Trending
Prev Story
Next Story

जेन्सेन हुआङको महिला कर्मचारीसँग पनि सम्बन्ध, एनभिडियाको सीईओबाट हटाउने तयारी

Onlinekhabar •
November 12, 2026 • 01:30 AM
3
3 reads 0 reactions

२६ कात्तिक, काठमाडौं । विश्वकै सबैभन्दा ठूलो चिप निर्माता कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङको दोस्रो अफेयर बारे पनि खुलासा भएको छ। न्युयोर्क टाइम्सको रिपोर्टअनुसार, हुआङको एनभिडियाकै एक महिला अधिकारीसँग अफेयर थियो। ती अधिकारीको पहिचान कम्पनीकी हेल्थकेयर …

जेन्सेन हुआङको महिला कर्मचारीसँग पनि सम्बन्ध, एनभिडियाको सीईओबाट हटाउने तयारी

२६ कात्तिक, काठमाडौं । विश्वकै सबैभन्दा ठूलो चिप निर्माता कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङको दोस्रो अफेयर बारे पनि खुलासा भएको छ।

न्युयोर्क टाइम्सको रिपोर्टअनुसार, हुआङको एनभिडियाकै एक महिला अधिकारीसँग अफेयर थियो। ती अधिकारीको पहिचान कम्पनीकी हेल्थकेयर भाइस प्रेसिडेन्ट किम्बर्ली पावेलका रूपमा गरिएको छ। उनले सिधै जेन्सेन हुआङलाई रिपोर्ट गर्थिन्।

यसअघि जेन्सेनले चिनियाँ जासुस मानिएकी एलिस हुआङसँगको अफेयरबारे स्वीकार गरिसकेका थिए। यस विवादको असर कम्पनीको सेयरमा पनि परेको छ। कम्पनीको बजार मूल्य ३०० अर्ब डलर भन्दा बढीले घटिसकेको छ।

एनभिडियाले अब जेन्सेनलाई सीईओ पदबाट हटाउने तयारी गरिरहेको छ। बिहीबार बस्ने बैठकमा यसबारे निर्णय लिइनेछ।

ट्रम्पलाई जेन्सेनको अफेयरबारे ६ महिनाअघि नै थाहा थियो

सिएनएनको रिपोर्टअनुसार, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यसै वर्षको मे महिनामा उनको चीन भ्रमणअघि नै यसबारे जानकारी दिएका थिए।

ट्रम्पलाई दिइएको गुप्तचर मेमोमा हुआङको सम्बन्ध एक यस्ती महिलासँग रहेको बताइएको थियो, जसलाई अमेरिकी अधिकारीहरूले चिनियाँ जासुस मानिरहेका थिए।

यति हुँदाहुँदै पनि ट्रम्पले हुआङलाई बेइजिङ लगेका थिए। उनले अलास्काबाट राष्ट्रपतिसँग एयर फोर्स वान विमानमा यात्रासमेत गरेका थिए।

यद्यपि, ह्वाइट हाउसले यो रिपोर्टलाई खारेज गरेको छ। यसैबीच, अमेरिकी सांसदहरूले जनवरीमा कंग्रेसको नयाँ सत्र सुरु भएपछि यस मामिलामा विस्तृत अनुसन्धान गरिने सङ्केत दिएका छन्।

जेन्सेनले लेखे– ‘मबाट गल्ती भयो, म लज्जित छु’

जेन्सेन हुआङले आइतबार एनभिडियाका सबै कर्मचारीहरूलाई एक आन्तरिक सन्देश पठाएका थिए। यसमा उनले आफ्नी पत्नीप्रति इमानदार नरहेको कुरा स्वीकार गरेका छन्।

हुआङले लेखेका छन्, ‘मेरो यो कदमले मेरी पत्नी र सन्तानलाई गहिरो चोट पुगेको छ। मलाई यसमा पछुतो छ। मेरो जिम्मेवारी तपाईंहरू सबैको विश्वास कायम राख्नु थियो, तर म यसमा असफल भएँ।’

यद्यपि, आफ्नो यो सन्देशमा उनले कुनै पनि महिलाको नाम भने उल्लेख गरेका छैनन्।

एलिस-जेन्सेनको सम्बन्ध र जासुसी प्रकरणको अनुसन्धान सुरु भएयता एनभिडियाको सेयर ५ प्रतिशतसम्मले घटेको छ।

जेन्सेनको सम्पत्ति ११.२३ लाख करोड नेपाली रुपैयाँले घटिसकेको छ। जेन्सेन फोर्ब्सको धनीहरूको सूचीमा दुई स्थान तल झरेर १०औँ स्थानमा पुगेका छन्।

यस उथलपुथलका बीच लगानीकर्ताहरू आगामी १७ नोभेम्बरमा आउने कम्पनीको त्रैमासिक नतिजा पर्खिरहेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
1d ago
एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा

एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा

हुआङको राजीनापछि कम्पनीका प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम सीईओ नियुक्त गरिएको एनभिडियाले जनाएको छ ।

#हुआङ #एनभिडिया #सीईओ
Compare →
Hamro Patro News
1d ago
चिनियाँ गुप्तचर प्रकरणपछि एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा

चिनियाँ गुप्तचर प्रकरणपछि एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा

एजेन्सी । विश्वको शीर्ष एआई चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले आफ्नो पदबाट राजीनामा दिएका छन् । चिनियाँ गुप्तचरको रूपमा शंका गरिएकी महिला र आफ्नै कम्पनीकी कर्मचार...

#जेन्सेन #हुआङ #एनभिडिया
Compare →
Bizshala
20h ago
एनभिडियाका सीईओ जेनसन हुआङले दिए राजीनामा, कोलेट क्रेसलाई अन्तरिम जिम्मेवारी

एनभिडियाका सीईओ जेनसन हुआङले दिए राजीनामा, कोलेट क्रेसलाई अन्तरिम जिम्मेवारी

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङले पदबाट राजीनामा दिएका छन्...

#हुआङ #एनभिडिया #सीईओ
Compare →
Nagarik News
19h ago
एनभिडिया प्रकरण : जेन्सेन र हावर्डलाई अमेरिकी संसदले बोलायो

एनभिडिया प्रकरण : जेन्सेन र हावर्डलाई अमेरिकी संसदले बोलायो

एनभिडियाले राष्ट्रिय सुरक्षा वा कम्पनीका गोप्य सूचनामा असर परेको विश्वास गर्ने कुनै आधार नभएको बताएको छ। कम्पनीले घटनाबारे स्वतन्त्र अनुसन्धान गरिरहेको जनाएको छ।

#जेन्सेन #एनभिडिया
Compare →
Arthasansar
1d ago
जेन्सन ह्वाङले दिए एनभिडियाको सीईओ पदबाट राजीनामा

जेन्सन ह्वाङले दिए एनभिडियाको सीईओ पदबाट राजीनामा

एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन ह्वाङले कम्पनीको नेतृत्वबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले उनको राजीनामाको घोषणा...

#एनभिडिया #सीईओ
Compare →

Related Stories

Technology
Build #2612