Trending
Prev Story
Next Story

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

Arthasansar •
November 13, 2026 • 05:34 AM
2
2 reads 0 reactions

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् । बिहीबार सेलम न्युज नेटवर्कलाई दिएको अन्तर्वार्तामा ट्रम्पले आवश्यक परे तत्कालै पनि आक्रमण गर्न सक्ने बताएका हुन् ।

“यदि, मलाई अवस्था गलत दिशातर्फ गइरहेको लाग्यो भने म फेरि आक्रमण गर्नेछु । सम्भवतः अहिले पनि त्यस्तो गर्न सक्छु । यसमा मलाई कुनै हिचकिचाहट हुने छैन,” उनले भने । ट्रम्पलाई आफ्नो राष्ट्रपतीय कार्यकाल सकिँदासम्म इरानको वर्तमान सरकार सत्तामा कायम रहेमा त्यसलाई उनको पराजय मान्ने कि नमान्ने भनेर सोधिएको थियो । जवाफमा उनले त्यसलाई निश्चित रूपमा आफ्नो हार मानिने बताएका थिए ।

अन्तर्वार्ताका क्रममा पत्रकार ह्यु हेविटले इरानले कुनै वरिष्ठ अमेरिकी अधिकारीको हत्या गरेमा वासिङ्टनको प्रतिक्रिया कस्तो हुनेछ भनेर सोधेका थिए । जवाफमा ट्रम्पले त्यस्तो अवस्थामा इरानको केही पनि बाँकी नरहने चेतावनी दिए ।

बहराइनमा अमेरिकी सेनाको चेतावनी दिने राडार नष्ट

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले बहराइनमा अमेरिकी सेनाको एउटा प्रारम्भिक चेतावनी दिने राडार प्रणाली नष्ट गरेको दाबी गरेको छ । इरानी सरकारी मिडियाले शुक्रबार बिहानै आईआरजीसीको विज्ञप्ति सार्वजनिक गरेका थिए । दक्षिणी इरानको सिरिक क्षेत्रमा मध्यरातमा भएको अमेरिकी हवाई आक्रमणको जवाफस्वरूप राडारलाई निसाना बनाइएको विज्ञप्तिमा उल्लेख छ ।

आईआरजीसीले उक्त कारबाहीलाई अमेरिकाका निम्ति गम्भीर चेतावनी भन्दै होर्मुज जलमार्ग क्षेत्रमा हवाई गतिविधि र तेल तस्करीसँग सम्बन्धित गतिविधि बन्द गर्न आग्रह गरेको छ । यस्ता उल्लंघन र आक्रमण दोहोरिएमा आईआरजीसीको एयरोस्पेस फोर्स विश्वका जुनसुकै स्थानमा पनि जवाफी कारबाही गर्न तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।

शत्रु पक्षको उक्साहटमा नियम उल्लंघन गर्ने कम्पनीले अझ कडा कारबाही भोग्नुपर्ने चेतावनी समेत इरानले दिएको छ । बहराइनमा अमेरिकी राडार नष्ट भएको इरानी दाबीको स्वतन्त्र पुष्टि भने भएको छैन ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4h ago
एनभिडिया प्रकरणमा ट्रम्पका वाणिज्यमन्त्री लटनिकमाथि दबाब बढ्दै

एनभिडिया प्रकरणमा ट्रम्पका वाणिज्यमन्त्री लटनिकमाथि दबाब बढ्दै

काठ्माण्डौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा एनभिडिया प्रकरणलाई लिएर विवाद चर्किँदै जाँदा वाणिज्यमन्त्री हावर्ड लटनिकमाथि दबाब बढेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले उच्च क्षम...

#ट्रम्प #अमेरिकी
Compare →
Onlinekhabar
21h ago
ट्रम्पले जेडी भान्सलाई इरान शान्ति वार्ताबाट हटाए, भने- उपराष्ट्रपतिले घरेलु मामिलामा ध्यान दिऊन्

ट्रम्पले जेडी भान्सलाई इरान शान्ति वार्ताबाट हटाए, भने- उपराष्ट्रपतिले घरेलु मामिलामा ध्यान दिऊन्

२७ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरानसँगको शान्ति वार्ताबाट अलग गरेका छन्। ट्रम्पले बिहीबार सामाजिक सञ्जालमा भान्सले अब अमेरिकाको डेमोक्रेटिक पार्टीको शासन रहेका राज्य र सहरहरूमा हुने भ्रष्टाचार र अपराधको …

#ट्रम्प #इरान
Compare →
Nagarik News
13h ago
बहराइनमा राडार ध्वस्त पारेको इरानको दाबी, अमेरिकाले के भन्यो ?

बहराइनमा राडार ध्वस्त पारेको इरानको दाबी, अमेरिकाले के भन्यो ?

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनमा रहेको अमेरिकी प्रारम्भिक चेतावनी राडार प्रणाली ध्वस्त पारेको दाबी गरेको छ।

#इरान #अमेरिकी
Compare →
Bizshala
13h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#फेरि
Compare →

Related Stories

Politics & Governance
Build #2612