Trending
Prev Story
Next Story

मध्यावधि चुनावको नतिजापछि इजरायली राजदूतले भने : इरानमाथि आक्रमण गर्ने निर्णय अमेरिकाको थियो

Nagarik News •
November 05, 2026 • 03:47 AM
2
2 reads 0 reactions

अमेरिकी मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले ऐतिहासिक हार बेहोरेपछि इरान युद्धलाई लिएर बहस तीव्र बनेको छ।

मध्यावधि चुनावको नतिजापछि इजरायली राजदूतले भने : इरानमाथि आक्रमण गर्ने निर्णय अमेरिकाको थियो

अमेरिकी मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले ऐतिहासिक हार बेहोरेपछि इरान युद्धलाई लिएर बहस तीव्र बनेको छ।

चुनावी नतिजा स्पष्ट भएपछि संयुक्त राष्ट्रसंघका लागि इजरायलका राजदूत ड्यानी ड्यानोनले इरान युद्धका लागि अमेरिकालाई जिम्मेवार ठहर गरेका छन्।

उनले भनेका छन्, ‘इरानमाथि आक्रमण गर्ने निर्णय अमेरिकाको थियो। यो हाम्रो निर्णय थिएन।’

यद्यपि, उनले इजरायलले युद्धलाई समर्थन गरेको र यो सही निर्णय भएको आफूहरूलाई लागेको बताएका छन्।

यी चुनावमा सिनेटर पदमा निर्वाचित डेमोक्र्याट नेता अब्दुल अल–सईदबारे एक टेलिभिजन च्यानलसँगको अन्तर्वार्तामा ड्यानोनले भने, ‘उनी इजरायलमा जे भइरहेको भए पनि इजरायलको विरोध गर्ने व्यक्ति हुन्। गाजामा युद्धविराम भए पनि उनको धारणा परिवर्तन हुने छैन। उनी यहूदीविरोधी हुन्, त्यसैले उनीसँग काम गर्न निकै कठिन हुनेछ।’

उनले थप भने, ‘मेरो विचारमा डेमोक्र्याटिक पार्टीले चरमपन्थी धारणा अपनाउनुको सट्टा मध्यमार्गबाट नेतृत्व गर्नुपर्ने कुरा बुझ्छ।’

बुधबार सार्वजनिक भएको चुनावी नतिजाअनुसार डेमोक्र्याटिक पार्टीले अमेरिकी सिनेट र प्रतिनिधिसभा दुवैमा बहुमत हासिल गरेको छ।

प्रकाशित: १९ कार्तिक २०८३ ०९:३२ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
2d ago
अमेरिकाले शक्तिशाली बमको धम्की दिएर कूटनीति गरिरहेको छ : इरानी राष्ट्रपति

अमेरिकाले शक्तिशाली बमको धम्की दिएर कूटनीति गरिरहेको छ : इरानी राष्ट्रपति

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकाले नयाँ सैन्य क्षमताको धम्की दिएर कूटनीति अघि बढाउन खोजेको आरोप लगाएका छन् । उनले अमेरिकाले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न युद्ध गरेको दाबी गरेपनि युद्धको पहिलो दिन नै इरानको लामेर्दस्थित …

#युद्ध #अमेरिका
Compare →
Hamro Patro News
2d ago
अमेरिकाका लागि रुसी राजदूत अलेक्ज्याण्डर डार्चिएभको  निधन

अमेरिकाका लागि रुसी राजदूत अलेक्ज्याण्डर डार्चिएभको  निधन

एजेन्सी । अमेरिकाका लागि रुसी राजदूत अलेक्ज्याण्डर डार्चिएभको ६६ वर्षको उमेरमा रुसको राजधानी मस्कोमा निधन भएको छ। रुसी विदेश मन्त्रालयले बुधबार एक औपचारिक विज्ञप्ति जारी गर्दै उनको एक्कासि निधन भएक...

#अमेरिका #राजदूत
Compare →
Bizshala
1d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#युद्ध #अमेरिका
Compare →
Ekantipur
1h ago
अमेरिकामा हवाई सेवा ठप्प, १७ वर्षपछि के कारणले पर्‍यो यति ठूलो असर?

अमेरिकामा हवाई सेवा ठप्प, १७ वर्षपछि के कारणले पर्‍यो यति ठूलो असर?

एयर ट्राफिक कन्ट्रोलको सञ्चार प्रणालीमा प्राविधिक समस्या आएपछि देशभरका उडान रोकिए, साइबर आक्रमणको संकेत नरहेको अमेरिकी अधिकारीको भनाइ।

#अमेरिका
Compare →
Arthasansar
22h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#इरानमाथि #आक्रमण
Compare →

Related Stories

World News
Build #2612