्सेन र हावर्डलाई अमेरिकी संसदले बोलायो

एनभिडिया प्रकरण : जेन्सेन र हावर्डलाई अमेरिकी संसदले बोलायो

एनभिडियाले राष्ट्रिय सुरक्षा वा कम्पनीका गोप्य सूचनामा असर परेको विश्वास गर्ने कुनै आधार नभएको बताएको छ। कम्पनीले घटनाबारे स्वतन्त्र अनुसन्धान गरिरहेको जनाएको छ।

#जेन्सेन #एनभिडिया
Compare →

Related Stories

World News
Build #2612