Trending
Prev Story
Next Story

जलवायु संकट र भूराजनीतिक तनावबीच कोप–३१ सुरु

Ekantipur •
November 09, 2026 • 07:01 AM
2
2 reads 0 reactions

अन्ताल्यामा दुई सातासम्म चल्ने सम्मेलनमा करिब २०० देशका प्रतिनिधिले ऊर्जा सङ्क्रमण र विकासशील राष्ट्रको जलवायु वित्तबारे छलफल गर्नेछन्।

जलवायु संकट र भूराजनीतिक तनावबीच कोप–३१ सुरु

अन्ताल्यामा दुई सातासम्म चल्ने सम्मेलनमा करिब २०० देशका प्रतिनिधिले ऊर्जा सङ्क्रमण र विकासशील राष्ट्रको जलवायु वित्तबारे छलफल गर्नेछन्।

काठमाडौँ — बढ्दो विश्वव्यापी तापक्रम, आर्थिक चुनौती र भूराजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय सहकार्य कठिन बन्दै गएका बेला संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) सोमबार टर्कीमा सुरु भएको छ ।

भूमध्यसागरीय तटीय सहर अन्ताल्यामा दुई सातासम्म चल्ने सम्मेलनमा एक लाखभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ । करिब २०० देशका प्रतिनिधिले ऊर्जा सङ्क्रमणलाई तीव्रता दिने तथा विकासशील राष्ट्रलाई जलवायु परिवर्तनको असर सामना गर्न आवश्यक आर्थिक सहयोग उपलब्ध गराउने विषयमा छलफल गर्नेछन् ।

इरानसँगको अमेरिकी युद्ध र युक्रेनमा जारी रुसी द्वन्द्वका कारण उत्पन्न ऊर्जा मूल्यवृद्धि तथा भूराजनीतिक तनावले सहमति जुटाउने प्रयास जटिल बनाएको छ । यस वर्ष युरोपको उष्ण हावाको लहर, इन्डोनेसियाको वन डढेलो र हिमनदी पग्लिएपछि नेपालमा आएको विनाशकारी बाढीले जलवायु सङ्कटको गम्भीरता उजागर गरेका छन् ।

यसै वर्षको अन्त्यतिर शक्तिशाली एल निनो उत्कर्षमा पुग्ने अनुमान गरिएको छ । यसले चरम मौसमी घटना बढाउनुका साथै सन् २०२६ वा २०२७ लाई हालसम्मकै सबैभन्दा तातो वर्ष बनाउन सक्ने पूर्वानुमान छ । संयुक्त राष्ट्रसङ्घले गत सेप्टेम्बरमा विश्वको औसत तापक्रम पूर्वऔद्योगिक अवस्थाभन्दा १.५ डिग्री सेल्सियसभन्दा माथि पुगेको चेतावनी दिएको थियो ।

यसैबीच, टर्कीले सम्मेलनको अध्यक्षता र अस्ट्रेलियाले वार्ताको नेतृत्व गर्ने विशेष व्यवस्था गरिएको छ । यसपटकको सम्मेलनलाई विगतका प्रतिबद्धता कार्यान्वयनमा केन्द्रित गर्दै ‘कार्यान्वयन कोप’ नाम दिइएको छ । टर्कीले सन् २०३५ सम्म विश्वको कुल ऊर्जा मागमा विद्युत्को हिस्सा हालको २० प्रतिशतबाट बढाएर ३५ प्रतिशत पुर्‍याउने अभियान अघि सारेको छ ।

तर, जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषयमा देशहरूबीच मतभेद कायमै छ । युरोपेली सङ्घ (इयु) ले स्वच्छ विद्युतीकरणमा जोड दिएको छ । सन् २०२३ को कोप–२८ मा जीवाश्म इन्धनबाट क्रमशः टाढिने प्रतिबद्धता जनाइए पनि त्यसको कार्यान्वयनमा सहमति जुट्न सकेको छैन । गत वर्ष ब्राजिलमा सम्पन्न कोप–३० पनि तेल उत्पादक राष्ट्रहरूको विरोधका कारण जीवाश्म इन्धनको स्पष्ट उल्लेखबिनै टुङ्गिएको थियो ।

विकासशील राष्ट्रलाई जलवायु अनुकूलनका लागि आर्थिक सहयोग उपलब्ध गराउनु पनि सम्मेलनको प्रमुख चुनौती बनेको छ । अफ्रिकी राष्ट्रहरूले समुद्री पर्खाल निर्माण र खडेरी प्रतिरोधी बाली लगाउनेजस्ता कामका लागि अनुकूलनसम्बन्धी वित्तीय सहायता तीन गुणा बढाउन माग गरेका छन् । तर, युरोपेली सङ्घ (इयु) का एक वरिष्ठ अधिकारीले थप आर्थिक सहयोगका लागि राजनीतिक इच्छाशक्ति कमजोर रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई पेरिस जलवायु सम्झौताबाट अलग गरेपछि अमेरिकी सरकारका अधिकारी सम्मेलनमा सहभागी भएका छैनन् । यद्यपि, मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीको सफलतापछि अमेरिकी कङ्ग्रेसको प्रतिनिधिमण्डल अन्ताल्या आउने भएको छ ।

दुई सातासम्म कठिन वार्ता हुने अपेक्षा गरिए पनि सम्मेलनको वातावरण सकारात्मक रहेको अजरबैजानका प्रमुख वार्ताकार याल्चिन रफियेभले बताएका छन् । उनले सकारात्मक वातावरणलाई ठोस र सफल परिणाममा परिणत गर्न सहभागी राष्ट्रहरूलाई आग्रह गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
21h ago
कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

काठमाण्डौ । जलवायु परिवर्तनको सबैभन्दा बढी मार खेपिरहेका मुलुकमध्ये एक नेपालले अन्तर्राष्ट्रिय जलवायु सम्मेलन...

#जलवायु #सम्मेलन #संकट
Compare →
Nagarik News
16h ago
पाँच मन्त्री सहभागी कोप-३१ सम्मेलनमा नेपालका मुद्दाको प्रवेश कति ?

पाँच मन्त्री सहभागी कोप-३१ सम्मेलनमा नेपालका मुद्दाको प्रवेश कति ?

सम्मेलनको मूल कार्यक्रम र साइडलाइन छलफलमा नेपालका पाँच मन्त्री सहभागी भएपछि उनीहरूको उपस्थितिसँगै त्यहाँ उठाइएका विषय र सहभागिताको औचित्यबारे पनि चर्चा सुरु भएको छ।

#जलवायु #सम्मेलन #कोप
Compare →
Onlinekhabar
16h ago
कोप–३१ सम्मेलनमा नेपालबाट टर्किए पुगे ५ मन्त्री

कोप–३१ सम्मेलनमा नेपालबाट टर्किए पुगे ५ मन्त्री

२७ कात्तिक, काठमाडौं । टर्किएको अन्ताल्यामा पाँच दिनदेखि संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) चलिरहेको छ। उक्त सम्मेलनमा संसारभरका सरकारका प्रतिनिधि र विज्ञहरू सहभागी भएका छन् । त्यही सम्मेलनको मूल र साइडलाइन कार्यक्रमका लागि नेपालबाट भने …

#जलवायु #सम्मेलन #कोप
Compare →
Hamro Patro News
19h ago
कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग

कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग

कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग जलवायु सङ्कटबाट प्रभावित मुलुकको ऋण मिनाहा गरी अनुकूलन, पुनरुत्थान र जलवायु कार्यका लागि अनुदान उपलब्ध गराउन कोप–३१ मा ...

#जलवायु #कोप
Compare →

Related Stories

Science & Climate
Build #2612